दीपक घिमिरे 

बिगत दस बर्ष देखि दाङ जिल्लामा च्याउ उत्पादनमा चर्चित हुँदै आयका एक युवा कृषकको नाम हो ऋषिराम चौधरी । घोराही नगरपालिका, ५ नवलपुरमा दस बर्ष देखि च्याउ उत्पादन गरेर आफुलाई सफल च्याउ किसान का साथै च्याउ विशेषज्ञ को रुपमा चिनाउदै आयका छन ऋषिराम चौधरी । आफ्नै घरमा तीस रुपैयाको लगानी बाट च्याउ खेती सुरु गरेका ऋषिराम च्याउ उत्पादनकै माध्यम बाट सबैतिर चिनिन पाउँदा निक्कै खुशी भयको बताउछन । तीस रुपैयाले सुरु गरेको ब्याबसायले आज नाम र दाम दुबै कमायको छु । खुशी छु – ऋषिराम ले बताय ।
2000000४६ बर्षिय ऋषिराम बिगत छ बर्ष देखि विभिन्न संघ संस्था ले आयोजना गर्ने च्याउ खेती सम्बन्धी विशेष तालिममा प्रशिक्षकको रुपमा अनुभव साटदै आईरहेका छन । आफुले जानेको सीप र अनुभव च्याउ खेती प्रती ईच्छुक किसान हरुलाई बाडदै आएको छु । ऋषिराम ले बताय ।
बर्षमा बारै महिना गर्न सकिने च्याउ खेतीको विशेष महिनाको रुपमा भाद्र देखि फागुन महिना सम्मलाई मान्न सकिने उनले बताय । बार्षिक डेढ देखि दुई लाख सम्म आम्दानी हुने च्याउ खेती सानो लगानी र कम मेहनतमा गर्न सकिने राम्रो ब्याबसायको रुपमा फस्टाउदै गयको उनल बताए । सात महिना सामान्य काम गरेर पनि मासिक २५ हजार देखि ३० हजार सम्म कमाउन सकिन्छ । बार्षिक सरदर हिसाब गर्दा मासिक पन्द्र देखि बीस हजार सम्म बचत हुन्छ ।  ऋषिराम ले बताय ।

एकलौटी रुपमा घरमै गरेको ब्याबसायलाई समाजमा लैजाने क्रममा ७२ सालको भाद्रमा स्थानिय गरिब तथा मेहनती किसानको सहयोग लियर अम्बिकेश्वरी च्याउ उधोग दर्ता गरेर सामुहिक च्याउ उत्पादन गर्दै आयको पनि ऋषिराम ले बताय । समुहका अध्यक्ष रहेका ऋषिराम आफू जस्तै मेहनती कृषकलाई समुहमा राखेर ब्याबसायिक च्याउ उत्पादन मा लागेको बताउछन । मेहनत गर्न पछाडी नपर्ने स्थानिय युबालाई समुहमा आबद्ध गरेर च्याउको ब्याबसायिक उत्पादन र देश ब्यापी बिक्री बितरणमा लागेका छौ । च्याउ उधोग समुहका अध्यक्ष समेत रहेका ऋषिराम ले बताय ।

बहुसरोकार वाला बन कार्यक्रम र रुपान्तरण नेपालको २ लाख ६६ हजार आर्थिक सहयोगमा खुलेको अम्बिकेश्वरी च्याउ उधोग समुहमा हाल पन्द्र जना मेहनती किसान हरु समाबेश छन । १४ जना महिला समाबेस गरियको समुहमा आदिबासी जनजातिकै बाहुल्यता रहेको अध्यक्ष ऋषिरामले बताय ।

उत्पादित च्याउ ले बजार नपाउला भन्ने कुनै समस्या नरहेको उनले बताउछन । ू हामिले उत्पादन गरेको च्याउ तीन प्रकारले बिक्री गर्दछौ । एक ताजा च्याउ बजारमा पुर्‍याउदै आयका छौ । दोस्रो उत्पादित च्याउलाई सुकाएर सुकुटी बनाउछौ र त्यसलाई विभिन्न स्टोरहरुमा बिक्रीका लागि लग्छौ । तेस्रो भनेको हामी च्याउ लाई उमालेर सुकाउछौ । ब्वाईल सुकुटिको नामले बजारमा बिक्री हुँदै आएको यो च्याउ को माग यति धेरै छ कि हामिले पुर्‍याउनै सकेका छैनौ ।  ऋषिरामले बताय । च्याउ खेती बाटै पाच जनाको परिवार पाल्ने मात्र होइन समाजमा बेग्लै पहिचान बनाउन सफल ऋषिराम कृषि पेशा बाट केही गरौ भन्ने युबा जमातको लागि एक उदाहरणिय पात्र हुन ।