यस वर्ष प्रवेषिका परीक्षाको नतीजा विषयग लेटर प्रणाली वाट प्रकाशित गरीएको छ । नतिजा प्रकासित भए संगै यस विषयमा विद्यार्थी, शिक्षक, अभिभावक लगायत संपूर्ण सरोकारवालाहरु माझ यसको स्पष्टतालाई लियर अन्यौल कायमै रहेको देखन्छ । तसर्थ आजको अङकमा अक्षर ग्रेडिङ प्रणालीलाई मिहिन ढङगले केलाउने प्रयास गर्ने छु ।
विद्यार्थीको क्षमता मापनको विधि
विद्यार्थीहरु संग जोडिएर आउने पाटो भनेकै उसको सिकाइको मापन हो । सिकाइ मापनका विभिन्न आधारहरु हुन्छन । विभिन्न आधारहरु मध्यविश्वमा नम्वर ग्रेडिङ र अक्षर ग्रेडिङ धेरै प्रचलनमा रहेका छन । नम्वर ग्रेडिङमा विद्यार्थीको क्षमतालाई अङ्कको आधारमा मुल्याङ्कन गरीन्छ । पास, फेल लेखिन्छ । अक्षर ग्रेडिङ प्रणालीमा उनिहरुको क्षमतालाई विभिन्न आधारहरु तय गरी अक्षरमा मापन गरीन्छ । ग्रेड सिटमा मुलुकै अनुसार पास, फेल लेखिन्छ र लेखिदैन पनि । जहाँ सम्म हामी कहाँ यस वर्ष देखि विद्यार्थिहरुको क्षमता मापनका लागि लागु भएको अक्षर ग्रेडिङ प्रणाली, नम्वर ग्रेडिङ भन्दा खासै फरक छैन । अर्थात नम्वर ग्रेडिङमा मापन गरीएको विद्यार्थीको क्षमता मापनलाई अक्षर ग्रेडिङमा परीवर्तन गरी नतीजा प्रकासित गरीने व्यवस्था गरीएको छ । अझ बुझिने गरी भन्नु पर्दा विभिन्न विषयमा विद्यार्थीहरुले प्राप्त गरेको अङ्कलाई अक्षरमा परीवर्तन गरीने पारीपाटीको विकास गरीएको छ । जुन पद्धती अक्षर ग्रेडिङको सिद्धान्त र मर्म भन्दा वाहीर रहेको छ । अक्षर ग्रेडिङ प्रणालीमा विद्यार्थीका अध्ययन संग जोडिएका हरेक गतिविधिहरुको मुल्याङ्कन गरीएको हुन्छ । जुन अहिले हुन सकेको छैन ।
अक्षर गे्रडिङ प्रणाली वारे हाम्रो बुझाईमा समस्या
यसको मुल मर्म भन्दा फरक तवरको वुझाई हाम्रो रह्यो । जति वेला यस प्रणालीको कार्यान्वयनका लागि छलफल भयो, समय विति सकेको थियो । यसलाई कार्यान्वयन गर्नु नेपाल सरकारको वाध्यात्मक परिस्थीति थियो । कार्यान्वयन नगर्दा विश्व बैङ्कले मुलुकको शिक्षा क्षेत्रवाट आफ्ना सहयोगि हातहरु झिक्ने लगभग निस्चित प्राय थियो । कार्यान्वयन गर्दा सवैमा यस प्रतिको वुझाइमा स्पष्टता थियन । प्रयाप्त गृहकार्यको अभाव थियो । अन्ततहः बाह्य दवावलाई नेपाल सरकारले थेग्न सकेन । विश्व बैङ्ककको शैक्षिक निति हाम्रो मुलुकमा हावि भयो । उसैको योजना अनुसार हाम्रो मुलुकमा ग्रेडिङ प्रणाली लागु गरीयो । ग्रेडिङ प्रणालीमा सवै सफल भन्ने वुझाई प्रच्छेपन गरीयो । विद्यार्थीमाझ यो वुझाइले उनिहरुको अध्ययनवानिमा परीवर्तन गरीदीयो । शिक्षकहरुको शिक्षण संघर्षमा खिया लगाइदीयो । यि प्रभावहरु रहीरहदा, विभिन्न चरणको संसोधन पश्चात यसको प्रयोग प्रवेषिका परिक्षामा गरीयो । नतिजा विषयगत अक्षर ग्रेडिङ प्रणाली तथा समग्रमा औषत स्तरीकृत अङ्क (GPA) मा आधारीत रहेर प्रकासित गरीयो । यो पद्धती अनुसार विद्यार्थीहरुको विषयगत मुल्याङ्कन गरीन्छ । उक्त विद्यार्थीको विषयगत क्षमता कति छ भनी ग्रेडसिटमा उल्लेख गरीएको हुन्छ । विषयगत मुल्याङ्कन गर्दा उसले प्राप्त गरेको अङ्क लाई अक्षरमा परीवर्तन गरी ग्रेड निर्धारण गरीएको छ । कुनै विषयमा एक विद्यार्थीले ९० देखि १०० सम्म जुनसुकै अङ्क प्राप्त गरेपनी उसको अक्षर ग्रेड उक्त विषयका लागि A+ हो । यसै गरी विभिन्न तह गर्दै ९ तह ग्रेड सम्म निर्धारण गरीएको छ । विषयगत मापन गरीएको हुदा समग्ररुपमा ग्रेडको व्यवस्था गरीएको छैन । समग्ररुपमा विद्यार्थीको औषत स्तरीकृत अङ्क(GPA) राखिएको छ । जुन अक्षर ग्रेड हैन । तर यहाँ हाम्रो यहि गलत वुझाइको प्रभाव प्रवेषिका परीक्षाको नतिजा प्रकासन पश्चात देखियो । नतीजा GPA मा आधारीत रहेर सार्वजनीक गरीयो । मिडियामा नतिजालाई प्रतिशतमा परीवर्तन गरेर प्रकाशित गरीयो । त्यसैका आधारमा सरकारी पदाधिकारीहरु, शिक्षक, अभिभावक तथा संचारका माध्ययमहरुवाट विभिन्न दृष्टिकोणहरु निर्माण गरीय । ति दृष्टिकोणहरुले नै आम विद्यार्थी तथा अभिभावकहरुलाई अन्यौल वनायो । विद्यार्थीहरुको आम वुझाई सवैले उच्च शिक्षा पढ्न पाउने भन्ने वन्यो । त्यसैमा फरकफरक मत आइनै रहे र आउने क्रम अझै जारी रहेको छ । यसो हुनुको प्रमुख कारण भनेकैअक्षर गे्रडिङ प्रणाली वारे हाम्रो बुझाईमा समस्या रहनु हो ।
उच्च शिक्षा अध्ययनका आधारहरु
विषयगत अक्षर गे्रडिङ प्रणालीको मुल मर्म नै तिमि जुन विषयमा सक्षम छौं, त्यहि विषय अध्ययन गर भन्ने हो । यहि मर्मलाइृ आधार मान्दै आफ्नो अध्ययनलाई अगाडि बढाउन आवश्यक देखिन्छ । प्रवेषिका परीक्षाको नतिजा प्रकाशन पश्चात अव सवैको हात–हातमा ग्रेडसिट हुनेछ । उक्त ग्रेडसिटमा विषयगत उपलव्धिलाई समावेस गरीयको छ । उक्त विषयगत उपलव्धिका आधारमा उच्चशिक्षा अध्ययनको वाटो खुल्ने देखिन्छ । तसर्थ सवैभन्दा पहिले आफ्नो विषयगत क्षमता विद्यार्थीहरुले ग्रेडसिट वाट पहिल्याउन आवश्यक देखिन्छ । अर्थात विषयगत दक्षताको आधार नै ग्रेडसिट हो ।
उच्च शिक्षा अध्ययनमा मुलतहः सिटिइभीटी र उच्च माध्ययमिक शिक्षा परिषदवाट भर्नाकालागि आवश्यक न्यूनतम सिमाहरु निर्धारण भइसकेकाछन । सोही आधारहरुनै विद्यार्थी भर्नाका योग्यता वनेका छन । जस अनुसार विद्यार्थी भर्नाका कार्यक्रमहरु विभिन्न कलेजहरुले अघि वढाइसेकेको अवस्था छ । जस अनुसार सीटीइभीटी तर्फको स्वास्थ्य विषय (नर्सीङ, एच.ए. आदी) अध्ययनका लागि न्यूनतम स्तरीकृत अङ्क(GPA) २ ल्याउन आवश्यक देखिन्छ । त्यति ले मात्र पुग्दैन, उसले अंग्रेजी, गणित र विज्ञान विषयमा C ग्रेड ल्याउन आवश्यक छ । यि तिन विषयहरु मध्य कुनै एकमा विषयगत C ग्रेड भन्दा कम भयमा उसले सीटीइभीटी तर्फको स्वास्थ्य विषयअध्ययन गर्न पाउदैन । अर्थात कुनै एकजना विद्यार्थीको स्तरीकृत अङ्क (GPA) २ रहेको छ । साथै अंग्रेजी, गणित र विज्ञान विषयमा C ग्रेड छ भने उ सीटीइभीटी तर्फको स्वास्थ्य विषय (नर्सीङ, एच.ए. आदी) अध्ययनका लागि योग्य मानिन्छ । अंग्रेजी र विज्ञान विषयमा C,तर गणित विषयमा D ग्रेड आयो भने उक्त विद्यार्थी सीटीइभीटी तर्फको स्वास्थ्य विषय (नर्सीङ, एच.ए. आदी) अध्ययनका लागि अयोग्य मानिन्छ ।
त्यसै गरी उच्चमाध्यमिक शिक्षा परिषदले पनि अध्ययनकालागि मुलतहः पाँच वटा अनिवार्य विषयहरु (अंग्रेजी, गणित, विज्ञान, नेपाली, सामाजिक र जनसंख्या तथा वातावरण) लाई आधार मान्दै उक्त विषयहरुमा न्यूनतम विषयगत ग्रेडको व्यवस्था गरेकोे छ । विज्ञान विषय अध्ययनका लागि स्तरीकृत अङ्क(GPA) २ तथा गणित, विज्ञान विषयमा C+, अंग्रेजीमा C, नेपाली र सामाजिक विषयमा D+, ल्याएमा कुनै विद्यार्थी विज्ञान विषय अध्ययनका लागि योग्य मानिन्छ । उच्च शिक्षा अध्ययनका लागि ऐच्छिक विषयहरुको ग्रेडलाई आधार नमानियको हुदा, एच्छिक विषयहरुमा न्यूनतम ग्रेड E ल्याय पनि तोकियका अनिवार्य विषयहरुमा न्यूनतम ग्रेड पुगेमा कुनै पनि विद्यार्थी उच्च शिक्षा अध्ययनमा भर्नाका लागि योग्य मानिन्छ । त्यसै गरी विज्ञान विषय वाहेकका लागि स्तरीकृत अङ्क (GPA)१.६ मानियको छ भने विषयगत ग्रेड D+ तोकियको छ । अर्थात कुनै विद्यार्थीको स्तरीकृत अङ्क ( GPA) १.६ छ । उसको विषयगत ग्रेड अंग्रेजी, गणित, विज्ञान, नेपाली, सामाजिक मा D+ छ भने उ विज्ञान वाहेक अन्य विषय अध्ययनका लागि योग्य मानिन्छ । तर अनिवार्य विषयहरु (अंग्रेजी, गणित, विज्ञान, नेपाली, सामाजिक र जनसंख्या तथा वातावरण )मा न्यूनतम ग्रेड पुगेको छैन भने उसको सिटीइभीटीका १५ महिने, १८ महिने अमिन, अनमी जस्ता विषय पढ्नुको विकल्प रहदैन । तसर्थ संपूर्ण विद्यार्थी तथा अभिभावकहरुले सवैभन्दा पहिले ग्रेडसीटको स्तरीकृत अङ्क १.६ वा सो भन्दा माथी छ कि छैन, अनिवार्य विषयहरु (अंग्रेजी, गणित, विज्ञान, नेपाली, सामाजिक) मा D+ छ कि छैन भनेर हेर्न आवश्यक देखिन्छ । सो को अध्ययन पश्चात मात्र उच्च शिक्षा अध्ययका लागि अघि बढने नवढने निश्चित गर्न सकिन्छ ।
अनुत्तरीत तर वाझियको पाटो
यति भनि रहदा विषयगत ग्रेडिङमा कुनै विषयको सैद्धान्तिकमा न्यूनतम ग्रेड नपुगेको तर प्रयोगात्मक ग्रेडसहित उक्त विषयको अन्तिम ग्रेड पुगेको देखिन्छ । सो अवश्थामा के हुन्छ भन्ने हामी सवैको चासो हो । यो विषयमा उच्चमाध्यमिक शिक्षापरीषदको भर्ना निर्देशन मौन वसेको देखिन्छ । जसको अर्थ उच्च शिक्षा अध्ययनका लागि कुनै वाधा छैन भन्ने हाम्रो बुझाइ हो । तर प्रवेशिका परीक्षा सञ्चालन गर्ने परीक्षा नियन्त्रण कार्यालय भक्तपुर भने स्पष्टरुपमा कुनै दुई विषयको सैद्धान्तिक ग्रेड D र E रहेको छ भने यहि श्रावण १४ गते देखि सञ्चालन हुने ग्रेड अभिवृद्धि परीक्षामा सहभागि हुनसक्ने छन भन्नुको तात्पर्य सैद्धान्तिकमा पनी न्यूनतम ग्रेडको आवश्यक रहन्छ भन्नु हो । तसर्थ यो सम्वन्धमा पनि दुवै निकाय स्पष्ट हुन आवश्यक छ नै । संगै यो वर्गमा पर्ने विद्यार्थीहरुले ग्रेड अभिवृद्धि परीक्षामा सहभागि हुदै उच्च शिक्षा अध्ययनलाई अघि वढाय, कालान्तरणमा कुनै समस्याको सामना गर्नु नपर्ला । तर ग्रेड अभिवृद्धि नगरी अघि वढेमा सैद्धान्तिक विषयगत क्षमतामाथि हरेक क्षेत्रमा प्रश्न उठ्ने नै छ संगै विदेशी कलेजहरुमा समेत भर्ना नपाइने सम्भावना त्यतिकै रहन्छ ।