लमही १६ फागुन । बाँझो खेतमा राप्ती नदीको पानीले सिंचाई होला र खेती सप्रेला भन्ने आशामा बसेका समुन्द्र चौधरी अहिले निराश बनेका छन् ।
खनिएको कुलोमा पानी बग्दैन । पानी नबगेपछि कुलो पुरिएको छ । इन्टेकहरुमा माटो भरिएको छ । एक दशक अघिबाट नारायणपुर सिंचाई प्रणालीको भौतिक निर्माण शुरु भए पनि त्यसले पूर्णता नपाउँदा करोडौ लगानी खेर गएको छ । ‘सरकारको उदासिनताका कारण यो कुलोमा पानी बगेन’– स्थानीय सुमन थारुले भने – ‘पानी बग्ने कुलोमा माटो भरिएको छ।’
नारायणपुर सिंचाई प्रणाली सुचारु गर्न किसानहरुले समेत लगानी लगाएका थिए । प्रतिकट्ठा तीन सय रुपैयाँका दरले रकम उठाएका थिए । पाँच सय बिगाह जमिनमा सिंचाई सुविधा पु¥याउने लक्ष थियो । प्रगन्ना कुलो सिंचाई आयो जनासँगै पूर्व–पश्चिम राजमार्गदेखि उत्तरतर्फको जमिन सिंचाई गर्न नारायणपुर सिंचाई प्रणाली शुरु भएको एक दशक बितिसकेको छ । तर किसानहरुले सिंचाई सुविधा उपभोग गर्न पाएका छैनन । पूर्वमा नर्ती सिङ्गेबाट यो आयोजना शुरु भएको हो।
पश्चिममा नारायणपुरसम्म सिंचाई सुविधा पु¥याउने लक्ष भएपनि किसानले सुविधा उपभोग गर्न सकिरहेका छैनन् । ‘किसानले सकीनसकी लगानी लगाए तर अहिलेसम्म कुलोमा पानी बगेन’– थारुले भने – ‘प्रगन्ना कुलो सिंचाई योजनाको नेतृत्व गर्ने तत्कालीन अगुवाहरूको लापरवाहीले यस्तो अवस्था आएको हो ।’ अहिले पनि नारायणपुर प्रणालीको नेतृत्वकर्ताहरु सक्रिय नहुँदा सुनुवाइमा ढिलाइ भएको बुझाइ किसानहरुको छ ।
सिंचाई डिभिजन भन्छ योजना स्वीकृत अझै भएको छै न । नारायणपुर सिंचाई प्रणालीको पूर्वाधार निर्माण तथा सुधारका लागि थोरै बजेटले पुग्दैन । जिल्ला सिंचाई डिभिजन कार्यालय तुलसीपुरका प्रमुख केदार श्रेष्ठका अनुसार योजना स्वीकृतको लागि विभागमा पहल भइरहेको छ । अहिले तीन करोड ५४ लाख बजेट बिनियोजन भएको छ । तर अहिले बिनियोजन भएको बजेट थोरै हो । नयाँ युगबोधबाट
