दाङ १५ चैत्त । एकीकृत नेकपा माओबादीका सचिब बर्षमान पुनले प्रधानमन्त्रीको भारत र चीन भ्रमणले नेपाललाई संविधान कार्यन्वयन र आर्थिक बिकासमा सहयोग पुग्ने बताएका छन । क्रान्तिकारी पत्रकार संघ दाङले सोमबार घोराहीमा गरेको पत्रकार भेटघाटमा उनले दुबै भ्रमण सकारात्मक र फलदायी भएको पनि धारणा राखे । नेपालले चीन र भारत दुबैसंग समदुरीको सम्बन्ध राख्नु पर्ने भन्दै उनले एक अर्कोलाई देखाउन र प्रयोग गर्न सम्बन्ध राख्नुपर्छ भन्ने मान्यता गलत भएको पनि उल्लेख गरे ।
‘भारतसँग सम्बन्ध बिस्तार हुँदा चीनसँग डराउने र चीनसँग सम्बन्ध बढदा भारतसँग तर्सने भन्ने हुँदैन उनले भने, ‘दुबै छिमेकीसँग एउटा सार्वभौम राष्ट्रले राम्रो सम्बन्ध राख्न पाउँछ ।’ प्रधानमन्त्रीको पछिल्लो चीन भ्रमणका क्रममा भएका पारबहन, क्रण तथा अनुदान सम्झौता लगाएतको चर्चा गर्दै उनले सर्बभौम राष्ट्रका हैसियतले यो ठूलो उपलब्धि र दुई देश बीचको सम्बन्ध बिकसित भएको औल्याए ।
संबिधान कार्यन्वयन नै मुख्य चुनौति
सो अबसरमा उनले संबिधान कार्यन्वयन आजको मुख्य चुनौति भएको बताए । बिगतमा बनेका संबिधान कार्यन्वयन हुन नसक्दा उपलब्धिहरु गुमेको भन्दै उनले यो संबिधान कार्यन्वयन गर्न नसके अहिलेको उपलब्धि पनि गुम्ने खतरा रहेको औल्याए । चार सय बढी कानून संसोधन गर्ने, सवा सय बढी नयाँ कानून बनाउनु पर्ने, केन्द्रिय, प्रान्तीय, स्थानीय निकायको निर्बाचन छिट्टै गर्नु पर्ने पनि उनले जनाए । संबिधान कार्यन्वयनका लागि मुख्य दलहरु एक ठाँउमा हुनैपर्ने आवश्यक्ता रहेको सचिब पुनले बताएका थिए । बर्तमान सरकारमा नेपाली कांग्रेस सहभागी भए संबिधान कार्यान्वयन गर्न सहज हुने उनको भनाई छ ।
जनताको जीवनमा परिवर्तन आवश्यक
पूर्व अर्थमन्त्री समेत रहेका पुनले राजनीतिक परिवर्तन भएर मात्र जनताले नमान्ने भन्दै जनताको दैनिक जीवनका साथै सामाजिक र आर्थिक रुपमा पनि परिवर्तनको अनुभूति गराउनु पर्ने धारणा राखे । पुनले देशमा गणतन्त्र, लोकतन्त्र र संघियताको विषय स्थापित भए पनि नागरिक स्तरमा भने कुनै सुधार नआएको बताए । जनस्तरमा १० बर्ष पहिले कै अबस्था रहेको भन्दै उनले अब प्राप्त उपलब्धीहरुलाई कार्यान्वयन गर्दै सामाजिक, आर्थिक बिकासमा लाग्नुपर्ने आबश्यकता औल्याए ।
उनले नेपालको पूर्वधार तथा आर्थिक विकास र रोजगारीको बृद्धि गरि देशलाई पनि विकसित र समृद्ध पार्नु पर्ने धारणा राखे ।
अब राजनैतिक धु्रबीकरण हुन्छ
एमाओवादी सचिब पुनले नेपालमा अब राजनैतिक र बैचारिक ध्रुबीकरण हुने पनि औल्याए । पहिले हामी माओ बिचार मान्नेहरु एकता गर्छाँै यसले बिस्तारै बाम धु्रबीकरणतिर जान सहयोग गर्छ । त्यतिबेला नेपालमा प्रजातान्त्रिक धु्रबीकरण पनि हुन्छ । परिस्थितिसँगै नेपालमा धु्रबीकरण तिब्र हुने उनको धारणा थियो ।