महेन्द्रनगर, २३ भदौ । कञ्चनपुरको भुजेलामा गएराति गोली चलेको छ।

suttpespestolगोली लागेर भारतको बनवासास्थित शारदा ब्यारेज अन्र्तगत पुलमा कार्यरत कर्मचारी ५० वर्षीय जगतसिंह चौहान र ५२ वर्षीय चन्द्र किशोर सिंह घाइते भएका छन्। चौहानको पाखुरामा र सिंहको पिठ्युमा गोली लागेको छ। घाइते दुवैजनालाई राति नै उपचारका लागि भारत पठाइएको छ।

करिब राति १० बजेको समयमा भीमदत्त नगरपालिका ११ भुजेला पुल नजिकै गोली चलेको थियो। अन्नपूर्ण पोष्टमा खबर छ । महेन्द्रनगरबाट क्यासिनो खेलेर घरतर्फ गइरहेका ती भारतीय नागरिकलाई नेपाली पक्षबाट गोली प्रहार भएको प्रहरीले जनाएको छ ।

कञ्चनपुरकै भुजेलाका २१ वर्षीय विक्रम नाथ र १८ वर्षीय करण भण्डारीले गोली प्रहार गरेको भन्दै प्रहरीले पक्राउ गरेको छ ।