२८, काठमाडौं ।
उपराष्ट्रपति नन्दबहादुर पुनको चीन भ्रमण आजबाट सुरु हुँदै छ । पुन आज ११ बजे त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ ।
चीन भ्रमणका क्रममा उपराष्ट्रपति पुनले चौथो चीन दक्षिण एसिया मेला, २४ औं चीन कन्मिङ आयात निर्यात व्यापार मेला र चीन दक्षिण एसिया व्यवसायी मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
भ्रमण टोलीमा उपराष्ट्रपतिकी धर्मपत्नी हस्तमाली, उपराष्ट्रपति कार्यालयका सचिव राजेन्द्रकिशोर क्षेत्री, स्वकीय सचिव सुकबहादुर रोका, प्रेस संयोजक, पाश्र्ववर्ती प्रमुख सेनानी मनोजकुमार सिलवाललगायत ११ जना छन् ।
उपराष्ट्रपतिमा निर्वा्चित भएपछि पुनको यो पहिलो विदेश भ्रमण हुन लागेको हो । उहाँ चीनको साता व्यापी भ्रमण सकेर आगामी २ असारमा स्वदेश फर्किनु हुनेछ ।।
