काठमाडौंँ, २९ चैत । मुलुकमा गणतन्त्र आएको दश वर्ष पूरा हुनलागे पनि गणतन्त्रको प्रतीक स्वरूप निर्माण गर्न लागिएको गणतन्त्र स्तम्भ कहिले बन्ने हो अन्योल छ ।

ganatantra stambhaमन्त्रिपरिषद्को तीन–तीन पटकको निर्णय र मुलुकका दुई जना प्रधानमन्त्रीले शिलान्यास गर्नुभएको त्यस स्तम्भको निर्माण कार्य कहिलेदेखि सुरु हुनेछ भन्नेबारे स्तम्भ निर्माणको जिम्मेवारी पाएका सहरी विकास तथा भवन निर्माण विभागका अधिकारीहरू पनि भन्नसक्ने अवस्थामा छैनन् ।

त्यसपछि, २०६७ असार २ गतेको मन्त्रिपरिषद्को निर्णयले रत्नपार्कमा सो स्तम्भको निर्माण साँघुरो हुन्छ भनी ललितपुरको गुँसीगालस्थित यूएन पार्कमा स्तभ्म बनाउने निर्णय गरेको थियो । विभिन्न कारण देखाउँदै ललितपुरमा पनि सो स्तम्भको निर्माण का

 

पहिलो पटक २०६६ जेठ १५ गतेको मन्त्रिपरिषद्को बैठकले गणतन्त्र स्तम्भ स्थापना गर्ने निर्णय गरेको थियो । त्यसपछि तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले राजधानीको रत्नपार्कमा स्तम्भको शिलान्यास गर्नुभएको थियो ।

र्य नभएपछि तत्कालीन सरकारले २०६९ वैशाख ७ गते स्तम्भ कीर्तिपुरको गाम्खेलमा बनाउने निर्णय गरेको थियो । सोही निर्णयबमोजिम तत्कालीन प्रधानमन्त्री डा। बाबुराम भट्टराईले २०६९ वैशाख १४ गते कीर्तिपुरको गाम्खेलमा सो स्तम्भको शिलान्यास गर्नुभएको थियो । शिलान्यास गर्दै उहाँले भन्नुभएको थियो “शाहवंशीय राजतन्त्रको सुरुआत भएको कीर्तिपुरमा नै राजतन्त्र अन्त्य भएको प्रतीकको रूपमा गणतन्त्र स्तम्भ बनाउने निर्णय सरकारले गरेको छ । ”

बहुप्रतीक्षित गणतन्त्र स्तम्भको निर्माण कार्य किन अवरोध भएको छ भन्ने जिज्ञासामा सहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक राजुमान मानन्धरले गणतन्त्र स्तम्भको निर्माण कार्य सरकार र राजनीतिक नेतृत्वको प्राथमिकता क्रममा तल पर्दै गएको हुनाले यसको निर्माण कार्य अन्योल बन्दै गएको बताउनुभयो ।

उहाँले यस योजनालाई अगाडि बढाउन विभागले चारवर्षीय खरिद गुरु योजना स्वीकृतिका लागि सहरी विकास मन्त्रालयमा पठाएको जानकारी दिनुभयो । बहुवर्षीय सो खरिद गुरु योजना सरकारले पारित नगरेसम्म स्तम्भ निर्माणको कार्य अगाडि बढ्न नसक्ने उहाँले स्पष्ट पार्नुभयो । विभागले डेढ वर्षअघि नै स्वीकृतिका लागि सहरी विकास मन्त्रालयमा प्रस्ताव पठाएको हो ।

उहाँका अनुसार, बहुवर्षीय खरिद गुरु योजना पारित नभएसम्म स्तम्भ निर्माणका लागि बोलपत्र ९टेन्डर० आह्वान गर्न मिल्दैन, विनियोजित बजेट पनि खर्च गर्न सकिँदैन । त्यसैगरी, सो योजनाको वातावरणीय प्रभाव मूल्याङ्कन ९ईआईए० समेत गर्न सक्दैन । विभागले दुई अर्ब ८७ करोड रुपियाँ बराबरको गुरु योजना स्वीकृतिका लागि मन्त्रालय पठाएको छ । सुरुदेखि नै बजेटको अभाव खेप्दै आएको यो योजना समयमा निर्णयको अभावका कारण पनि अगाडि बढ्न नसकेको उहाँले गुनासो गर्नुभयो । अर्बौँ रुपियाँको लागतमा निर्माण हुने सो स्तम्भका लागि चालु आर्थिक वर्षमा पन्ध्र लाख रुपियाँ विनियोजन गरिएको छ ।

विभागका सिनियर डिभिजनल इन्जिनियर मच्चाकाजी महर्जनले राज्यले सो गणतन्त्र स्तम्भ निर्माणको मर्म र महŒव नबुझेसम्म सो स्तम्भ निर्माण हुन नसक्ने बताउनुभयो । यो योजना पहिलो प्राथमिकतामा परे पनि सरकारले यसलाई सोसरहको महŒव नदिएको बताउँदै उहाँले राज्यका लागि तीन अर्ब रुपियाँ कुनै ठूलो कुरा होइन तर प्रमुख कुरा इच्छाशक्ति हुनुप¥यो भन्नुभयो । कुल ९४ मिटर उचाइ र ६० रोपनी क्षेत्रफलमा निर्माण गरिने सो स्तम्भको निर्माण मोडेल पनि तयार भइसकेको जानकारी दिँदै उहाँले स्तम्भ निर्माणस्थलको माटो परीक्षण, बृहत् इन्जिनियरिङ डिजाइन तथा भूकम्प आउँदा स्तम्भलाई पर्नसक्ने असरबारे अध्ययन भई सोको प्रतिवेदनसमेत आइसकेको बताउनुभयो । विभागका अनुसार, प्रस्तावित सो स्तम्भमा तीनवटा विभिन्न उचाइका अवलोकन स्थल हुनेछ । पहिलो अवलोकन स्थल स्तम्भको २४ मिटर उचाइमा हुनेछ भने दोस्रो अवलोकन स्थल ६३ मिटर उचाइमा हुनेछ । पहिलो अवलोकन स्थलबाट १५० जना र दोस्रो अवलोकन स्थलबाट ११५ जनाले एकैचोटि काठमाडौँ उपत्यकाको अवलोकन गर्न सक्नेछन् ।

स्तम्भको ८३ मिटर उचाइमा निर्माण हुने अवलोकन स्थल विशिष्ट व्यक्तिका लागि मात्र खुला गरिनेछ । स्तम्भको अन्तिम ११ मिटर स्तम्भ सञ्चालनका लागि प्रयोग गरिनेछ । त्यसैगरी, स्तम्भको भुइँमा साढे चार मिटरका दुईवटा ग्यालरी निर्माण गरिनेछ । सबभन्दा तल्लो ग्यालरीको नाम ‘नेपाल ग्यालरी’ र दोस्रो ग्यालरीको नाम ‘राजनीतिक गतिविधि ग्यालरी’ राखिने विभागले जनाएको छ । विभागका अनुसार, राजनीति ग्यालरीमा मुलुकको राजनीतिक आन्दोलनका झलक, सहिदका तस्बिर र नाम प्रदर्शन गरिनेछ । दुइटै ग्यालरी एकैपटक एक हजारदेखि दुई हजार जनाले अवलोकन गर्न सक्नेछन् । गोरखापत्रबाट