गोविन्द खड्का
घोराही,२० फागुन । घर मुनीको कमदभरी टलक्कै घार टल्किएको दृश्य आकर्षक देखिन्छ । घोराही ६ फुर्सेखाली, खरकटिका भिमावलीको त्यसमै व्यस्तता थिपिएको छ । त्यसरी काम थपिदा पनि खुशिमा बृद्धि भएको अनुहारको हासोमा झल्कीन्छ ।

mahuriबजार बाट अल्लो (पुवा) लगेर कात्नु, बाख्रा पालेर बनमा घास खोज्नु, साझ विहान धाराको पानी बोकेर करेसा बारी हुकाउनु वलीको दैनिकी थियो । आय आर्जनका हिसावले त्यो खास्सै फलदायी मानिदैन । अनेकौ विकल्पका बारेमा सोधिखोजीगर्न त्यस क्षेत्रका प“धेरामा बहस चल्छ । धेरै महिलाहरु घर बनाउने ठाउ“मा मजदुरी गर्छन् ।

सिमेन्ट बोक्नु, ईटा वसार्नु, बेल्चा लगाउनु महिलाहरुका लागि सजिलो काम होईन । त्यस बाहेकको रोजगारी छैन । पत्रिकामा आएका विज्ञापनलाई पटक पटक हेरेर रोजगारीका लागि फोन सम्पर्क गर्ने एउटा उपाए हो । साथि संगिका उपाए खोज्दै गर्दा भिमाका श्रीमान् दिनेश वलीले माहुरीपाल्ने उपाए दिनुभयो ।

अम्बिकेश्वरी माहुरीपालन सहकारी संस्था घोराहीले सातदिने तालिम दियो । भित्री चाहनाले डो¥याएको बाटो भेटिए जस्तै माहुरी पालन तालिम लाग्यो भिमालाई । सकिदाको दिन खुशिको सिमै रहेन । यति सजिलै माहुरी पालेर कमाई गर्न सकिन्छ भन्ने लागेको थिएन । आफुले माहुरी नपाउदै छरछिमेकका घार हेर्न र स्याहार्न थाल्नुभयो । त्यो तालिमले दिएको उर्जा थियो । ‘म ता सद्दे माने’ वलीले भन्नुभयो, ‘केहि रोग लागिन भने ता सजिलै पाल्न सकिने रहेछ’ उहाले भनेझै, चिया समोसा खाएर सकिने, दुईचारदिन कटाउन गरीएको ख्याल थिएन ।

अनपढ महिलाका लागि सजिलो छ । त्यस संगै रुकुम महत जन्म, चुनवाङ पुर्खाहरु भएका वलीको दाङ बसाई आफैमा सजिलो छ । घास दाउरा, स्याउला गर्ने, गाई भैसी भेडा बाख्रा पाल्ने गरेको मेहनती बानी यतै सरेको छ । पाखा पखेरुमा, लरावर्तामा अल्झीदै घासका फुर्का खोज्नेलाई घारमा चिनी राखेर माहुरी पाल्न कठिन छैन । सपार्न सकियो भने कमाई पनि गाईपालेको भन्दा बढि हुन्छ ।

अम्बिकेश्वरी माहुरीपालन सहकारी संस्था घोराहीले माहुरी पालन समुहलाई यस पटक १ सय २५ घार माहुरी वितरण गरेको जनाएको छ । संस्थाका अध्यक्ष मिनराज घिमिरेका अनुसार विभिन्न समुहमा अझै एकसय २५ घार वितरण गर्ने कार्यक्रम रहेको छ । केहि दिनभित्रै बितरण हुन्छ ।

अम्विकेश्वरी महिला माहुरीपालक समुह फुर्सेखाली र भरतपुर माहुरीपालक समुह भरतपुरलाई बितरण गरीएको हो । माहुरी वितरण्मा १५ लाख लगानी गर्ने भएको छ । गिठेपानी, बरगद्धी लगाएतका ठाउमा जोड दिईएको छ । पालकलाई सातदिने तालिम दिएर माहुरी वितरण गरीन्छ । त्यस संगै पञ्जा, टोपि, महदानी, बुरुष, धुवादानी, चक्कु, आधारचाका, र पाचघार माहुरी सहित स्ट्यण्ड वितराण गरीएको संथाका अध्यक्ष घिमिरेले जानकारी दिनुभयो ।

जिआईजेट ईन्कुलुडको आर्थिक सहयोगमा सञ्चालित मौरी तथा मौरीजन्य सामाग्री वितरण कार्यक्रम अन्तर्गत पालकले पचास प्रतिशत रकम लगानी गर्नुपर्छ । संस्थाले माहुरी विस्तारका लागि अनेकौ कार्यक्रम अघि सारेको अध्यक्ष घिमीरेले जानकारी दिनुभयो । उहाका अनुसार काठेकोहलमा रहेको संस्थाको कार्यालय बाट माहुरी पालन सम्वन्धि प्रामर्श सेवा, प्राविधिक सेवा, मौरीजन्य सामाग्री बेचविखन, उत्पादनका लागि महमैन, महको चक्लेट, महको चाकु, तीलको चाकु तिलको लडडु लगाएत विक्रि वितरण गरीएको बताउनुभयो ।

चाडै प्रसोधन घर बनाउने लक्ष्य रहेको जानकारी दिनुभयो । त्यसका साथै पालकलाई अबलोकन भ्रमणमा लैजाने योजना छ । संस्थाले उत्पादन तथा प्रसोधन गरेको मह काठमाण्डौ, पोखरा, नेपालगञ्ज, वुटवल लगाएतका क्षेत्रमा गएको अध्यक्ष घिमीरेको भनाई छ । यस बर्ष मात्रै दश टन मह बिक्री भएको उहाले जानकारी दिनुभयो । मेला महोत्सवमा पनि स्टल राख्दै गएको छ । अघिल्लो बर्ष ६ टन बाट बढेको हो । संस्था संग पाच सय बढि सदस्य पुगेको संस्थाले जनाएको छ । बाहिर बाट माहुरी चराउन ल्याउने तर यहा“का कृषकले चासो नदिने भएपछि माहुरी वितरण गर्ने कार्यक्रमलाई तिब्रता दिईएको संस्थाले जनाएको छ ।