गोविन्द खड्का
घोराही, १६ फागुन । तिन बर्ष अघि प्लाष्टिक व्यवस्थापन गर्न घोराही नगरपालिकाले दिएको तालिममा घोराही १० सृजनशिल टोलका अम्विका गौतम सहभागि हुनुभयोे । गौतमका अनुसार त्यसैदिन देखि बारीमा खाल्टो खनेर गल्ने फोहर हालेर मल तयार गर्नुभयो । अहिले त्यहि खाल्टोको मल बाट उत्पादीत तरकारीले पुग्छ । फतक्कै गलेर कालो भएको प्रांगारीक मल असाध्यै मलिलो हुन्छ । तरकारी किन्नु पर्दैन ।

त्यस क्षेत्रमा धेरैले सरसफाइ सजकता अपनाएका छन् । हरेक शनिवार झाडु बोकेर ठुलै हुल सडकमा ओर्लीन्छ । खसेका कचेरा फोहर टिपटाप पार्ने बढार्ने, पानी छम्किने गरेर सडक क्षेत्र रगरगाट पार्छन् । त्यसरी सिंगै समाज परिचालन गरेर बजार स्वच्छ राख्नेमा शहिद लखनपार्कको उत्तरपुर्वि क्षेत्र घोराही बजारकै अग्रपक्तिमा आउछ । त्यतिले मात्रै उनिहरुलाई सन्तुष्टि मिलेको छैन । ‘अगाडि मात्रै सफाभयो पछाडि नाला हेर्नुमान छैन’ सगरमाथा टोलका लालबहादुर बुढाले भन्नुभयो, ‘खाना पकाउदाको फोहर सबैले पछाडि बाट खसाल्छन्, च्यातिएका थाङना, जुत्ता चप्पलले भरिएको छ ।’ उहाका अनुसार पुर्ण सफा भएको छैन । देखाउनका लागि बढार कुडार गरेपनि सरसफाई मेरै लागि भन्ने चेत अझै खुलेको देखिन्न ।

100_6184अठ्चालि उनन्पचास साल देखिनै घोराही नगरपालिकाले सरसफाइ अभियान चलाउदै आएको चाउको टोलका पुर्ण कुमारी पुनमगरलाई सम्झना छ । उहाका अनुसार कहिल्यै सुईरा वितरण गरेर प्लाष्टिक खुन्टिन पठायो । कुनैबेला डस्टिविनमा जैविक र अजैविक छुट्याउन भन्यो । तर अहिले सम्म पनि पुर्णता पाएको छैन । पछाडि भित्तामा थुक्ने । खोल्सा र अर्काको घर अघि लगेर फाल्दीनेहरुको कमि आएको छैन त्यसैले भन्नुपर्छ अझै सुध्रिएका छैनन् । ‘आफ्नो घर अगाडि घिनमान्नेले अरुका घर र पार्कमा लगेर कुकुरलाई किन हगाउ“छन् ? पुनले सोध्नुभयो, ‘समाजमा ठुला कुरा गर्ने, घर अगाडि सफा देखाउनेले मात्रै भैन । सबैतिर सफा राख्नुप¥यो ।’ उहाका अनुसार प्रहरीका पोष्ट वरपर, विद्यालय क्षेत्र सबैतिर ध्यान पुगोस् ।

सबैभन्दा धेरै फोहरका कारक सर्टर भाडाका पसल गर्नेहरु रहेको अधिकांशले चर्चा गरे । भाडामा बस्नेले आफ्नो हो भन्ने ठान्दैनन् । खोजेको बेला भेट्न नसकिदा झन् समस्या निम्त्याएका छन् । माथिल्लो तलामा बस्छन् त्यहि बाट सडकमा पोकाहरु फाल्छन् । सिर्जनशील टालेविकास संस्थाका अध्यक्ष यमप्रसाद खरेलका अनुसार दिनभरी व्यापार गर्ने साझमा बाहिर हुत्याएर अन्तै बास बस्न जानेले सताएका थिए । अहिले त्यो बानी अधिकांशले छोड्दै गएका छन् । सोहि टोलका सल्लाहकार डम्बर गिरीका अनुसार केहि महिना अघि देखि सुधार आएको छ । धेरै व्यापारीले दिनभरीको फोहर पसल भित्रै राख्न लाग्नुभएको छ । छिटफुट झक्किएर मात्रै बाहिरै छोडेको देखिन्छ । पुर्णरुपमा लागुगर्न अनुगमन जरुरी छ । अटेर गर्नेहरु भेटिए कार्वाहि गर्न पनि तयार हुनेगरी कडा बन्नुपर्छ । तर अव्यवस्थित बधशालाले सरसफाइमा ठुलो चुनौति खडा गरेको टोलवासीको भनाई छ । उनिहरु एकश्वरमा भन्छन् । कुकुरले रागाका पुच्छर, छाला हडि डुलाउदै ल्याउने र घर अगाडि छोडेर दुर्गन्ध फैलाउने गरेको छ । नगरपालिकाले कि सारोस कि त व्यवस्थित बनावस भन्ने सुझाव दिए ।

100_6194छाडा पशु चौपाया पनि त्यस क्षेत्रका सरसफाइका अबरोध हुन् । सगरमाथा टोलका सचिव सुरज बहादुर पुनका अनुसार खसी, कुखुरा, बाख्रा, कुकुर पाल्नेहरु व्यवस्थित नगर्दा गन्ध फैलाएर सरसफाइमा बाद्या पुयाएका छन् । हरेक टोलमा फे्रस हाउस चलाएर झिंगा बढाएका छन् । मासु काट्दा फालेका हडि रगतमा झिंगा झुम्मिन्छन् । वाथरुम किचन, शौचालय नाला लगाएतमा ध्यान छैन । ‘चुलो दलान सफा गरेर आगन बढार्ने हो’ जनचेतना टोलका अध्यक्ष कमल बुढाले भन्नुभयो, ‘सुर्ति पुकारका खोल, पानीका बोतल जथाभावि नफाल्ने बानी बसाल्नुपर्छ ।’ उहाहरुका अनुसार आफु र टोल सफागरेर अरुलाई सिकाउनु पर्छ ।

प्रत्यक शनिवार सफा गरेका छौ । त्यसले अगाडिको महार मात्रै सुन्दर बन्दै गएको छ । शनिवार भेलाभएका उनिहरुले समिक्षा गरे । उनिहरुका अनुसार हरेकले भान्सा गर्दाको फोहर संकलन गर्न सिक्नुपर्छ । घरपछाडि हुत्याउने होईन । त्यो सडेर गन्धबनि फेरी मान्सामै फर्किन्छ भन्ने थाहपाउनुपर्छ । बटुवाका लागि पनि फोहर फाल्ने डस्टिविन टंयाईएको छ । ठाउ ठाउमा रहेका प्रहरी पोष्टले पनि फोहर गर्नेलाई औला ठड्याउनु पर्छ । डिउटि अबधि भरी त्यसै दिन कटाउनुभन्दा समाज सुधार्न लाग्नुपर्छ । सात वटा टोलविकास संस्थाका प्रमुख पदाधिकारी र सरसफाइमा सकृय व्यक्तिहरु उपस्थित कार्यक्रममा कसरी पुर्ण सफा हुन्छ भन्नेमा बहस गरे । उनिहरुले संयुक्त अनुगमन समित बनाएर एकले अर्काको टोलमा घुम्ने सहमती जनाए ।

आफु कार्वाहि नपर्ने गरी सरसफाइमा सचेत रहनेभने समस्या नआउने वडा सरसफाइ समितिका संयोजक शक्तिराम डागिले बताउनुभयो । कान समात्न लगाउने, फालेको फोहर टिप्न लगाउने, सचेत बनाउने जुनसुकै हिसावले पनि फोहर गर्नुहुन्न भन्ने महशुस गराउने नै कार्वाहि हो । आफ्नो अगाडि जस्ले जे गरेपनि चुप लाग्नेहो भने सुध्रिदैन । तपाईको अगाडिको फोहर कि उठाउनुस् । नत्र उठाउन लगाउनुस् डागिले भन्नुभयो, आफ्नो क्षेत्रको फोहरको जिम्मेवारी हरेकले लिनै पर्छ । उहाका अनुसार त्यसो नगरे सरसफाइ अभियान अघि बढाउन सकिन्न ।
अनुगमन तथा कार्ययोजना समिति गठन

यसैगरी सृजनशिल टोलका अध्यक्ष यम प्रसाद खरेल संयोजक रहेको नौ सदस्यीय अनुगमन तथा कार्ययोजना निर्माण समिति गठन भएको छ । जसको सदस्य सचिवमा जनचेतना टोलका सचिव कुम बहादुर पुन, सदस्यहरुमा श्रीप्रसाद श्रेष्ठ नवप्रतिभा, महेन्द्र बहादुर चन्द त्रिमुर्ति, लाल बहादुर बुढा सगरमाथा, कमल बुढा जनचेतना, शेरजंग विक न्युसिर्जनशील र गंगा कुवरमगर सृजनशिल टोलविकास संस्था रहनुभएको छ । नवप्रतिभा टोलका अध्यक्ष एवं भेलाका जेष्ठ सदस्य श्रीप्रसा श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रम सहजीकरण जनचेतना टोलका कुम बहादुर पुनले सहजीकरण गर्नुभएको थियो ।