गोविन्द खड्का
घोराही १५ फागुन । खोर तथा भकारामा पुगेर घोराही ६ का यशोदा पाण्डेयले भेडा बाख्रालाई पिपिआर खोप दिए । शनिवार खोपकार्यक्रम सकेका पाण्डेयले आठ दिनमा दुई हजार चारसय खोप लगाएको बताए ।

100_6182गरुले खोलाबाट थालिएको अभियान सपैला, अखबरे, रानीजरुवा, फुर्सेखाली, बजारको आसपास कटुवा खोला, भयारथान, खरकटि, दिदिवहिनी, मिलीजुली टोल लगाएतको स्थानमा पुगी बाख्रालाई खोप दिए । खोपलाउन दिनभरी हिडेर थाकेको बताउने ग्रामीण पशु स्वाथ्य कार्यकर्ता पाण्डेयले केही प्रतिकृयाले झनै व्यखुशी बनाएको सुनाए ।

उनका अनुसार आफुलाई समाजको अगुवा कहिलनेले समेत पिपिआरको महत्व बुझेनन् । ‘घरमै पुग्दा पनि भो खोप लगान्नम, हाम्रा बाख्रा केही भएका छैनन्’ पाण्डेयले भने, ‘कतिले सधै लाउन पाईन्न एकदिन किन लगाउने र भने ।’ उनका अनुसार पिपिआर खोप र त्यसले गर्ने फाईदाका बारेमा समाजमा चेतना अभाव देखियो ।

यसरी घरमै पुग्दा पनि खोपलाउन किन डराए त ? जिल्ला पशु सेवाकार्यालय दाङका प्राविधिक गोविन्द नेपालीलाई सोध्दा वहाको जवाफ थियो । भेडा बाख्रा तुहिन्छन भन्ने भ्रम फैलिएको छ । महामारी फैलिदा अलाप विलाप गर्छन् ।

सरकारलाई गाली गर्छन् । माग आन्दोलन सबै हुन्छ । समस्या पुर्व सचेतता नअपनाउने बानी छ । भेडा बाख्रा भकाभक मर्नलाएपछि मात्रै आत्तीन्छन् । रोग लाग्नै नदिने उपाए पिपिआर हो भनेर बुझ्न सकेका छैनन् ।

के हो पिपिआर ?
यो रोगविरुद्ध लड्ने ईम्युनिटि पावर हो । कुनै रोगको औषाधि होईन । प्राविधिक नेपालीका अनुसार यो भ्याक्सीन लगाएको तिन बर्षसम्म काम गर्छ । त्यो अबधि सकिएपछि फेरी यो खोप दिनुपर्छ । तिन महिना भन्दा मुनिका बच्चा पाठापाठीलाई दिन हुदैन । निर्देशिकाले सबैलाई दिन मिल्छ भनेपनि यहा गरीएको अभ्यासले कमजोर व्याउनेभेडा बाख्रा मर्ने गरेको पाईएको छ । ‘अझ भेडा धेरै मरेको भन्ने गुणासो आएपछि कार्यालयले व्याउनेलाई खोप दिन्न’ नेपालीले भने ‘तुहाउछ भनेर धेरैतिर बाट रिपोर्ट आएपछि हामिले खोपदिन रोकेका छौ ।’

यो खोप कतिले खोजी खोजि लगाउछन् जसले बुझेका छन् । केहिले मान्दै मान्दैनन् । आज सम्म लगा छैन किन लागाउनुर ? भनेर पन्छिन्छन् । प्राविधिक नेपालीका अनुसार उनीहरुले बुझ्नैपर्छ पिपिआर खोप बोलाई बोलाइ लगाउनुपर्ने हो । हरेक बर्ष कार्यालयले कार्यक्रम चलाएरै खोप लागाईन्छ । तर पनि दाङमा रोगको खतरा उच्च मानिन्छ । छिमेकी मुलुक भारतमा यसको खोप लगाउने चलन देखिन्न । त्यहिका बाख्रा तथा बोकाहरु बुच्चरले ल्याएर बेच्छन् । तिनैले रोग बोकेका हुन्छन् । गत बर्ष काभ्रे, लोहारपानी लगाएतका पहाडि गाविसमा बथानका बथान मरेर सकिएका थिए । त्यहि संक्रमण बाट जोगाउन कार्यालयले पिपिआर खोप लगाउन अनुरोध गर्छ ।

रोगको लक्षण के हो ?
यो रोग लागेपछि भेडा बाख्रालाई ज्वरो आउछ । आखामा कचेरा देखिन्छ । तारन्तार सिंगान छोड्छन् । न्युमुनिया हुन्छ । पातलो दिसा गर्छ । मुख जिब्रो गिजामा घाउ देखिन्छ । क्रमसः थलिदै जान्छ । त्यसको खास्सै उपचार हुन्न । कतिपय अबस्थामा रोकथाम गर्न सकिन्छ । जब बिरामी शुरु भयो ढिलो चाडो मर्छ ।

पिपिआरको लक्ष्ण देखियो भने भेडा बाख्रालाई बचाउन सकिन्न । त्यसैले खोप लगाउनै पर्छ । रोग फैलियो भने चाडै खोरै सखाप पार्छ । रुवावासीको विकल्प रहन्न । त्यसैले बनको छेउका बस्ति घोराही ६ मा दुईहजार चार सय डोज भ्याक्सीन दिएर ग्रामिण पशु स्वाथ्य कार्यकर्ता एशोदा पाण्डेयलाई कार्यालयले पठाएको जानकारी दिए ।