दिपक बोहरा, तुलसीपुर १९ माघ । तुलसीपुर बसपार्क क्षेत्रमा सार्बजनीक जग्गा अतिक्रमण गरि घर टहरा निर्माणगर्ने क्रम अझै कायमै छ । केही बर्ष अघि मात्रै अहिलेको वसपार्क क्षेत्र पुरै खालि थियो । बसपार्क स्थान्तरण हुनु तथा सडक सञ्जालको बिस्तार हुनुले अतिक्रमण बढेको हो । र त्यसमा धेरैले मौकामा चौका हाने ।
धेरै मसले काम गर्यो । विवेक हुनेहरुले समेत धमाधम सार्वजनिक जग्गामा घर टहरा निर्माण गरे । सार्बजनिक जग्गामा धमाधम घरटहरा निर्माण गरिदा समेत सरोकार वाला निकाय मौन बसे । रमिते बने । त्यो रोक्न नगरपालिकाले समेत कुनै चासो दिएन । नगर विकास समेत मौन बस्यो ।
त्यहि भएर अहिले समस्या उत्पन्न भएको छ । सार्वजनि जग्गा अतिक्रम गरेर दर्जनौं भौतिक संरचना र पक्कि घरहरु निर्माण भएका छन् । नगरपालिकाले बसपार्क तथा त्यस आसपासको सार्बजनिक जग्गा अतिक्रमण गरि घर टहरा निर्माण नगर्न बिगतका बर्षहरु देखि नै सूचना जारी नगरेको होइन तर त्यो त रोय जस्तो गर म हिर्काय जस्तो गर्छु भन्ने नेपाली उक्तिको चरितार्थ मात्रै सावित भयो ।
बाहुबल हुनेहरुले रातारात खोला वा सार्वजनिक जग्गा कब्जा गरे र त्यो बेचेर अहिलेका करोडपति कहलिएका उदाहरण प्रसस्तै छन् । र त्यो क्रम अmँभैपनि पूर्ण रुपमा नियन्त्रणमा आएको छैन । मनि र मसल्स हुनेहरुको सार्वजनिक जमिन माथिको अतिक्रमण अझै कायमै छ । त्यो नियमन वा नियणत्रणमा नगरपालिकाले कुनै पहल थालेको छैन् । र सार्बजनिक जग्गा अतिक्रमण रोकिएको छैन् । यो एउटा उदाहरण मात्र हो ।
तुलसीपुर नगरपालिका भित्र रहेको अधिकांस सार्बजनीक जग्गा अतिक्रमणको चपेटामा छन् । सार्बजनीक जग्गा अतिक्रमण हुँदा बिकास निर्माणको काममा प्रत्येक्ष असर पारिरहेको छ । टरिगाँउ एयरपोर्ट आसपासको जग्गामा पनि सयौ घरहरु निर्माण भएका छन् । सार्बजनिक जग्गामा घर टहरा निर्माण हुँदा हाल टरिगाउ एयरपोर्टको स्तरबृद्धिमा समस्या भएको छ । अञ्चल अस्पतालको जग्गा समेत अतिक्रमणको चपेटामा छ । त्यसले अस्पतालको बृद्धिविकास समेत वाधा पुगेको छ ।
दाङमा बन्न लागेको प्रादेशीक संरचना अनुसारको ईन्धन डिपो जग्गा नपाउदा काम अगाडि बढ्न सकेको छैन् । सार्वजनिक जग्गाको अतिक्रमणकै कारण त्यो पनि प्रभावित भएको छ । तुलसीपुरका ईन्धन डिपो प्रमुख बिपिन श्रेष्ठले सरकारी जग्गा उपलब्ध भएमा इन्धन डिपोको प्रक्रिया सहज हुने बताए ।
उनका अनुसार डिपो स्थापनाका लागि दश बिगाह जग्गा आबश्यक पर्छ । त्यति जग्गा टरिगााए एयरपोर्ट आसपासमै प्रयाप्त छ । तर सबै अतिक्रमणमा परेको छ । यति धेरै जग्गा निजी क्षेत्रबाट उपलब्ध हुने सम्भाबना कम रहेको छ ।
सार्वजनिक जग्गा अतिक्रमणको चपेटामा परेकोले प्राकृतिक विपतमा शणका लागि आबश्यक पर्ने खुल्ला ठाउ पनि बजारमा उपलब्ध छैन् । अरनीको मैदान आसपासको जग्गा पनि अतिक्रमणको चपेटामा रहेको जानकारहरु बताउछन् । जग्गा अतिक्रमण हुँदा मैदानको स्तरबृद्धिमा पनि समस्या भएको छ ।
त्यस्तै राप्ती अञ्चल अस्पताल तुलसीपुरको सात बिगाहा जग्गा अतिक्रमणमा परेको छ । उक्त जग्गा खालि गरिदिन दिर्नेशन सहितका दुईवटा सार्बजनिक सूचना पनि जारी भइसकेको छ । अस्पताल प्रशासनले दिएको जानकारी अनुसार अञ्चल अस्पतालको माथि उत्तर तिरको डेढ बिगाह र दक्षिण तर्फको दुई कठ्ठा जग्गा अतिक्रमण भएको छ । र अञ्चल अस्पताल मेसु विहिन हुँदा अतिक्रमित जग्गा अस्पतालका नाममा फिर्तागर्न असजिलो भएको छ ।
तर दुभाग्र्य तुलसीपुर नगरपालिका भित्र कति सार्बजनिक जग्गा छ भन्ने तथ्याङ छैन । यो भन्दा लापरवाहीको नमुना के अरु हुन सक्छ । जिम्मेवार निकायले नै आफ्नो जग्गा कति छ र कति हो भन्ने जानकारी नराख्नु ठूलो लापरवाही हो ।
तुलसीपुर नगरपालिका संग कति सार्बजनीक जग्गा छ, भन्ने एकिन नभएको कार्यकारी अधिकृत टोपेन्द्र केसीले स्वीकार गरे । ‘अहिले हामी संग कति सार्बजनिक जग्गा छ , त्यसको एकिन छैन्’ उनले थपे ‘ तर, हामी छिट्टै सार्बजनिक जग्गाको एकिन गर्ने तयारीमा छौं ।’ नगरपालिकाले भित्र सार्बजनिक जग्गा एकिन नहुँदा धमाधम अतिक्रमण भईरहेको मात्रै छैन बरु नगरपालिकालाई अतिक्रमण नियणत्रण गर्न समस्या भएको छ ।
कार्यकारी अधिकृत केसीले नगरपालिकाले निकालेको सुचनालाई अटेर गरि निर्माण गरेका घरटहरा हटाईने चेतावनी दिएका छन् । ‘कानुन बिपरित सार्बजनिक जग्गा अतिक्रमण गरि निर्मित घर टहरा प्रक्रिया पु¥याएर हटाउछौं ।’ उनले भने ‘सरकारकारी जग्गा अतिक्रमण गरि कसैले पनि घर टहरा बनाउन पाउदैन। ’
सरकारी जग्गाको अतिक्रमण रोक्नका लागि स्थानीय स्वायत्त शासन ऐनले स्थानिय निकायलाई अधिकार दिएको छ । तर नगरपालिकाले सार्बजनीक जग्गा एकिन नगर्दा अतिक्रमणको क्रम नियन्त्रणभन्दा बाहिर गएको स्थानीय बासीहरुको गुनासो छ ।
