लामो समय उपचार पश्चात फेरी राजनीतिमा सक्रिय हुनुभएको छ । अहिले कस्तो छ तपाईको स्वाथ्य अवस्था ?
स्वाथ्यमा खरावि आएपछि म उपचारका लागि थाईल्याण्ड गएको थिए । त्यहाँ स्वाथ्य उपचार पछि नेपाल फर्किय । अहिले औषधि सेवन गरिरहेको छु । स्वाथ्यमा राम्रो सुधार भएको छ ।
तपाई रोल्पा पुगेर त्यहाँको समग्र आर्थिक विकासको विषयमा बृहत छलफल कार्यक्रममा सहभागी हुनुभयो । त्यो कार्यक्रमको खास उद्देश्य के थियो ?
म पार्टी कामको सिलशिलामा रोल्पा गएको थिए । त्यहि क्रममा रोल्पा जिल्ला पार्टीले रोल्पाको पूर्वाधार विकास, आर्थिक समृद्धि र रोजगारीको अबसरमा बृहत अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो । त्यसले रोल्पा जिल्लाको विकासको खाका तयार गर्न सजिलो गराएको छ । त्यसैगरी सबै सरकारी कार्यालय, राजनीतिक पार्टी, नागरीक समाज र आम सरोकारवाला निकायहरुलाई एकै ठाउँ बसेर विकास निर्माण सम्बन्धी बहश सृजना गर्ने काम भएको छ । यसले सबैलाई नयाँ ढंगले सोच्ने वातावरण तयार गरेको छ ।
विकासका लागि भनेर बहश शुरु गर्नुभएको छ तर, तत्कालिन जनयुद्धको समयमा तपाईको पार्टीले शुरु गरेका त्यहाँका विकास निर्माणका कामहरुमा अहिले अपेक्षकृत गतिमा काम भइरहेको छैन नि ?
जनयुद्धकालिन पूर्वाधारहरु संरक्षण गर्ने र पर्यटकीय स्थल बनाउने र केही पूर्वाधारहरुलाई अहिलेको आवश्यकता अनुसार सञ्चालन गर्ने काम अहिलेको मुख्य जिम्मेवारी हो । जनयुद्धको क्रममा भएका कुराहरुलाई युद्ध पर्यटनको रुपमा विकाशित गर्न सकिन्छ । विशेषत ः रोल्पाको विकास भनेकै युद्ध पर्यटन, पर्या पर्यटन, धार्मिक पर्यटन र सांस्कृतिक पर्यटनको राम्रो सम्भबना छ । एकीकृत रुपमा लैजान सक्नुपर्छ । त्यस क्रममा केही ठाउँहरु संरिक्षत भएका छन् । केहीमा नयाँ योजना लिनुपर्छ । अर्को कुरा रोल्पाको पूर्वाधार विकास पनि विभिन्न प्रयास भइरहेका छन् । घोराहीलाई केन्द्र बनाएर रोल्पा हुँदै रुकुमसम्म र भविष्माय डोल्पा सम्म पनि पुग्ने गरी रणनीतिक महत्वको सडक छ । त्यो अहिले रोल्पाको थवाङ सम्म पुगेको छ । यो पहाडी लोकमार्गसँग पनि जोडिएको छ । त्यो ठाउँमा नियमित यातायात समेत चलिरहेको छ । घोराही–होलेरी खण्ड कालोपत्र हुने क्रममा छ । होलेरी–घर्ती गाउँ सडक दोहोरो लेन बन्ने क्रममा छ । थवाङ जोड् खण्डको बीचमा पनि दोहोरो लेनको काम भइरहेको छ । यसले रोल्पाको विकासमा महत्वपूर्ण सहयोग पुग्छ । लिवाङ देखि दार्वोट हुँदै दाङ जोड्ने सडक केही खण्डमा कालोपत्रेको काम भइरहेको छ भने केही खण्डमा ग्राभेलको काम भइरहेको छ । सुलिचौर–थवाङ सडक खण्ड सिर्केन भिरमा केही अप्ठेरो भएर कामको प्रगति सुस्त गतिमा भएको छ । त्यो भिर फोड्ने तयारी भइरहेको छ । रोल्पाको एक नगरपालिका र ४९ ओटा गाविस छन् । सबै गाविसमा सडक सञ्जाल जोडिसकेको छ । शान्तिप्रक्रिया शुरु भए पछि रोल्पाको पूर्वाधार निर्माणमा भएको यो ठूलो उपलब्धि हो । ग्रामीण विद्यूतिकरणको काम पनि भइरहेको छ । अहिले जनताको ध्यान ग्रामीण विद्यूतिकरण मार्फत गाउँगाउँमा विजुलि पु¥याउने जोड रहेको छ । शिक्षका पूर्वाधार पनि भइरहेको छ । प्लस्टु, प्राविधिक मावि र केही ठाउँमा विज्ञान संकायका प्लसटूहरु खुलिरहेका छन् । अहिले लिवाङमा इञ्जिनियरीङ विषयको पनि पढाई शुरु भएको छ । यी सबै हेर्दा भौतिक तथा शैक्षिक पूर्वाधार विकास भइरहेका छन् । तर, जनयुद्धमा जुन बलिदान भयो त्यस अनुरुप भएन भन्ने स्वभाविक प्रतिक्रिया हो ।
मुलुक औपचारी रुपमा संघीय संरचनामा गईसकेको छ । दाङ, रोल्पा लगायतका जिल्लाहरु पाँच नम्मर प्रदेशमा परेका छन् । यो प्रदेशको विकासका आधारहरु के देख्नुहुन्छ तपाई ?
पाँच नम्मर प्रदेशको विकासको प्रमुख आधार भनेको कृषि नै हो । नवलपरासि देखि बर्दिया सम्म प्रशस्त उर्वरभूमि रहेको छ । कृषिलाई आधुनिकिकरण र व्यवसायीकरण गर्ने हो भने हामी कृषिबाट राम्रो आर्थिक उन्नति गर्न सक्छौं । यसबाट लाखौं युवाहरुले रोजगारी पाउन सक्छन् । अर्को कुरा लुम्विनि देखि स्वर्गद्धारी र जलजला सम्म थुप्रै पर्यटकीय ठाउँहरु छन् । त्यहाँ पूर्वाधार विकास गर्दै राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा प्रवद्र्धन गर्न सक्नुपर्छ । यहाँ सानासाना जलविद्युतको सम्भावना छ । यहाँ ठूला जलविद्युतको सम्भावना छैन । दुई नम्मर प्रदेश पछि सबैभन्दा जनलविद्युतको काम सम्भावना भएको जिल्ला ५ नम्मर प्रदेश नै हो । हुन त कर्णाली नदिवाट साझेदारीमा ६ नम्मर प्रदेश र पाँच नम्मर प्रदेशले विद्युत उत्पादन गर्न सक्छन् । औद्योगिक उत्पादनको पनि राम्रो सम्भावना छ । कृषि, पर्यटन र औद्योगिकिरण नै यो प्रदेशको विकासको प्रमुख आधार हो ।
प्रदेशको राजधानी प्रदेशसभाल निर्धारण गर्ला तर, तपाईको बिचार पाँच नम्मर प्रदेशको राजधानी कहाँ हुनुपर्छ ?
संवैधानिक र कानुनी रुपमा राजनीतिक सहझदारी गरे अनुसार प्रदेश सभाले नै नमाकारण र राजधानी तोक्ने हो । तर, अहिले यो प्रदेशको बनावट हेर्दा दाङ प्रदेशको राजधानीका लागि उर्पयुक्त जिल्ला हो । पूर्वाधार निर्माणका काम पनि भइरुहेका छन् । तुलसीपुर विमानस्थलमा आयल निगमको डिपो नहुँदा नियमित उडान हुन सकेको छैन । सरकारले त्यहाँ डिपो राख्ने गरी तयारी थालेको छ । त्यसैगरी सात ओटै प्रदेशमा प्रदेशस्तरीय इन्धनडिपो स्थापना गर्ने लक्ष्य अनुरुप दाङमा नै पाँच नम्मर प्रदेशको इण्धन भण्डारणका लागि डिपो निर्माण गर्ने प्रस्ताव गरिएको छ । दाङमा अन्तरराष्ट्रिय विमानस्थलका लागि पनि सम्भावना छ । मेडिक कलेको काम शुरु भइसकेको छ । भौगोलिक रुपले सबैको केन्द्र भएकाले पनि दाङ उपयुक्त छ । दक्षिण एशियाको सबैभन्दा ठूलो उपत्यका हो । बैकल्पिक केन्द्रिय राजधानीको रुपमा पनि दाङलाई हेरिएको छ । यी सबै कारणले दाङमा पूर्वाधार विकास गर्दै राजधानीको रुपमा स्थापित गर्दै जान्छौं । त्यसका लागि यस क्षेत्रका राजनीतिक दल, उद्योगी व्यवसायी, नागरीक समाज र अन्य सरोकारवाला केन्द्रले पहल गर्न सक्नुपर्छ ।
प्रशंग बदलौं, अहिले माओवादी शक्तिहरुबीचको एकताको कुरा उठिरहेको छ । तपाई कत्तिको सम्भावना देख्नुहुन्छ माओवादी शक्तिहरुबीचको एकता ?
एमाओवादी तर्फबाट माओवादी विभाजित हुनु बस्तुगत र आत्मगत रुपमा ठिक छैन भनेर निष्कषं निकालिएको छ । जनताको तर्फबाट पनि यो चाहना राखिएको छ । जनयुद्धका योद्ध, घाइते, अपांगले एकताको पक्षमा वकालत गरेका छन् । अहिलेको क्रान्तिको आवश्यकताले पनि एकता खोज्द छ । विरोधि शक्तिहरु जसरी संगठित भइरहेका छन् त्यसकारणले गर्दा पनि माओवादी शक्तिहरुबीचको एकता आवश्यकता छ । एकताको पहल एमाओवादी गरिरहेको छ । त्यसमा मणि, मात्रिकाजीको समुह र जयपुरिजी जस्ता स्वतन्त्र रहनुभएका साथिहरुसँग एक ढंगले कुरा भइरहेको छ । विप्लवजीका समूहका कयौं केन्द्रिय नेताहरु एमाओवादीमा र्फकन तयार हुनुहुन्छ । प्रमुख कुरा वैद्यजीहरुसँग एकताको कुरा भइरहेको छ । उहाँहरुसँग राजनीतिक र बैचारीक कुरामा छलफल भइरहेको छ । विशेषमा ६ ओटा बुँदामा छलफल भएको छ । त्यसमा पाँच ओटा वुदामा एक मत नै छ । एउटा बुदाँ कार्यदिशाको छ । त्यसमा केही मिलाउन आवश्यक छ । कार्यदिशामा कुरा मिल्यो भने एकता प्रक्रिया अघि बढ्छ । छिटै उहाँहरुको केन्द्रिय समितिको बैठकले एकताको कुरा पास हुन्छ र पार्टी एकता हुन्छ ।
प्रधानमन्त्री भर्खरै चिन भ्रमणबाट फर्कनुभएको छ । प्रधानमन्त्रीको भ्रमणलाई तपाईको पार्टीले कस्तो विश्लेषण गरेको छ ?
प्रधानमन्त्रकौ चिन भ्रमण मुलभूतरुपमा सफल भएको छ । हाम्रो पार्टी पनि सरकारकारमा गएकाले प्रधानमन्त्रीको भ्रमणमा हाम्रो पनि स्वामित्व छ । भ्रमणमा जुन सम्झौता भएका छन् । यसले नेपालको दीर्घकालिन विकासमा निकै महत्वपूर्ण अर्थ राख्छ । पारवहान लगायतका सम्झौता, रेल मार्ग विकास, पोखरा विमानस्थल अन्तरराष्ट्रिय विमानस्तल लगायतका विभिन्न पूर्वाधार निर्माणमा भएको सम्झाताले नेपालले राम्रो फाइदा लिन सक्छ । यो भ्रमणले चीन र नेपालबीचको दीर्घकालिन व्यापारका लागि सहयोग पुग्छ ।
एमाओवादीमा महाधिवेशनको कुरा उठेको छ । कहिलेसम्म महाधिवेशन हुन्छ ?
आगामी चैत मसान्त सम्म महाधिवेशन गरिसक्ने हाम्रो योजना छ । हामीले त्यस अनुसार कार्यतालिका बनाएका छौं । वैशाख मसान्तसम्म पार्टी सदस्यता नविकरण गर्छौं, जेठ १ गते देखि ७ गतेसम्म वडा सम्मेलन, जेठ २० गतेसम्म गाउँ र नगरका सम्मेलन र असार मसान्छसम्म जिल्ला सम्मेलन गर्ने गरी तालिका बनाइएको छ । भदौ मसान्तसम्म प्रदेशका सम्मेलन हुन्छन् । यसरी प्रत्यक्ष कार्यकर्ताहरुको प्रतिस्पर्धाबाटै नेतृत्व चयन गर्ने हाम्रो मुल लक्ष्य रहेको छ । पार्टीलाई पुर्ननिर्माण गर्नुपर्ने छ । जसले जनवादि क्रान्ति पुरा ग¥यो अब समाजवादी क्रान्ति गर्न सक्ने खालका पार्टी बनाउनुपर्छ ।
पार्टी एकताले महाधिवेशनमा केही असर गर्छ ?
पार्टी एकताले महाधिवेशनकै कार्यतालिकामा असर त गर्दैन तत्कालै एकता भयो भने केही समान्य तालिका परिमार्जन हुन सक्छ ।
निर्वाचनबाटै नयाँ नेतृत्व चयन गर्ने भन्ने कुरा आएको छ । यो गर्दा पार्टी हिजोको जस्तो जनवादि केन्द्रियतामा रहेको पार्टी संसदिय जस्तो बन्दैनन र ?
हामीले २० औ शताव्दिका क्रान्ति असलफ हुनुका कारणहरु संश्लेष्ण गरेका छौं । एउटा क्रान्ति पछि जनता राजनीतिमा हस्तक्षप र निगरानि नहुँदा गतिशिल समाज बन्न नसकेर प्रतिक्रान्ति भएको छ । प्रतिक्रान्ति हुँदा जनताले थाहा पनि पाएनन् र रोक्ने प्रयत्तन्न पनि गरेनन् । मित्रशक्तिहरुबीच कम्युनिष्ट पार्टीहरुभित्र प्रतिस्पर्धा जरुरी छ । अब नेतृत्वले जनताको साथ लिएर मात्र काम गर्न सक्छ । यसले काम गर्ने नेताहरुको उचित मूल्यांकन हुन्छ । काम नगर्नेहरु कर्मचारीमा जस्तो बढुवा हुँदै जाने र काम गर्नेहरु पछि पर्ने परिपातिको अन्त्यका लागि पनि आन्तरीक प्रतिस्पर्धा जरुरी छ । यसमा लागि हामीले निश्चित मापदण्ड बनाउन सक्छौं । उम्मेदवारको हकमा तल्लो कमितिमा कति वर्ष काम गरेकोले माथिल्लो कमितिमा प्रतिस्पर्धा गर्न पाउँने भनेर नीति बनाउन सक्छौं । यो भित्र आउने पैसा र गुटउपगुटको सम्सया त्यति ठूलो होइन । मुख्य कुरा प्रतिस्पर्धाबाट नेतृत्व चयन नै हो ।