भुपेन्द्र वली
दाङ , २९ पौष
बाबा के सगर गैनु हुँ ऽऽऽ मुरिया लाहन
करबु ढवाक सलाम बाबक हो ।।
सेंडुरा ले मङनु बाबा हँ ऽऽऽ सेंडुरा निलेडेल्या ,
सेङरक कारण बाबा छोरी डेबु डेशवा टुहार ।।
पश्चिम नेपालमा बसोबास गर्दै आएका थारु समुदाय घर आँगनमा उनिहरुका दुःख पीडा मिसीएका यस्ता माघिको रौनकता संगै गुञ्जिन थालेका छन ।यि गितमा युवायुवती आफना परम्परागत ड्रेसमा ठाँटिएर नाच्न गरेको गाँउघर पूग्दा देख्न सकिन्छ । नेपालका आदिवासी थारु समुदायका गाउँ बस्तीमा अहिले बालबालिकादेखि वृद्धवृद्धालाई माघी पर्वको रौनकले छपक्कै छोपेको छ ।
माघ नजिकिदै गर्दा थारु समुदायले कुटानी, पिसानी गर्ने, लत्ताकपडा किन्ने गाउँघरको सरसफाइ गर्ने काम धमाधम गरिरहेको पाइन्छ ।
माघी पर्वका अवसरमा सो समुदायले छोराछोरीको बिहे, अंशबन्डा, खेतीपातीको वार्षिक योजना निर्माण गर्नुका साथै परिवारका सदस्यको कामको बाँडफाँडसमेत गर्दछन ।‘माघि हामो समुदायमा सौहादता बढाउने मात्र हैन ।यसले आगामी वर्षका लागी कार्ययोजना निर्माण गर्न पनि सघाउछ । थारु अगुवा केबि चौधरीले भने ‘ माघिले वर्षभरीको दुःख बिर्साउनुका साथै एकअर्काबिचको वैमन्षयता बिर्साएर आत्मियता बढाउन पनि मद्यत पुर्याउछ । ’
थारु समुदायले माघी पर्वका अवसरमा विशेषतः ढिकरी, तरुल, सखरखण्ड, फर्सी उसिनेर खाने थारु अगुवा बताउँछन । माघीको अघिल्लो रात सुँगुर काटी मासु खाने गरिन्छ, जसलाई थारु भाषामा ‘जिता मरना’ भनिन्छ । त्यसरात थारु समुदाय मासु, जाँड र ढिकरी खाई रातभर जाग्राम बसी ‘सखिया’ नृत्यमा रमाउने गर्दछन ।
माघीको दिन माघ १ गते बिहान अँध्यारो छँदै उठेर नदी, जलासयमा गई लोटामा सिक्का राखिएको पानीले नुहाउने र नुहाइसकेपछि लोटाको सिक्का लुटाउने प्रचलन रहेको थारु समुदायका अगुवा केबि चौधरीले बताए ।
माघीका अवसरमा तिलको आगो ताप्नाले वर्षभरि अञ्जानवश गरिएको पाप नाश हुने थारु समुदायको धार्मिक विश्वास पनि रहिआएको छ । माघीका अवसरमा दाङको बाहकुने दह , रिहार लगायतका स्थानमा मेला पनि लाग्ने गरेको छ ।
