लिलाधल ओली
घोराही । घोराहीमा सञ्चालित सातौ राष्ट्रिय पुस्तक प्रर्दशनी तथा शैक्षिक महोत्सवमा विभिन्न आकर्षणहरु रहेका छन । मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारहरुदेखि पुस्तक,माउतको कुवा,पिङ खेल्ने र डुङ्गा चढ्नेहरुको लाग्ने गरेको छ ।

त्यस्तै भिड हुन्छ पुस्तक पसलहरुमा । राष्ट्रियदेखि अन्तराष्ट्रिय स्तरहरुमा चर्चित पुस्तकहरुको विक्रिकोे लागि आयोजना गरिएको सातौँ राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सवमा बालसाहित्यका पुस्तकहरु किन्नेहरुको बालबालिकाहरुको समेत बाक्लो भिड ेदेख्न सकिन्छ । बालसाहित्यका पुस्तकहरु विक्रिका लागि काठमाण्डौवाट घोराही आउनुभएका बिबेक सिर्जनशिल प्रालिका सञ्चालनक बिजयराज आचार्य बताउनुहुन्छ । पुस्तकहरुको महोत्सवमा बाल साहित्य र सृजनाका पुस्तकहरुको विक्रि राम्रो भएको उहाँले बताउनुभयो ।

15666269_1928643757367045_976773524_n

बालसाहित्य सम्वन्धी कथा,चित्रकथा, सूचना प्रविधि,लोककथा,राष्ट्रिय तथा अन्तराष्ट्रिय विशिष्ट व्यक्तिहरुको जीवनी पुस्तकसँगै सामान्य ज्ञानका पुस्तकहरुको विक्रि दैनिक एक हजारदेखि १५ सयसम्म हुने गरेको आचार्यले बताउनुभयो । जसमा बिनय कसजूको ‘आई क्यान डू’,‘म्याँ म्याउँ बिरालो’चितुवासँग जम्काभेट’ ,बुद्ध र लुम्वीनि’,भुईचालोका कथा’,बिजयराज आचार्यको छट्टु चङ्खे’बुबाको माया’ र चिनियाँ रमाइला बालकथाहरु’को विक्रि अन्य पुस्तकरहरुको तुलनामा राम्रो भएको बाल साहित्यका पुस्तक समेत लेख्दै आउनुभएका आचार्यले बताउनुभयो ।

त्यससगै बालबालिकाहरुकै लागि लेखिएको मुटु रोग सम्वन्धी पुस्तक ‘ढुकढुकी’अग्रेजीमा ‘स्टोरी बुक’,नेपाली परिवेशनमा लेखिएको पूस्तक ‘शान्तिको आत्मकथा’,पाप पखाल्ने गंगा’,‘माटोको माया’,शुभकामना एकेडेमीका बालबालिकाहरुले लेखेका रचनाहरुको स्रगालो ‘टौदह’ ‘चराचरा थरीथरी,‘बुद्ध र लुम्बिनी’‘बन्दन’सँगै चराचुरङगी र जनावरहरुका बारेमा लेखिएको पुस्तकहरु विक्रि भैरहेका छन ।

book-exhibition‘शैक्षिक महोत्सवमा थुपै्र पुस्तकहरु रहेका छन,आचार्यले भन्नुभयो,त्यसमा बाल साहित्यका पुस्तकहरुको विक्रिको छुटटै महत्व छ ।’ बन्दको समयमा पुस्तकहरुको विक्रिमा कमि हुन्छ कि भन्ने डर थियो तर पुस्तकहरु किन्नेको भिडले डरलाई हटाएको उहाँले बताउनुभयो । ‘पुस्तक विक्रिको आधारमा, दाङमा पुस्तकप्रतिको आकर्षण टिनेजरका युवाहरु भन्दा स्कुले बालबालिकाहरुमा देखियो,आचार्य भन्नुहुन्छ,–‘हाम्रो स्टलमा बालसाहित्यसँगै अन्य पुस्तकहरु भएपनि बढि बालसाहित्य नै विक्रि गरेको छन ।’

त्यस्तै अनुभव छ,रत्न पुस्तक भण्डारका राजन तुलाधरको पनि । उपन्यास,कथा,धार्मिक पुस्तकहरुसँगै बालबालिका पुस्तकहरुको विक्रि राम्रो भैरहेको छ तुलाधरले भन्नुभयो–‘बालसाहित्यमा पनि पुराना लोककथाहरुदेखि नयाँ चित्रकथासँगै मनोरञ्जनका रमाइल पुस्तकहरु किन्ने बालबालिकाहरु आउने गरेका छन ।’ आफ्नो पुस्तक पसलवाट अनुवादित लोककथाहरुसँगै हिसाव सम्वन्धी माधव शर्माको पुस्तक ‘गणितवाट रमाइलो’,कृष्णप्रसाद पराजुलीको ’नेपाली गाउँखाने कथा’, भैरव अर्यालको हास्य व्यङ्ग्य पुस्तक ‘जय भुडि’सँगै ‘सुनचाँदीको बालक ,कालो विरालो लगायतका बालकथाहरु विक्रि भैरहेको उहाँले बताउनुभयो ।

त्यसँगै सामान्य ज्ञान,बर्णमाला,डिस्नेरी,नेपाली व्याकरण,चित्र पुस्तकहरुको विक्रि भैरहेको महोत्सव मुल आयोजक समितिका संयोजक घनश्याम बरालले बताउनुभयो । महोत्सवमा पुस्तकहरु किन्नेदेखि हेर्नेहरुको उपस्थीति उल्लेख्य छ, संयोजक बरालले भन्नुभयो,बन्दले टाढावाट आउन नपाएपनि बजार क्षेत्रमा राम्रो सहभागीगा रहेको छ । यहि पुस ६ गतेसम्म सञ्चालन हुने महोत्सवमा ८० स्टलहरु रहेका छन ।जसमा मध्य १० देखि १५ वटा स्टलहरु बालबासहित्यका सम्वन्धी पुस्तकहरु रहेको समितिले जनाएको छ ।