गोविन्द खड्का

लगातार बन्दको प्रभाव तरकारीमा देखिएको छ । सब्जी मण्डिमा टमाटरको खात लागेको छ । किसानका वारीमा कति थन्कीएको छ भन्ने अनुमान गर्न नसकिएको कृषि उपज वजार सञ्चालक समितिका अध्यक्ष गुलाम रसुले जानकारी दिनुभयो । उहाका अनुसार केहि अन्याएको छ त केहि गाडिमा लोड गरेको छ । कपिययका बाटोमै अलपत्र छ । घाटाको हिसाव निकाली साध्यै छैन ।

100_5174

साँझ अबेर सम्म गत्थामा टमाटर प्याक गरीरहेको दृश्य सब्जी मण्डि घोराहीमा दिनहु जसो देखिन्छ । सधै अन्त बाट गाडिमा ल्याएको खन्याउदा हेर्ने आँखाले पठाउन चाचिरहेको देख्दा रोमाञ्च महशुस गर्छन् । त्यसरी आएको खुशि बन्द घोषणाले पिडामा बदलीदिन्छ । मान्छेहरु भन्छन गरीखान नदिने भए ।

20161025_073143

यसरी गाडिका गाडि प्याक भएको टमाटर कहा जान्छ त ? कृषि उपज बजार सञ्चालक समितिका पुर्व अध्यक्ष विष्णु रिजालका अनुसार यति बेला दाङको टमाटर पोखरा, धनगढि, नारायणघाट, बिराटनगर, सुर्खेत, हेटौडा, महेन्द्र नगर, वुटवल काठमाण्डौ लगाएतका स्थानमा जानेगरेको छ । कहिल्यै जिल्ला बन्द त कहिल्यै प्रदेश बन्दले सधै अड्काउने गरेको छ ।

खानेपानीको प्रयाप्त सुविधा नभएको घोराही ६ को हात्ति खर्कमा पनि टमाटरको व्यवसायीक खेति थालिएको छ् । उनिहरुले गिठेपानी क्षेत्रमा २५ देखि ३० रुपैया किलो टमाटर बेचिरहेका छन् । उता अखबरे, सुपैला लगाएतका क्षेत्रमा गाग्रीमा पानी ओसारेर पनि टमाटर खेति गरेका छन् । रामपुर र मसिना भने यस क्षेत्रका प्रख्यात तरकारी खेति गरीने स्थानमा पर्दछन् ।

20161202_162603

अघिल्लो बर्ष घोराही ६ स्मालीटोल मसिनाका ऋषिराम पौडेल गौरब फलाउने पहिलो किसान थिए । गौरव ५५५ जातको टमाटर दाङमा सफल भएपछि ग्राहकको रुचिको बन्यो । बारीभरीका टमाटर एकै पटक गलक्क पाक्ने र फत्रेयोल गल्ने समस्याले चिन्तीत किसान खुशि भए । पाकेको दश पन्ध्र दिन सम्म पनि भण्डार गर्न सकिने भयो । उता व्यापारी पनि खुशि भए बचेको विक्री गर्न सकियो । आज नसकिए भोलि बुंगुरलाई दाना दिनुपर्छ भन्ने चिन्ता व्यापारीमा रहेन ।

ट्रायलको रुपमा गौरव ५५५ लगाउने मौका पौडेललाई सिद्धार्थ एग्री सेन्टर घोराहीले दिएको थियो । त्यसले ऋषिरामलाई मात्रै उभो लाएन । सिंगो दाङको उत्पादनमा पुर्ण परिवर्तन ल्यायो । व्यापार व्यवसाय, जागिर तिर आखा लाउने, जमिन जति खण्डिकरण गरेर घडेरीमा टुक्राउने क्रम समेत रोक्यो । तरकारी खेति गर्नेहरु बढे । अहिले जिल्लामा खपत भएर बचेको थुप्रै टमाटर बाहिर जान थालेको छ ।

20161209_194828हुन त सिरीस, एस, हिमसेना लगाएतका टमाटरका जात पनि किसानहरु द्धारा खोजी गरिन्छ सिद्धार्थका सञ्चालक एकनारायण पौडेलका अनुसार गौरव बराबर आउन कोहिले सकेका छैनन् । किसान, उपभोक्ता, व्यापारी तिनैथरी खुशि हुने टमाटरको जात गौरब बनेको छ । ‘एउटै बोट बाट दश बाह्र किलो फल्छ’ सिद्धार्थका सञ्चालक पौडेलले भन्नुभयो, ‘अरु जातको भन्दा बढि मुल्य लगाउदा पनि ग्राहक त्यहि रोज्छ ।’ उहाका अनुसार देखाईमा पनि आकर्षक छ । घरमा लगेको चाडै कुहिदैन । सानो परिवारले धेरै लगेपनि गल्ती गरेको महशुस हुदैन ।

अहिलेको मौसमले पनि टमाटरलाई साथ दिएको छ । चिसो नबढेकाले पालामा प्रयोग हुने फंगीसाईड कम खपत भएको एग्रोभेट सञ्चालकले बताएका छन् । सञ्चालक पौडेलका अनुसार अघिल्ला बर्षहरु भन्दा पचास प्रतिशतले विषादी विक्री घटेको छ । त्यसले पनि किसानलाई उत्साहित बनाएको छ ।

उत्पादन पनि दिने, बजारीकरण पनि सजिलो बनाउने भएकोले गौरब किसानको प्रिय छ । बर्षातको पानीले धेरै धान्ने यो सिजनको खेतिमा टमाटर उपयुक्त मानिएको छ । सबैतिर लगाएका छन् । सबै भन्दा धेरै पैठारी हुने तरकारी टमाटर भएको छ । ‘अघिल्लो बर्ष भन्दा धेरै गुणा बढ्यो’ सञ्चालक पौडेलले भन्नुभयो, ‘रझेना काट्यो नै टमाटरै टमाटर छ । रामपुर बजारको आस पासका केहि गाउ“ पुरै टमाटर छ ।’ यसरी फलाएर पैठारिको मौका गौरव ५५५ ले दिएको हो । घर घरै लटरम्म झोत्तिएका टमाटर भेटाउन सकिन्छ ।