15230630_294636984263890_8267335775199308821_nबसन्त परियार, तुलसीपुर २३ मंसिर ।  जीवन एउटा जीउने कला हो । कला एउटा बाच्ने आधार हो । मानिस जन्मजात सफल भएर आएको हुदैन्, असफलताले नै सफलता सम्म पूयाउने गर्दछ । जीवनमा सुख दुख भन्ने चिज की क पढेर थाहा हुन्छ कि परेर थाहा हुन्छ । आजका युवा जागीर पाइन भनेर सरकारलाई दोस दिन्छन् ।

पढे लेखेर जागिर खानुपर्छ भन्ने मानसिकतामा अझै कमि भएको छैन् । जागीरका लागी मानिस कहाँदेखि कहाँ पुग्छन् । कहाँसम्म भैतारिएका उदाहरण प्रशस्त्र मात्रामा हुन्छन् । अझ महिलाहरुले समाजमा चुलो चौको भन्दा अरु केही गर्न सक्दैनन्, उनीहरु चुलो चौकोमै सिमित हुने पुर्खेर्यौली चलन हामी माझ ज्यूका त्यू छ ।

त्यही चलनलाई तोड्दै, अबशर पाउने हो भने महिलाहरुले पनि केही गर्न सक्छन् भन्ने एउटा सन्देश मुलक उदाहरणीय पात्र बनेकी छिन् । अर्को तर्फ दुःख पछि एक पटक अबश्य सुख आउँछ, भन्छिन् तुलसीपुर १८ कौवापुर निबासी कमला खड्का भण्डारी ।  उनी यतिबेला कुखुरापालनमा रमाएका छीन् । उनले अण्डा दिने लेस जातको कुखुरा पालेर आफ्नो परिवारको स्वरुप बदलको बताउछिन् ।

रोल्पावाट २०६५ सालमा दाङ झरेको उनको परिवारमा त्यतिबेला आर्थिक अबस्था निकै कम्जोर थियो । उनको परिवारको एउटा सानो घर बाहेर अरु केही थिएन् । तर कमलाको मनले सोच्यो मान्छे गरिब भएर जन्मनु दोष होईन्, दोष त त्यो हो जुन गरिब भएर मर्छ । उनी उनले ऋण काढेर भएपनि ब्यबसाय गर्नुपर्छ भन्ने मानशिकता बनाईन् ।  त्यही मानसिकता बोकेर अगाडि बढेकी कमलाले कुखुरा पालन गर्ने निधो बनाईन् ।

लेस जातका बच्चा फर्मबाट उनको ब्यबसाय शुरु भयो । बच्चा ठुलो भएर चल्ला बने , चल्लाले अण्डा दिन थालेपछि  उनले विक्रि गर्न सुरु गरिन् । शुरुमा उनलाई बिभिन्न बाधाब्यबधान पनि आए । अण्डा पनि बिक्रि नुहँने समस्याले उनलाई सतायो । त्यसका बावजुत उनले आफै रिक्सामा अण्डा हालेर गाउँ गाउमा पुगेर बेच्न थालिन् । अण्डा बिक्रि गर्नलाई कैयौ पटक खालि खुट्टा हिडेर तुलसीपुर सम्म आएको उनी स्मरण गर्छिन् ।

यसरी पहिलो लटमा उनले सबै खर्च कटाएर झण्डै ५ लाख रुपैया जति आम्दानी गर्न सफल भईन् । त्यस्तै गर्दै जाँदा उनले यही पेशाबाट अहिले दैनिक दुई हजार भन्दा बढि आम्दानी गर्दै आएकी छिन् ।  बिगतका दिन स्मरण गर्दै उनी भन्छिन्‘ कति रात नखाएरै बिते, लुगाको नाममा एक सरो मात्रै थियो त्यो भन्दा अरु केही थिएन् ।’  तर अहिले ब्यबसायबाट आम्दानी हुन थालेपछि दैनिक घर चलाउन सहज भएको छ , त्यसमा पनि अहिले तीन छोराले बोर्डिङ्ग स्कुल पढ्छन ।

अहिले उनको फर्ममा करिब ७ सय भन्दा बढि लेस कुखुरा छन ।  ती कुखुराले दिने अण्डाबाट दुई हजार देखी तीन हजार सम्म दैनिक आम्दानी हुने उनी बताउँछिन् । पहिले आफै रिक्सामा बिक्रि गर्न जानु पथ्र्यो तर अहिले ग्रहाक घरमै आउँने गरेको उनी बताउँछिन् ।   ३२ बर्षीय खड्काका श्रीमान् लिलाधर भण्डारीले श्रीमतिको ब्याबसायीक कुखुरापालनबाट राम्रो आम्दानी भएको भन्दै खुसि ब्यक्त गरे ।

उनले श्रीमतीलाई ब्यबसायमा सघाउने गरेको बताउँछन् । महिलाहरु यसरी ब्यबसायीक बन्द आफुलाई घर खर्च चलाउन पनि सहज हुने तथा घरमा कलह पनि नहुँने उनले बताए । उनी अनुभवका आधारमा भन्छन्‘ सबै महिलाहरु यसरी नै ब्यबसायी बन्ने हो भने घरमा श्रीमान,श्रीमती बिचको झग्डा पनि कम हुन्छ र महिलाहरु पनि पिडित हुदैनन् ।’

श्रीमतीले ब्यबसायबाट आम्दानी गरिरहदा उनका श्रीमान पनि शिक्षक पेशामा आबद्ध छन् । उनी एक निजि बिद्यालयमा अध्यापन गराउँदै आएका छन् ।  उनी श्रमतीलाई शनिवार दिन  काममा सघाउँछन्, अन्य दिन भने अधिकांस काम कमलाले आफै गर्छिन् । परिश्रम गरेपछि अबश्य सफल भईन्छ भन्ने उदाहरणका पात्र मात्र हुन, कमला उनी जस्तै परिश्रम गर्ने जो कोही पात्र पनि अहिले सफल भएका छन् त्यसैले हामी पनि आर्थिक सम्बृद्धिका लागि परिश्रमको पाटो अंगालौ । परिश्रमले नै हामीलाई सफल बनाउँछ ।