उदय बिसी
दाङ, ८ जेठ । घोराही–२ की चुमा आचार्यको श्रीमान थानेश्वर आचार्य वेपत्ता भएको करीव १४ वर्ष भइसक्यो । अहिलेसम्म कसले किन वेपत्ता पा¥यो चुमा अनविज्ञ हुनुहुन्छ । मुगुमा शिक्षण पेशामा संलग्न थानेश्वर घोराहीबाट मुगु जादै गर्दा २०५९ साउन अन्तिम सातामा वेपत्ता भएका हुन् । ‘मुगु जान्छु भनेर घरबाट निस्कनुभएको हो अहिलेसम्म कहाँ जानुभएको छ थाहा छैन’–चुमाले भन्नुभयो–‘कसले कहा लियो थाहा छैन अझै आउनुहुन्छ कि भन्ने आशा लागिरहन्छ ।’

सत्य निरुपन तथा वेपत्ता आयोगले अहिले उजुरी दर्ता खोलेको छ तर कसले वेपत्ता पारेको हो भन्ने थाहा नपाउदा अहिलेसम्म उजुरी दर्ता नगरेको उहाँले बताउनुभयो । ‘फाराममा कसले कुन पक्षले वेपत्ता भएको हो भनेर उल्लेख गर्नुपर्छ मैले को पक्ष भन्ने ?’–वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले शुक्रवार घोराहीमा आयोजना गरेको पीडित तथा सरोकारवालाहरुसँगको अन्तत्र्रिmयामा उहाँले भन्नुभयो ।
चुमा मात्रै होइन सिसहनियाँका पदमकनारायण चौधरीका घोराहीमा अध्ययन गर्न आएका छोरा वेपत्ता भएको पन्ध्र वर्ष भइसक्यो तर अझै पनि चौधरीलाई छोरो कतैबाट आउछ कि भन्ने आशा लागेर आउँछ । ‘घोराही भरतपुरमा आएको छोरो अहिलेसम्म घर फर्केको छैन’–चौधरीले भन्नुभयो–अझै छोरोको झझल्को आउछ, कतैबाट आउने पो हो कि भन्ने आश लाग्छ ।’ उहाँका छोरा निरज चौधरी घोराहीको भरतपुर स्कुलमा अध्ययन गर्न आएको वेला २०५८ साल साउन १३ गते वेपत्ता पारिएका हुन् ।

चुमा र पदम मात्रै होइन धेरै वेपत्ता परिवारका आफन्तहरुले यस्ता गुनासा कार्यक्रममा राखेका थिए । कसैले वेपत्ता कुन पक्षले गरेको हो थाहा नपाउदा उजुरी दर्ता गर्न समस्या भएको गुनासो गरेका थिए । उनीहरुले हराएका आफन्त कहिले आउछन् भनेर समेत सम्बन्धीत निकायका प्रनिनिधहरुसँग प्रति पश्यन गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि परिवारका व्यक्तिको छानविन आयोगका वरिष्ठ सदस्य विजुल विक दुलालले ढिलै भए पनि आयोगले उजुरी दर्ता खोलेको र संक्रमण कालिन न्यायको सिद्धान्तअनुसार सशस्त्र द्धन्द्धका पीडितहरुलाई न्याय दिनेका लागि काम अघि वढाएको बनाउनुभयो । हालसम्म आयोगमा ७५ प्रतिशत उजुरीहरु दर्ता भइसकेको जानकारी दिदै उहाँले उजुरी दर्ता सकिएपछि प्रारम्भीक अनुसन्धानको कार्य थालनी गर्ने बताउनुभयो । सशस्त्र द्धन्द्ध पीडितहरुमा पनि सबैभन्दा वढी वेपत्ता परिवारका आफन्तहरु पीडित भएको उल्लेख गर्दै सरकारले छिटोभन्दा छिटो वेपत्ता सम्वन्धी कानुन बनाएर काम शुरु गर्नुपर्ने बताउनुभयो । ‘अहिलेसम्म हामीसँग वेपत्ता सम्बन्धी कानुन छैन’–उहाँले भन्नुभयो–‘मस्यौदा शान्तिमन्त्रालयमार्फत सरकारलाई वुझाएका छौं, म यहीबाट भन्न चाहान्छु मस्यौदालाई छिटोभन्दा छिटो पारित गरेर सरकारले कानुन बनाओस् ।’ शान्तिमन्त्रालयको तथ्याङमा हेर्ने हो भने दाङमा अहिलेसम्म एक सय १३ जना वेपत्ता रहेको र अइसीआरसीको तथ्याङमा ८७ जना वेपत्ता रहेको तथ्याङ रहेको छ ।
