घोराही ११ मंसिर । ‘ घर होस् वा मन्दिर , गाँउ होस् वा शहर सडक होस् वा सवार ’ जहाँ पनि महिलाहरु माथि गरिने ब्यबहारमा अझै पनि परिबर्तन आउँन सकेको छैन् । अझै पनि धेरै महिलाहरु अन्याय सहन बाध्य छन् । छोरी भएकै कारण आफ्नै दाजुभाई तथा बुवाबाटै अधिकार छिन्ने काम भएको छ । अर्कोतर्फ महिलाहरु वेचविखन ,जवरजस्तीकरण ,घरेलुहिंसा जस्ता गम्भीर प्रकृतिका घटना समेत सहन वाध्य छन ।
तर उनी सामाजिक संरचना , डरक्रास , वा अन्य कुनै कारणकाले खुलेर न्यायको ढोका ढ्कढक्याउने आट गर्दैनन । जसका कारण पिडित महिलाहर अझै पिडित वन्दै गईरहेका छन भने पिडकहरुले उन्मुक्ति पाईरहेका छन । ’ यी भनाई हुन महिला मानव अधिकार क्षेत्रमा क्रियाशिल गैरसरकारी संस्था ओरेक नेपालकी कार्यक्रम संयोजक तुलसा गिरीका ।
गिरीले अझै पनि महिलाहरु घरेलु ,यौनजन्य,मानसिक एंव अन्य थुप्रै प्रकारका हिंसाको शिकार भईरहेका बताईन् । कानुन अनुसार लैगिक हिसां गर्न पाईदैन् । तर अझै पनि कार्यान्वयन हुन सकेको छैन् । जसका कारण महिलाहरु आफ्नै परिवारवाट हिंसामा पर्ने गरेको छन । उनले भनिन‘ महिलाहरु माथि हुने हिंसाको रुप उस्तै हो । तर स्वरुप भने फरक छ । ’ एउटी महिला श्रीमानको दुरुव्यावहार वा यौनहिंसामा पर्दछ । तर हिंसा पिडित महिला खुलेर श्रीमानको विरुद्धमा उजुरी दिन सक्दैन । यस्तै समस्याका कारण महिलाहरु अझै अन्याय खेपेर वस्नुपर्ने वाध्यता छ । गिरीका अनुसार करिव साढे एक सय वढि उजुरी महिला हिसा विरुद्ध दर्ता छन । अधिकाश यौनजन्य हिसाका उजुरी छन । लाज, संकोचकै कारण हिंसा पिडित महिलाहरु पछाडि परेको गिरीको भनाई छ । हिसा पिडित महिलाहरुलाई समाजले हेर्ने र गर्ने व्यावहारकै कारण उनीहरु निर्धक खुलेर न्याय माग्न नसकेको गिरीको भनाई छ ।
गरीले हिंसा पिडित महिलाहरु सामाजिक अपहेलनाका कारण अझै मानसिक रुपमा असुरक्षित रहेको वताईन् । उनले भनिन् ‘ समाजले हिंसा पिडित महिलाहरुलाई सम्मानजनक रुपमा स्विकार गर्न नसक्दा समस्या देखिएको छ । ’ उनले समाजमा संरचनाका कारण समेत महिलाहरु खुलेर वोल्न अझै हिचकिचाहट मान्ने गरेका वताईन् ।
महिलाहरु अझै समानुपातिक रुपमा समान अधिकार समेत पाउन नसकेको उनको भनाई छ । स्थानिय राजनितिक नेतृत्वमा छिर्न पनि महिलाहरुले थुप्रै चुनौतिहरु पर गर्नुपर्ने उनले बताईन् । उनले भनिन ‘ महिला भएकै कारण अधिकारवाट विमुख गराईएको हुन्च , महिलाहरु प्रोत्साहन गरिदैन । ’ उनले समाज परिबर्तनका लागि महिला पुरुषबिच समान अधिकार जरुरी रहेको बताईन् । तव मात्रै सभ्य र हिसा रहित समाज निर्माण हुन सक्ने उनले वताएकी थिईन् ।
‘घरशान्ती नै विश्व शान्तीको आधार दिगो विकासका लागि हिंसा रहित समाज ’ भन्ने मुलनाराका साथ शुक्रवार देखी शुरु भएको महिला हिंसा विरुद्धको सोह्र दिने अभियान उद्घाटन समारोहमा महिला अधिकारकर्मिहरुले महिलाहरु अझै अन्याय र हिंसाबाट मुक्त हुन नसकेको बताएका छन् । लैगिक हिंसा अन्त्य तथा लैगिंक शशक्तिकरण जिल्ला संयोजन समितिका संयोजक प्रमुख जिल्ला अधिकारी दिपक काफ्लेको अध्यक्षतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी काफ्लेले अझै छोरीप्रति हेरिने दृष्ट्रिकोणमा परिवर्तन हुन नसकेको बताए । ‘ भ्रुण हत्या देखी दाईजो सम्मको कारुणीक वेदना सम्म छोरीहरुले भोग्नु पर्छ ’ उनले भने‘ यस्ता घटना विरुद्ध सवैले आवाज उठाउन जरुरी छ ।’ शिक्षा र चेतनाका कारण नै सामाजमा लैगिक विभेदका घटनाहरु देखा पर्ने गर्दछन । चेतनाको स्तरलाई मजवुत वनाई लगेका समाजमा लैगिक विभेद घटनाहरुमा घट्दै जान सक्ने विश्वास व्यक्त गरे । उनले भने ‘ म महिला सवालमा संवेदनशिल छु । ’ तपाईहरु पनि संवेदनशिल हुनुहोस । कसैले महिला भएकै कारण दुरुव्यावहार गर्छ, भने त्यो कानुन विपरित हो ।’
उनले कतिपय वालिकाहरु जोखिम पुर्ण जिवन विताई रहेका छन,भने कतिपय वलात्कारको शिकार भईसकेका छन , तर पिडितले खुलेर न्याय माग्न सक्दैन । हिंसामा परेका हिसा पिडितहरुलाई न्याय दिलाउने काम राज्यको मात्रै नभई प्रत्येक व्यक्ति र समुदायको समेत उत्तिकै भुमिका भएको उनले बताए । कार्यक्रममा युनएफपिएका राम थापा , खाद्य संन्जालकी हुमा डिसी , एकता वहुउद्देश्य सहकारी संस्थाका यशोदा पाण्डे ,वादी समुदाय उत्थान विकास समितिका मिना नेपाली वादी र सिसा नेपालकी साजिता सिद्दिकीले मन्तव्य व्यक्त गरेका थिए । महिला तथा वालवालिका कार्यालयका श्रीधर केसीको स्वागत मन्तव्य वाट शुरु भएको कार्यक्रमको मोती विश्वकर्माले गरेकी थिईन । अभियान जिल्लाका विभिन्न स्थानहरु महिला हिंसा विरुद्धका सचेतना कार्यक्रम गरी मनाउन लागिएको छ । अभियान मंसिर २५ गते सम्म संञ्चालन हुने छ ।
