15086787_745114402309428_114062343_n

यो आगो कसरी भो पानीकसरी भो

हिजोको बालक जवानी कसरी भो

सोच्छु पत्थरलेबनेका मान्छेहरुको
चिता कसरी भो खरानी कसरी भो

म रगत र पसीनाले पैसा साटदैछु
कुर्सिमा बस्नेको आम्दानी कसरी भो

पर्दा पछाडी र अगाडीबाट देसलुटने
इ अपराधी मर्दा मलामी कसरी भो

अब गजललेखेर धराहरा बनाउछु
कसैले नभनोस लगानी कसरी भो

हाल मलेसिया