काठमाडौ, २६ कार्तिक । मंगलवार रातिदेखि भारतले भारु पाँच सय र एक हजार दरका नोटमा पैतिबन्ध लगायो । तर अहिलेसम्म प्रतिबन्धित ५ सय र हजारका नोट सटहीबारे आधिकारिक निर्णय सार्वजनिक हुन सकेको छैन । यस्तो अन्यौलताले सीमा क्षेत्रमा रहेका व्यापारीहरु चिन्तित भएका छन् । नोट प्रतिबन्धित भएको तेस्रो दिनसम्म यहा भएका नोट सटही हुने वा काम नलाग्ने के हुने भन्ने अन्योल छ ।
राजधानीमा मात्रै १ अर्ब रुपैयाँभन्दा बढी प्रतिबन्धित नोट रहेको अनुमान छ । ‘मसँगै २५ लाखको प्रतिबन्धित नोट छु, न्युरोडका एक व्यवसायीले भने, ‘नोट साटिएन भने मेरो आर्थिक अवस्था डामाडोल हुन्छ ।ु व्यापारीले भारतीयस“ग गर्ने कारोबारको भुक्तानीका लागि भारु नोट राख्छन् । भारत जाँदा सहजै नपाइएला भन्दै भारु राख्ने चलन काठमाडौंमा छ ।
उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाका अनुसार व्यवसायीसँग ८र१० लाख भारु हुनु सामान्य हो । ‘दैनिक काम चलाउन पनि भारु राख्नुपर्ने बाध्यता छु, उनले भने । भारतका सबै ठाउँमा एटीएम चल्दैन । आफूलाई चाहिएको बेला सजिलै भारु सटही गर्न पाइन्न ।
त्यसैले भारु टन्न हुँदा ढुक्क र नहुँदा तनाव हुने गरेको उनले बताए । भारतले नेपाली नागरिकलाई २५ हजार भारुसम्म बोक्न छूट दिएको छ । यसैले भारतले आफूले छूट दिएबराबरको रकममात्र सटही गर्छ कि नेपालमा भएजति सबै गर्छ भन्ने अन्योल छ ।
‘आफूले बोक्न छूट दिएबराबरको नोट मात्रै साट्ने व्यवस्था मिलाउँछ वा अन्य निर्णय गर्छ भन्ने अन्योल छु, अर्थसचिव शान्तराज सुवेदीले भने । भारतको गाइडलाइनका आधारमा नोट साटिनेमा राष्ट्र बैंक विश्वस्त भए पनि निर्णय नदिएसम्म केही भन्न सक्ने अवस्थामा ऊ पनि छैन । ‘भरसक नेपालमा भएजति सबै प्रतिबन्धित नोट साट्ने व्यवस्था मिलाउने, नभए उनीहरूले नेपालीलाई बोक्न छूट दिएको सटही गराउने प्रयासमा हामी हुनेछौुं, बैंक स्रोतले भन्यो ।