काठमाडौं, २६ कार्तिक । विश्व कप २०१८ को छनौट अन्तर्गत हिजो राति भएको खेलमा चिली कोलम्बियासँग गोलरहित बराबरीमा रोकिएको छ । घरेलु मैदानमा भएको खेलमा कोलम्बियाले चिलीलाई बराबरी रोकेको हो । कोलम्बियाले पहिलो हाफमा गोल गर्ने दुई सुन्दर प्रयास गरेको थियो ।
तर चिलीका गोलरक्षक क्लाउडियो ब्राभोले सुन्दर बचाउ गरे । राष्ट्रिय टिममा फर्किएका कोलम्बियाका राडामेल फालकाओले गोल गर्न भने सकेनन् । फालकाओ दोस्रो हाफमा मैदान छिरेका थिए । तर उनले गोल गर्न सकेन् र कोलम्बियाको सर्वाधिक गोलकर्ता बन्ने मौका गुमाए । फालकाओले अहिलेसम्म राष्ट्रिय टिमबाट २५ गोल गरेका छन् । उनले अर्नोल्डो इगुएरानको कीर्तिमानसँग बराबरी गरेपछि उनलाई पछि पार्न भने सकेका छैनन् ।
यो खेलमा जेम्स रोड्रिग्वेजले गोल गर्ने सुन्दर प्रयास गरेका थिए । तर सफल भने हुन सकेनन् । चोटग्रस्त एलेक्स सान्चेज बिना मैदान उत्रिएको चिलीले पनि गोल गर्ने केही राम्रा अवसर बनाएको थियो । बराबरीपछि कोलम्बिया ११ खेलबाट १८ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ । ११ खेलबाट १७ अंक रहेको चिली पाँचौं स्थानमा छ ।
दुईवटा सुन्दर बचाउ गरेर चिलीलाई जोगाएका गोलरक्ष क्लाउडियो ब्राभो चोटग्रस्त भएका छन् । कोलम्बियाका सान्टियागो अरिएसले ५२ औं मिने प्रहार गरेको बल रोक्ने क्रममा ब्राभोको दायाँ खुट्टामा चोट लागेको हो । त्यसको १२ मिनेटपछि ब्राभो मैदान बाहिर गएका थिए । उनको ठाउँमा जोन्नी हरेरा मैदान गएका थिए ।