गोविन्द खड्का
घोराही, २१ कार्तिक । अग्ला केराको थाम नजिक उभिएर घोराही ७ भ्युडरका ६३ बर्षे नर बहादुर घर्तिले आफ्नो तस्विर खिचाए । चाउरीएको अनुहार र सेतो बढ्दै गरेको कपाल देखाउने रहरले होईन आफ्ना केरा सप्रिएको आनन्दले ।
घर सम्म पुग्नेगरी पक्ष्चिमतिर ठुलो केरा बारी छ । करीव दुई बिगाह क्षेत्र ओगटेको घर्तिले जानकारी दिनुभयो । दृई विघाह बढि जमिनका मालिक घर्तिलाई जागर चले जे जे रोपेपनि अपुग छैन । ‘तरकारी रोप्दा बल बढि चाहिन्छ बाबु’ मुन्टो पछाडि पारी माथितिर केराका घरी नियाल्दै घर्तिले थप्नुभयो ‘उति गोडमेल चाहिन्न । उगेरा लाउनुपनि परीन’ उहाका अनुसार कम मेहनतले केरा फलेको हो ।
थरी थरीका कोसा मात्रै होईन बोटपनि किसिम किसीमका छन् । कोहि होचा छन् त भुईसम्म केराका घरी नुहेका देखिन्छन् । हात्तीको सुड जस्तै । कति टोपि खसुञ्जेल हेुर्नुपर्ने गरी अग्लिएका छन् । कोशा पनि रहर लाग्दा ठुल्ठुला छन् । खेलाईरहु जस्ता मसिना कोसावाल पनि छन् । कोहि व्याउन लागेका, कोहि फुल्दै गरेका, कतिका घुटुरा सुक्न लागेका त झन् प्रशस्तै देखिन्छन् । ‘लोकल विकासी सबै मिसिएका छन्’ केरा रोप्दाको कथा उप्काउदै घर्तिले भन्नुभयो, ‘ढोडेनी गिठेपानी हुदै बस्ति बस्ति चहारेर पु¥याएको हु“ ।’ घरघरै चहार्दाको फाईदा पैसा परिन । जसको घरमा केराको घार छ त्यहि हजुर मलाई एउटा बोट दिनुप¥यो भने पुग्यो ।
दुई बर्षको अबधिमा केराले धेरै लाभ दिई सकेको छ । तिहारको लागि दुईचार घरि तयारी अबस्थामा छन् । घर्तिका अनुसार केहि घर बाटै बिक्छ । सकिएन भने बाह्रकुने पसल बाट बेचिन्छ । पाकेको केरा खेर जादैन । पकाउने आफ्नै पुरानो तरीका छ । धुल्सु र असुराको पातहालेर पकाईन्छ कुनै औषधिको प्रयोग हुन्न । केरालाई सबै भन्दा धेरै पानी चाहिन्छ । हिउदमा समेत प्रशस्त हुने कुलो छ । समय समयमा गोडमेल गरेर भित्रका सुकेका बोक्रा र बोटहरु हटाईन्छ । साना चल्ला निकालेका भए मल हाल्नुपर्छ । त्यस बाहेक अरु मेहनत केरालाई चाहिन्न ।
ख्वाक ख्वाक गर्ने, ¥याल काढ्ने, सिंगान र खकारले अरुलाई तर्साउने उमेर साठि नाघ्दा धेरैका शुरु भईसक्छ । बरु विहानै चुस्किलाउने लत बसेको छ । नजिकैको होटलमा पुगेर स्वाै चिसो चिया तान्छन् र काममा फर्किन्छन् । त्यहि मेहनतले केरा बारी उर्लीएको छ र फल झुम्मिएको हुन्छ । घर सम्मै पुग्नेगरी केराका घारी छन् । टाढा बाट हेर्नेलाई घर भेटाउन मुश्कील पर्छ । घोरीएर हेरेपछि मात्रै देखिन्छ घर । घरको वातावरण प्राकृतिक सुन्दरताले भरीपुर्ण भन्नुपर्छ ।
कृषि पेशमा जीवन व्यतित गरेका घर्तिको अनुभव र ज्ञान दुबै संगालेका छन् । उनका अनुसार तालिम र गोष्ठिमा गएर पढेका छन् । घरमा आएर बारीमा पसि व्यवहारमा प्रयोग गरेका हुन्छन् । ‘तालिममा गएका प्रमाणपत्र कति छन् कति बाबु ?’ कमाएको अनुभव सुनाउदै घर्तिले थप्नुभयो ‘सुर्खेत पोखरा का का पुगे का का ?’ उहाले समुहमा लागेको, सेर्खेतमा तालिम गर्दा फस्ट भएको लगाएतका सुखद अनुभव सुनाउनुभयो । अहिले त्यसलाई पुष्टि गर्ने घर नजिक तरकारी बारी भने भेटिन्न । थरीथरीका केराका थाम, उखुका घार लगात फुलफुलका बोटले केहि गरेकै हुन् भन्ने बताउछन् । काम गरीरहेका भेटिन्छन् ।
उनले आफुलाई त्यस क्षेत्रकै पहिलो किसान भनेर दावि गरे । उमेर बढ्दै र तागत घट्दै गएपछि तरकारी छोडेर कम मेहनत लाग्ने खेतिमा बदलिएका छन् । तर मेहनत र ध्यानमा कमि आएको छैन । केरा रोपिएको ठाउका विच विचमा खाली राखिएकोछ । पाच बर्ष सम्म अहिलेकै बोटले फल दिन्छ । त्यसपछि खिन्टिदै जान्छ । जतिबेला उखेलेर फाल्ने हुन्छ त्यस अघि नै अर्को विरुवा अहिले खालि छोडिएको क्षेत्रमा तयार भई सक्छ । पुराना बोटभएको क्षेत्र खाली रहन्छ । यसरी जमिन बाझो नहुने, गोजि रित्तोनरहने र व्यरोजगार बस्नु नपर्ने विधि अपनाईएको छ ।
एउटा कोसालाई पाच देखि आठ रुपैया सम्म पर्छ । एउटा बोट केराले न्युनतम पाच सय रुपैया देखि माथि आमदानि दिन्छ । मासिक दुईतिन हजार रुपैया कतै जान्न । त्यसका लागि लगानी खास्सै छैन । बुढ्यौलि संगै उब्जीएको विचारले आर्थिक उन्नतीको बाटो समातेको हो । अल्छी बढ्दै गएको अबस्थाले पनि उपती लाएको छ । ‘म मान्यको कृषक हो । पहिले शुरुमा तरकारी खेति मैले गरेको हो’ घर्तिले भन्नुभयो ‘जता कतै खोज्थे । अब बुढो भयो र पो दम छैन ।’