गोविन्द खड्का
आफुले जथा भावि फोहर नखसाल्नेहरु सभ्य एवं सुसंस्कृत हुन् । तिनको आचरण व्यवहारको शब्दमा बखान गरी साध्य छैन । त्यस्ता व्यक्तिहरु पुर्ण सफा समाज भएपछि मात्रै देख्ने छौ“ ।

अहिले केहि असल व्यक्तिहरु भेटिन थालेका छन् । तिनले अरुको फोहर उठाउन लाज मान्दैनन् । जहा“ खायो त्यहि खसाल्ने कमसल व्यक्ति अधिक छन् । जे भेटायो त्यो फुटाल्ने बा“दर प्रबृत्तिका यदा कदा भेटिन्छन् । डस्टिविनमा फाल्ने, अरुलाई पनि जथाभावि खसाल्नु ुहुन्न भन्ने बढ्दैछन् । तिनलाई यति कठिन छ कि आफ्नो घर परिवारमा समेत पुर्ण रुपमा लागुगर्न सकेका छैनन् । त्यसलाई कमजोर ठानि गिज्याउनु हुदैन । मात्रात्मक परिवर्तनका लागि भएपनि अभियानमा

ghorahiलामबद्ध छन् । क्रमसः घरका अरु सदस्यहरुको खराब आनीवानी परिवर्तन गराउदै छन् । केहि दिन अघि दाङ निर्माण व्यवसायी संघको कार्यालयमा पुगेको थिए । कार्यालय प्रमुख माधव चौधरीले भाई अर्जुन चौधरीलाई सफा गर्न अह्राउनुभयो । संघको गेट बाहिर रहेको विद्युतको पोल वरीपरी थुप्रँे थियो । अलि परपर सम्म प्लाष्टिक छितरीएका देखिन्थे । घोराही तुलसीपुर सडक खण्डको त्यस क्षेत्रको सबै फोहर अर्जुनले टपटप टिपे र आगो लगाइदिए । तिनले खाएर फ्याकेको फोहर होईन ।

न त संघका कुनै पदाधिकारीले नै थुपारेका हुन् । त्यस आसपासमा बस्ने र केहि रुपमा यात्रुहरुले खसालेका हुन् । त्यसले संघको गेटलाई कुरुप बनाएको थियो । मैले फालेको होईन भनेर चोखिन मिल्दैन्थ्यो । सुन्दर देखिन फोहर हटाउनै पर्दथ्यो । फाल्नेको होईन फालिएको स्थानको बदनाम बढिहुन्छ । फाल्नेले लुकालो ल्याउछ थुपारीको छिप्दैन । संघको कार्यालय भित्र सुन्दरछ । भित्रको दृश्यले बाहिर संग आकाश पाताल फरक छ ।

फोहरले रोग निम्त्याउने मात्रै होईन प्रतिष्ठामा पनि आच पुयाउ“छ । सामाजिक मर्यादा र सिष्टताका लागि सार्वजकि वातावरण सपार्ट हुनुपर्छ । धुमिल र भद्रगोल अबस्थाले अस्त व्यस्तताको प्रतिनिधित्व गर्छ । अरुलाई पनि मनलाग्दी गर्ने अबस्था सिर्जना हुन्छ । त्यसो हुननदिन अरु भन्दा फरक देखिन जरुरी छ । आफ्नो फोहर व्यवस्थापन गर्न सक्नेले मात्रै अरु भन्दा अब्बल प्रस्तुति देखाउन सक्छ । त्यसका लागि न्युनतम मापदण्ड फाल्ने चिज मात्रै व्यवस्थित गर्न जान्नुपर्छ । कारमा हुईकिने झ्याल खोलेर ब्यस्त सडकमा फोहर फाल्नेहरु घृणित व्यक्ति हुन् । जान्ने बुझ्ने भद्र भलाद्मी बनेर महंगा चुरोट खाने ठुटा सडकमा हुईक्याउने, मिनरल वाटरको पानी खोल्ने प्लाष्टिक टेवुलमुनि खसाल्ने, गुट्खा खाने खोल उडाउने, सुर्तिका पोका रित्तयाउने कुर्सिमुनी हृत्याउने व्यक्तिहरु असभ्य हुन् । फोहर स्याहार्ने जस्तो सामान्य मानविय चेतना नभएका तिनलाई कपडा लगाउने दुईखुट्टे पशु भन्नुपर्छ ।

हामिले कुरा गर्दा विश्वका विभिन्न राष्ट्रहरु संग दा“जिन्छौ । हामिलाई अमेरिका, चिन, सिंगापुर मलेसिया बन्नुछ । यो पनि सत्य हो भु उपग्रह मार्फत अन्तरीक्षामा उड्नु छ र मंगल ग्रहमा बस्ति बसाउनु पर्नेछ । चन्द्रमा छुन छ । आमुल परिवर्तन गर्नुछ । त्यसको शुरुवाद नेपाल बाटै हुन्छ । यावत कुराहरु अपुग रहेको कुरा पढेर, सुनेर, हेरेर थाहपाएका छौ । त्यो सपना हो । कुनै दिन पुगौ“ला । देशलाई पुर्ण साक्षार घोषणा गर्न नसकेका बासिन्दो धेरै अपेक्षा गर्नु हुन्न । शौचालयमा दिसा गर्ने, सावुन पानीले हातधुने सामान्य सरसफाइका नियम नजानेर खुला दिसा मुक्त गर्न नसक्नेले अरु सपना देख्नु व्यकार छ । चर्पि बनाउन नसक्ने गरीवको देशका बासिन्दा चन्द्रमा पुग्लान ? आश्वासन बा“ड्ने नेताहरुलाई सोध्न जरुरी छ । त्यसले तनाव बढाउछ । डिप्रेशनका रोगिहरु थपिन्छन् । धरै सपना देख्ने र कल्पनाका सुन्दर संसार बनाउनेहरु चिन्ता रोगले थलिएका छन् । कसैलाई बोलिरहने, कसैलाई लेखि रहने, कसैलाई पढिरहने त कसैलाई जड्याहा हुने जस्ता लत बसेका छन् । कोहि अति भौतिक बादि हुन्छन् केहि समय पछि अति आध्यामिकमा बदलिन्छन् । धर्म भिरु बन्छन् । कोहि सर्वहाराको एकाहोरो रटान लगाउछन र सबै भन्दा धेरै धनका लोभिमा उत्करीन्छन् ।

पिछा लाग्यो भने धेरैले शौच गरेपछि पानी हाल्न जान्दैनन् । पिसाव गरेपछि बगाउनुपर्छ भन्ने ज्ञान छैन । त्यो आफैमा तरल पदार्थहो बगेर जान्छ भन्ने भ्रम छ । तिनले बुझ्नुपर्छ पीसाव पानी जस्तै शुद्ध होईन । पिसावमा गन्ध हुन्छ । रंग हुन्छ । त्यो लेसिन्छ र त्यसले दुर्गन्ध फैलाउछ । त्यसो त  तरल हुदैमा सफा देखिने भए जाड रक्सीले पानीको धोए हुन्थ्यो नि ? तिनको गल्तीले शौचलय मा पानी हाल्ने दोश्रो व्यक्तिको जरुरत पर्छ । जो पस्दा खेरि गन्हाउछ उसैले सफा गर्छ । हरेक घरमा शौचालय सफ गर्ने असल व्यक्ति थोरै हुन्छन् । धेरै घरमा एउटैले सफा गर्छ । उसले कतै जानु पर्ने अबस्था आए फोहर शौचालय प्रयोग भैरहेको हुन्छ । मैले केहि दलका केन्द्रयीय नेताहरु संग बस्ने अबसर पाएको छु । उनिहरुको हातमा देशको निति नियम छ । तर सुर्ति पुकारका पोका डस्टिविनमा हाल्ने बानी छैन । जथाभावि मुख बाट ओकाउछन् । खुला रुपमा फाको हालेको सुर्ति पुकारका खोस्टा फाल्छन् । शौचालय बाट निश्कदा पानी हाल्दैनन् ।

फोहर भेट्ने वित्तकै कि उठाउ नत्र म बोक्छु भन्ने व्यक्तिका रुपमा घोराही नगरपालिकाका शाखा अधिकृत सुवोध रेग्मी बजारमा चर्चित हुनु भएको छ । रेग्मीलाई देखेर वा आईहाल्छकि भनेर तर्सिने वातावरण बनेको छ । नगरपालिकाका अन्य कर्मचारीले पनि आफ्नो काम ठान्न जरुरी छ । त्यसैगरी वोर्ड सदस्यहरु, पत्रकार नागरीक समाज एवं अगुवा नितिनिर्माता तहले फोहर विरुद्ध एकमुख बनाउनुपर्छ । हरेक सचेत एवं असल व्यक्तिले सफाको पहिचान दिन जरुरी छ । आफुलाइ ठुलो मान्छे घोषणा गरेर मञ्चमा सिंगरीने होईन । आफु मात्रै ठुला बडा भएर समाज परिवर्तन हुन्न । संग संगै बढ्न सकेपछि प्रतिस्पर्धा गर्न मजा हुन्छ । फोहर पिछडिएकोलाई हेपिरहने, भजाईउने साधन बनाउने होईन उकास्ने हो । जिल्ला सरसफाइ फोकल पर्सन तिलक न्यौपानेले हातधुने व्यवस्था नभएको स्थानमा नास्ता खानुहुन्न । चाहे जति सुकै उच्चओहदाको व्यक्तिको घरमा पुगियोस् । खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका ईञ्जिनियर समेत रहेका न्यौपाने धेरै अघि देखि सरसफाइ अभियानमा जोडिएनु भएको छ । जसले गर्दा जिल्लाको सरसफाइ नेतृत्व गर्ने अबसर मिलेको छ ।

सम्मानीत उन्नतीनगर घोराही ११ ले तुलसीको टोल बनाउने अभियान थाल्यो । दुई बर्ष अघि त्यस टोलका अध्यक्ष पाण्डव कुमार शर्मा नेतृत्व टोलिले गल्ने फोहरको म्पोष्टमल बनाई प्रयोग गर्ने सिष्टम ल्यायो । त्यहि टोल बासी शिक्षक मुर्तिराम पाण्डेय लगाएतले छाडा कुकुर हटाउने अभियानमा ध्यान दिए । पाठक पत्र लेखेर पनि दवाव दिने घोराही ६ का दिनेश वली लगाएत थिए । आफ्नो क्ष्ँेत्रलाई हरेक कार्यक्रम गरेर सफा बनाउन र समाचार लेखाउन ईश्वरी पाण्डेय लागीपरेका हुन्छन् । घनश्याम गिरीले हेरालु राखेरै आफ्नो टोलका संरक्षण गरेका छन् । टोल क्षेत्र बाट सधै नेतृत्व गरीदिन आग्रह आउने सम्मानित व्यक्तित्वहरु शिववस्तिका टोप बहादुर श्रेष्ठ, स्वर्गद्धारीका भिम बहादुर बुढा लगाएत अरुका फोहर टिप्ने असल व्यक्तिहरु हुन् । यस बाहेक अन्य पनि होलान् तिनको नाम कामले उचाल्दै जानेछ ।

फूल फूलाएको सफा घर छान्ने अभियान थालेर घोराही ६ का मिनराज गौतम चर्चामा आउनुभएको थियो । सम्भ्रान्त भनिनेहरुलाई पनि सिधा नजरले सुझाव दिन सक्ने घोराही ६ का धर्म हमाल लगाएतले सरसफाइ आनीवानीमा परिवर्तनको अभियान छेडेका छन् । कहिल्यै बसमा स्टिकर टास्ने, कहिल्यै वडा नागरीक मञ्चको बैठक टोल टोलमा बसाल्ने जस्ता अभियान ल्याएर घोराही १० का शक्तिराम डागि चर्चामा आउने गरेको छन् । यति बेला घोराही बजारका रुप फेरिदैछ त्यसमा दाङ उद्योग वाणिज्य संघका उपाध्यक्ष नारायण भुषालको भुमिका अभियान्ताको पक्तिमा आउ“छ । ठुला चाडपर्वमा पनि पिपलवुटा, गौतमनगर र अस्पताल टोल सफा रहे । दिर्घकालिन सोचका साथ सफा हराभरा दाङ बृहत  अभियान थाल्ने संघका अध्यक्ष हेमराज बञ्जाडेले लगाएतको टिमले गरेको पहलको परिणाम भन्नुपर्छ ।

फेन्सी पसलका ढोका ढोका ढक्ढक्याउने एकराज खनाल । चटपटेको ठेलालाई समेत डस्टिविन अनिवार्य गरेर बैकरोड सफा गर्न मरीमेट्ने माधव खनाल लगाएतका पनि सफा गर्ने अभियान्ता हुन् । किशोर चन्द्र गौतम लगाएत धेरै सर्टर भएकाहरु सरसफाईलाई थप कर दिन तयार भएका छन् । समाजको लागि केहि त्याग्न तयार भए । जसरी पनि अरुको फोहर टिप्ने असल संस्कृतिको विकास गर्न जरुरी छ । त्यसमा सबै व्यक्तिको उत्तीकै दायित्व छ । जसले अरुको फोहर टिप्छ उसले आफु कहिल्यै खसाल्दैन । अरुको टिप्ने बढ्दै जाने आफुले नखसाल्ने थपिदै रहने हो भने ढिलो छैन सबै सफा गर्न । पुर्ण सफा गाउ“ वस्तिमा चन्द्रमा छुने, मंगल ग्रह पुग्ने दिमाग फुर्न सक्छ । विदेशी औषधिमा नदिसरी वगेको रकमले आधुनिक प्रविधि निर्माण गर्न सक्छौ । एउटा सिटामोलको लागि दिनभरी लाईनमा बस्नु पर्दैन । तव त कष्ट टर्छ । खुला दिसामुक्त मात्रै गर्न सके भारत लगाएत केहि देश भन्दा अगाडि रहेको प्रमाण विश्वलाई दिने छौ । सबैले आट गरेरै आफुले देखेको अरुको फोहर उठाउ“ । आफै जथाभावि फाल्दै नफालौ ।