काठमाडौं । हामीमध्ये धेरै जना निकै तिर्खा लाग्दा मात्र पानी पिउँछौं । तर, त्यस्तो बानीले शरीरमा आवश्यक पर्ने पानीको कमी भएर डिहाइड्रेशन हुने गर्छ । डिहाइड्रेशनका कारण शरीरमा विभिन्न खाले समस्या उत्पन्न सक्छ । तर, यसबारे आम जनतालाई पर्याप्त जानकारी नहुँदा विश्वका आधाभन्दा बढी मानिस अञ्जानमै डिहाइडे्रशनका कारण विभिन्न रोगको सिकार हुने गर्छन् ।शरीरमा पानीको कमी भए-नभएको तथा पानीको कमीले शरीरमा हुन सक्ने विभिन्न असरबाट बच्न यसरी थाहा पाउन सक्नुहुनेछ । यति थाहा पाए मात्र पनि तपाईं विभिन्न रोगबाट बच्न सक्नुहुनेछ ।

 

water
शरीरमा डिहाइड्रेशन (पानीको कमी भएको) थाहा पाउन तरीकाः

हल्का तथा मध्यम खाले डिहाइड्रेसनको लक्षण

· प्यास लाग्नु
· मुख सुक्नु
· थकान महसुस हुनु
· चिन्तित तथा झिँजो लाग्नु
· सुख्खा पहेंलो पिसाब, पिसाबको कमी
· सुख्खा छाला
· कब्जियत
· टाउको दुख्ने
· रिँगटा लाग्नु
· एकोहोरिनु
· सास गन्हाउने
· गुलियो खान मन लाग्नु
· मांसपेशी बाउँडिनु

कडा प्रकारको डिहाइड्रेशनको लक्षण

· कडा प्यास लाग्नु
· मुटुको धड्कन बढ्नु
· न्यून रक्तचाप
· छिटो-छिटो श्वास फेर्नु
· चेतनाको कमी
· छाला हदैसम्म सुख्खा हुनु र फुट्न थाल्नु
· धेरै रिँगटा लाग्नु
· कम पिसाब लाग्नु, पिसाब पहेलो हुनु
· अधिक गर्मीमा पनि कम पसिना बग्नु वा कडा व्यायाम गर्दा कम पसिना आउनुु

शरीरमा पानी भए-नभएको पत्ता लगाउने साधारण तरिका

· हत्केलाको पछाडिको छाला चिमोटेर तन्काउने ।
· छाला तन्किएर तुरुन्तै आफ्नो ठाउँमा बस्यो भने तपाइर्ंको शरीरमा पानीको मात्रा पर्याप्त छ ।
· यदि छाला सामान्य अवस्था फर्किन समय लाग्यो भने थाहा हुन्छ, शरीरमा पानीको कमी छ ।

दिनमा कति पानी पिउनु जरुरी हुन्छ ?

शरीरको तौल अनुसार  दैनिक पिउनुपर्ने पानीको मात्रा

९ (एक गिलास) ०.२५ लिटर
१८ (दुई गिलास) ०.५ लिटर
२७ (तीन गिलास) ०.७५ लिटर
३६ (चार गिलास) १ लिटर
४५ (पाँच गिलास) १.२५ लिटर
५४ (६ गिलास) १.५ लिटर
६३ (सात गिलास) १.७५ लिटर
७२ (आठ गिलास) २ लिटर
८१ (नौ गिलास) २.२५ लिटर
९० (दश गिलास) २.५ लिटर
९९ (एघार गिलास) २.७५  लिटर
१०८ (बाह्र गिलास) ३ लिटर
११७ (तेह्र गिलास) ३.३५ लिटर

मानिसको शरीर झण्डै ६० देखि ८० प्रतिशत पानी मिलेर बनेको छ । यदि हामीले शरीरलाई आवश्यक पर्ने पानी पिएनौं भने हाम्रो शरीरमा भएको पानी विभिन्न माध्यमबाट हराएर जान्छ । यसले शरीरमा पानीको कमी मात्र हुन दिँदैन, हाम्रो शरीरमा विभिन्न समस्या समेत उत्पन्न गराउँछ ।

· रगतबाट (करिब ८ प्रतिशत )

यसले रक्तनली साँघुरो बनाउनुका साथै रगत जमाउँछ । त्यस्तै, उच्च रक्तचाप, हृदयाघात तथा स्ट्रोकको जोखिम बढाउँछ ।

· मस्तिष्कबाट (झण्डै २६ प्रतिशत)

यसले एसिडिटी बढाउनुका साथै गाउट, मिर्गौलाको पत्थरीको जोखिम बढाउनुका साथै हड्र्डीलाई कमजोर पर्छ । त्यसैगरी, शरीरको प्रतिरशषा शक्ति (रोगसित लड्ने शक्ति ) मा ह्रास ल्याउँछ ।

· कोषिकाबाट (झण्डै ६६ प्रतिशत)

हाम्रो कोषिकामा पानीको कमी भएमा यसले कोलेस्ट्रोरको मात्रा उच्च गराउनुका साथै मेटाबोलिज्मको कमी गराई छाला चाउरी पार्छ । त्यस्तै, कोषिकामा पानीको कमी हुनाले यसले शरीरमा भएका बोसोलाई प्रभावकारी रुपमा पगाल्न नसकी मोटोपना बढाउँछ ।