काठमडौ २४ असोज । सरकारी अस्पतालमा खटाइएका सुपरिटेन्डेन्टले अवदेखि छुट्टै क्लिनिक सञ्चालन गर्न नपाउने भएका छन् । उच्चपदमा पुगे पनि उनीहरु क्लिनिकमा व्यस्त हुँदा अस्पतालको व्यवस्था सुधारमा ध्यानन जाने निष्कर्ष निकाल्दै सरकारले अवदेखि सुपरिटेन्डेन्टको मात्रजिम्मेवारी दिने तयारी गरेको हो ।
आर्थिक उपार्जनका लागि नीजि क्लिनिकमा पनि आवद्ध हुनेक्रम रोकेको अवस्थामा सरकारी अस्पतालको गुणस्तर सुधारमाउनीहरुको ध्यान केन्द्रितहुने निष्कर्ष सरकारको छ । बहालमा रहेका सुपरिटेन्डेन्टसँग यस बारेमा छलफल भइरहेको जानकारी दिदै स्वास्थ्य सचिव डा शेनेन्द्रराज उप्रेतीले नयाँ सुपरिटेन्डेन्ट खटाउँदा पनि यो व्यवस्था लागु हुने गरी छलफल भइरहेको बताउनुभयो । थप सुविधा दिएर अस्पतालको सेवा विस्तार र विकासमा उनीहरुलाई केन्द्रित गर्ने सरकारको तयारी रहेको उहाँले उल्लेख गर्नुभयो ।
सरकारी अस्पतालमा कार्यरत चिकित्सकहरु पनि नीजि क्लिनिकमा व्यस्त भएको भन्दै सरकारले यसअघि उनीहरुलाई पनि अस्पतालमा मात्र खटाउने बताएपनि पूर्ण रुपमालागु हुन सकेको छैन । नीजिस्तरबाट सञ्चालन भएका अस्पतालमा भने तत्काल यो व्यवस्था लागु गर्ने सरकारको कुनै सोच नभएको पनि स्वास्थ्य सचिव उप्रेतीले जानकारी दिनुभयो ।
सरकारी तथ्यांक अनुसार मुलुकभर कुल ३ सय ६७ वटा अस्पताल सञ्चालनमा छन् । यसमा पनि ५० देखि तीनसय शैयाका अस्पतालको संख्या एकसय४८ छ। १०९ सरकारी अस्पताल, १४ मेडिकल कलेज, २७ सामुदायिक अस्पताल र बाँकीनिजी अस्पताल छन् ।
