पाकिस्तानप्रति सहानुभूति राख्ने चरमपन्थी समूहले भारत प्रशासित कश्मीरको उरीमा रहेको सैन्य शिविरमा हमला गर्दा १९ भारतीय सैनिक मारिएको दुई साता भयो । यो घटनाले उत्पन्न गराएको ‘भूकम्प’ को असर अहिले पनि उत्तिकै छ, जुन दिन हमला भयो ।
भारतीय दावीलाई मान्ने हो भने उसले ‘सर्किजल स्ट्राइक’ मार्फत आफ्ना सैनिक मारिएको बदला लिएको छ, तर पाकिस्तान र चरमपन्थी समूह दुवैले भारतीय दावीलाई चाहिँ अस्वीकार गरेका छन्, झुटो र मोदीको प्रपोगन्डा भनेका छन् ।
भारत–पाकिस्तानवीचको बढ्दो तनावको असर दक्षिण एसीयाली देशमा देखिसकेको छ, इस्लामावादमा हुने भनिएको १९औं सार्क सम्मेलन स्थगित भैसकेको छ । यसलाई भारतले दक्षिण एसियाली मूलकमार्फत पाकिस्तान घेर्ने आफ्नो रणनीति सफल भएको ठानेको छ ।
तर, यसको असर दक्षिण एयिसामा मात्र सीमित छैन, बहस विश्वभर भएको छ र पाकिस्तानमा आफ्ना ठूलो परियोजनाहरु चलाईरहेको चीन पनि भारत–पाकिस्तान तनावकोबीचमा आइसकेको छ । सिन्धु नदी होस् वा ब्रहपुत्रको पानी, भारत–पाकिस्तान र चीन पानीको लडाईमा पनि उत्रेका छन् ।
रक्षा मामलाका जानकारहरुले आफ्नो लगानी सुरक्षितका लागि चीनले उपयुक्त कदच चाल्न सक्ने संकेत गर्छन, यसको अर्थ हुन्छ, भारत–पाकिस्तान युद्ध भयो भने चीन सहभागी हुन्छ । राष्ट्र संघबाट एक जना पाकिस्तानी नागरिकलाई आतंकवादी घोषणा गर्ने भारतीय प्रस्ताव चीनले हालै मात्र भिटो प्रयोग गरेर अस्वीकार गरिदियो, जसले भविष्यमा चीन पाकिस्तानसँग गला मिलाउन सक्छ भन्ने संकेत दियो ।
भारत–पाकिस्तान तनावले अन्तराष्ट्रिय समुदाय थप चिन्तित यसकारण देखिएको छ कि पाकिस्तानमा जुनसुकै बेला हुन सक्छ ‘शक्ति सन्तुलन’ फेरबदल । पाकिस्तानमा लोकतन्त्र भन्दा सेना बलियो र बेला बेला लोकतन्त्र सेनाले आफ्नो नियन्त्रणमा लिन्छ । त्यति मात्र होइन, गुप्तचर एजेन्सी आइएसआई पनि पाकिस्तानको राजनीतिक उतार–चढावमा महत्वपूर्ण भूमिकामा रहन्छ ।
यसकारण पाकिस्तानमा तत्काल राजनीतिक शक्ति सन्तुलन फेरियो भने भारत–पाकिस्तानवीचको तनाव, घोषित युद्धमा प्रवेश गर्न सक्छ भन्ने चिन्ताको विषय हो । तनावकावीच पाकिस्तानमा चरमपन्थी समूहको हातमा परमाणु हतियार पुग्यो भने त्यो सवैभन्दा खतराको विषय हो, अन्तराष्ट्रिय समुदायका लागि ।
पाकिस्तानमा विग्रन सक्ने शक्ति सन्तुलन र चरमपन्थी समूहका हातमा परमाणु हतियार जान सक्ने भयले भारत सवैभन्दा चिन्तित छ र भारतीय रक्षा क्षेत्र यसबाट डराएको पनि छ । कश्मीरको मात्र तनाव, दुई देशका शासकहरुका लागि नाक जोगाउने विषय हो, तर जव दुवैपक्ष घोषत युद्धमा प्रवेश गर्छन, त्यतिबेला शासकहरुका अगाडि धेरै विकल्प हुँदैनन् ।
पाकिस्तान एक दशकमा विश्वको तेस्रो ठूलो न्यूकिल्यर पावर देश बन्न जाँदैछ । पाकिस्तान अहिलेको गतिमा अगाडि बढ्यो भने अहिले रहेका १२० न्यूक्लियर वारहेडको सख्या बढाउँदै लग्यो भने उसले चीन, फ्रान्स र इंग्लैंडलाई पनि पछाडि पार्नेछ । अमेरिका र रुसपछि न्यूक्लियर पावरमा पाकिस्तान आउनेछ । विश्व समुदायका लागि यही ठूलो चिन्ताको विषय बनेको छ ।
पाकिस्तानले बहुतै त्रीव रुपमा साना साना न्यूक्लियर बम निर्माण गरेको छ र उ आबश्यक पर्दा जसका विरुद्ध पनि प्रयोग गर्न सक्छ । भारतको चिन्ता र डर यहाँ देखिन्छ । यसबाहेक पाकिस्तानसँग ठूला मिसाइल पनि छन्, जो भारतका दूर–दराजको ठाँउमा पनि हमला गर्ने हैसियत राख्छन् ।
पाकिस्तानमाथि चरमपन्थी समूहलाई संरक्षण गरेको आरोप लाग्ने गरेको छ, यो भारतका लागि मात्र होइन विश्व जगतकै लागि चिन्ताको विषय बनेको छ । यद्यपी पाकिस्तान आफै पनि यस्ता चरमपन्थी समूहबाट बहुतै पीडित छ, दैनिक जसो त्यस्ता समूहका आत्मघाती हमला बेहोरिरहेको छ ।
अन्तराष्ट्रिय समुदायले पाकिस्तानको न्यूक्लियर बारहेडमा चिन्ता गरेको छ र सकेसम्म यसलाई रोक्न पनि खोजेको देखिन्छ । विश्वका ठूला शक्ति राष्ट्रले इरानमा न्यूक्लियर पावर बनाउन रोक्न दुई बर्ष धेरै मिहिनेत गरे । अहिलेसम्म इरानसँग एउटा पनि वारहेड छैन । यही पछिल्लो एक दशकमा पाकिस्तानले न्यूक्लियर पावर धेरै बढायो, विश्व समूदाय यही चिन्तामा छ र भारतलाई यसैको डर छ ।mयमष्
विश्व समूदायले पाकिस्तानको न्यूक्लियर पावर बढाउने योजनामा ब्रेक नलगाएको भारतको गुनासो रहदै आएको छ । अमेरिकी राष्ट्रपति बारक ओबामाले पछिल्लो केही महिना यता मात्र यस विषयमा चिन्ता जनाएका छन् । पाकिस्तानलाई चीनको सहयोग नै छ । भारत–पाकिस्तान बढ्दो तनावकाबीच न्यूक्लियर पावरको विषयमा विश्व समुदायले चिन्ता गर्नु गलत समय हुन सक्छ ।
१९९८ मा पाकिस्तानले न्यूक्लियर परीक्षण गरेको थियो, त्यसपछि अन्तराष्ट्रिय समुदायले उमाथि आर्थिक प्रतिबन्ध लगाएको थियो । यसबाहेक पाकिस्तानले न्यूक्लियर सन्धीमाथि पनि सम्झौता गरेको छैन । पाकिस्तानले उत्तर कोरिया लगायतका देशमा पनि न्यूक्लियर प्रविधि बेच्यो । १९९८ मै न्यूक्लियर पावर प्रयोगका विषयमा भारतले पनि आर्थिक प्रतिबन्धको सामना गरेको थियो ।
२००८ मा भारत र पाकिस्तानवीच न्यूक्लियर सम्झौता भयो र अहिले दुवै मिलेर यस क्षेत्रमा काम पनि गर्छन । अमेरिका पाकिस्तानसँग न्यूक्लिियर सम्झौता गर्ने मूडमा छैन, बरु रोक्न चाहन्छ । भारत र अमेरिकालाई चिन्ता यो छ कि पाकिस्तानले न्यूक्लियर हतियार भारतका विद्ध प्रयोग गर्न सक्छ, यदि यस्ता हतियार चरमपन्थी समूहको हातमा गयो भने विश्वभर असर गर्न सक्छ ।
विगतका लडाईको नजिर हेर्दा र आजको दिनमा परम्परागत युद्धमा पाकिस्तान भन्दा भारत अगाडि छ, उसँग धेरै सैनिक छन् र धेरै हतियार पनि । ‘प्रोक्सीवार’ हुँदै अगाडि गएको तनाव ‘न्यूक्लियर वार’ सम्म पुग्यो भने भारतका लागि ठूलो समस्या हुन सक्छ ।लबधबश कबचषा
कश्मीर र बलुचिस्तानमा जसरी पाकिस्तान र भारतको चासो देखा परेको छ । यो दुवैको रणनीति मुद्दा हो र एकले अर्कालाई कमजोर बनाउने कार्ड । र, यसैको मारमा छन्, दुवै देशका जनता ।
यहीकारण त संसारमा सवैभन्दा ठूलो नाक कसको भनेर सोधियो भने भारत–पाकिस्तानको भन्ने जवाफ आउँछ । र त, भारत–पाकिस्तान ‘घाटी काट्न तयार हुन्छन्, नाक काटन हुँदैनन ।’
रातोपाटी बाट
