गोविन्द खड्का
घोराही, १६ असोज । हरेक मध्यदिन बैकरोड घोराहीमा हिन्दी गित घन्किन्छ । आवाज आएतिरै नजर लायो भने धकेलिरहेको ठेला देखिन्छ । त्यसले चटपटे बेच्दै गर्छ । ग्राहक खा“दै र कागजहरु फ्या“क्दै रहन्छन् । त्यसरी ठेला गुडाउदै जाने र कागज खसाल्दै रहने चटपटे व्यापारीलाई बैंक रोडका व्यवसायीले छिर्न नदिने चेतावनी दिएकाछन् । उनिहरुले डस्टिवीन सहित आएपछि मात्रै व्यवसाय चलाउन दिने बताए । ठेलाले पैसा कमाउने, ग्राहकले भोक र ईच्छा मेटाउने जुठो आफुले उठान नसकीने बताए । खाने ग्राहकलाई फाल्ने ठाउ“ नदिने व्यापारीको कमजोरी भएको स्थानियको ठहर छ ।
चटपटे कागजमा बेरेर खाईन्छ । कुल्पी बनाएको कागज रित्तीएपछि ग्राहकले सडकमा खसाल्छन् । त्यसरी फाल्दै जा“दा असुहाउदीलो सोत्तर बन्छ । नजिकको फोहर सर्टर वालाले उठाउने नियम छ । त्यसो गर्दा दुनियाको जुठोस्याहार्न पर्छ । कमाउने एउटा, खान पाउने अर्को र जुठो उठाउने व्यवसायी हुदै आएका छन् । अब का दिनमा त्यसरी व्यवसाय गर्न नदिने व्यवसायी माधब खनालले बताए । सरसफाइ अभियानमा सकृय खनालले व्यहार नसुधारे रोकेरै छोड्ने अडान दोहो¥याए ।
पटक पटक बंकरोडमा प्लाटिकको सोत्तर भनेर हेपिदै आएको थियो । अहिले बैंकरोड बजारको केन्द्र मात्रै होईन सरसफाइको नमुनामा परिणत हुदै गएको छ । त्यहाका व्यापारीहरु हेर्नुस कतै फोहर छ भनि सोध्न थालेका छन् । पर पर सम्म आ“खा दौडाउदा पनि कचेरा देख्न सकिन्न । त्यसरी एउटा प्लाष्टिक पनि नखसाल्ने क्षेत्र बन्छ भन्ने धेरैको कल्पना बाहिरको कुरा थियो । बटुवाको फोहर कसले सम्हाल्छ भन्ने आफुले त्यसैमा खत्याउने गरीन्थ्यो ।
‘हजुर नमस्कार यो फोहरले तपाईको सोभा घटाएको छ’ सा“झ आठ नौ बजेतिर फेन्सी व्यवसायी समितिका अध्यक्ष एकराज खनाल भेटिन्थे । आफ्नो आवास क्षेत्रलाई सफा बनाउन गोलमण्डिको पसल बन्द गरेर पुग्थे । आफु जस्तै र जत्तिकै अझ बजारको मुटुमा बसेका पसलवालालाई फोहर व्यवस्थापनका लागि पढाउथे । त्यसरी हात जोडर निहुरीने संग शरुका दिनमा केहि त जंगिन्थे । ‘मैले फालेको होईन उठान्न । मेरो फोहर भित्रै संकलन गरेको छु’ भनेर सवाल गर्थे ।
‘फाल्नेलाई होईन तपाईको घर आगनको बदनाम गराएको छ’ भनेर जवाफ दिदा पनि बुझ्दैन्थे । ग्राहक देवताहो भन्नेहरु पैसा छोडेर गएको छ । म फोहर स्याहार्छु भन्न पनि लाज मान्थे । अहिले धेरैजना बदलिएका छन् । केहि रैथाने, आफुलाई बडा समाजसेविको पगरी गुथाउनेहरुले अभियान्तालाई टेरेका छैनन् । उनिहरुको अगाडि थुप्रिएको फोहरले चिनाएको छ । कसले सरसफाइ अभियान्तालाई पत्याएन भनेर । जजसको घर वा सर्टर अगाडि फोहर छ त्यो समाजकोभित्रको अटेरी वा केहि खराबमध्यको हो । जसले आफु बदलिन पर्छ भन्ने जान्दैन अरुलाई उपदेश दिन्छ । ठुला संग सम्वन्ध भएको आफु उच्च कोटिको नागरीक घोषणा गर्छ ।
प्लाष्टिक फाल्ने टेम्पोलाई कारवाही
संयुक्त अभियान चलाएका पिपल बुटा, गौतमनगर र अस्पताल टोलले खोस्टा खसाल्ने टेम्पो चालकलाई शुक्रवार कार्वाहि गरेका छन् । यसरी बाहीर नफाल्नुस भनेर सम्झाउने व्यवसायीलाई टेम्पो चालकले थर्काएका थिए । फोहर फाल्ने चालकलाई तुरुन्तै कार्वाहि थालिएको गौतमनगर टोलविकास संस्थाका संस्थापक अध्यक्ष नारायण भुषालले जानकारी दिनुभयो । दाङ उद्योग वाणिज्य संघका उपाध्यक्ष समेत रहेका भुषालका अनुसार प्रहरीलाई उजुरी गरेपछि बराह क्षेत्र टेम्पो व्यवसायी समेत उपस्थित थियो । टोल विकास संस्था र समितिको रोहबरमा गल्ती दोहोरीन नदिने गरी लिखित कागज गराएको बताईएको छ । छलफलमा सहभागि समितिका पदाधिकारीले विदेशमा मात्रै चलन भएकाले आफुहरुले थाह नपाई गल्ती गरेको स्विकारेका थिए । राम्रो चलन शुरु भएको र आफुहरुको पनि पुर्ण सहयोग गर्ने उनिहरुको लिखित प्रतिवद्धता छ ।
नमुना सफा टोल बनाउने भन्दै गौतम नगरका नुमानन्द आचार्य, पिपल बुटाका चन्द्रमणि गैर्य र अस्पतालका चित्रकान्त आचार्य धेरै जना संग बाझिएका छन् । उनिहरु विरुद्ध फोहर गर्नेहरु विवादमा खरो उत्रे पनि फत्रक्कै गल्ने र अभियान्ता दरीलो हुदै गरेका छन् । जसले गर्दा त्यस क्षेत्र सफा बन्दै गएको छ ।
आकाशे रंगको पहिरनमा एक जना चौकिदार डुलिरहेका भेटिन्छन् । तिनको हातमा मसिनो सरियाको लामो र तिखो सुईरो छ । साना साना फोहरलाई पनि खोप्दै र खुन्टिदै गर्छन् । टोलहरुमा हिडि रहन्छन् । त्यस बाहेक सबै टोलवासीले रखबारी गरीरहेका छन् । फ्रेन्स बालकलव पनि सकृय भएको छ । हरेक सर्टर बाट पचास रुपैया संकलन गरी सरसफाइ अभियान्ता राखेका छन् ।
तिनले फलामको सुईरो बाकेर चौकिदारी गर्छन् । खसाल्नेलाई टिप्न लगाउछन् । घर वा पसल अगाडिको टिप्न लगाउ“छन् । यसरी सबैको सफा गर्ने अभियानमा एकमत हु“दा त्यस क्षेत्रलाई सफा राखेका छन् । यसरी घोराही बजार भरी सुर्ति, पुकार, भोला लगाएत कुनै पनि फोहर फाल्न नदिने अभियान शुरु भएको छ । जहा फालेको जस्ले भेट्छ उसैलाई टिपाउन थालिएको छ । दाङ उद्योग वाणिज्य संघका उपाध्यक्ष समेत रहेका भुषालका अनुसार घोराहीमा ‘सफा स्वच्छ हराभरा दाङ’ अभियान चलेको छ । भने तुलसीपुर नगरपालिकाले किलीन तुलसीपुर ग्रीन तुलसीपुर अभियान चलाएको छ । सरसफाइ अभियान तिब्र पारीएको छ ।
