ninam
निनाम लोवात्ती कुलुङ

हरेक वर्ष अङ्ग्रेजी महिनाको २७ सेप्टेम्बरका दिन विश्व पर्यटन दिवस मनाउने गरिन्छ ।  यो दिवस मनाउने क्रम सन् १९८० देखि औपचारिक रुपमा सुरु भएको हो ।  सन् १९८० मा संयुक्त राष्ट्रसङ्घले घोषित रुपमै आफ्नो मातहतअन्तर्गत ‘संयुक्त राष्ट्रसङ्घ– विश्व पर्यटन सङ्गठन’ युनाइटेट नेसन्स–वल्र्ड टुरिज्म अर्गनाइजेसन ९युएन–डब्लुटिओ० गठन ग¥यो ।  यसरी विश्व पर्यटन दिवस मनाउन थालेको पनि यस वर्ष ३६औँ वर्ष लागेको छ ।

विश्व पर्यटन दिवसका दिन अर्थात् २७ सेप्टेम्बरका दिन विभिन्न मुलुकले आफ्नो देशमा आउने पहिलो पर्यटकलाई आकर्षक प्याकेज दिने गरेका छन् ।  पर्यटन व्यवसायीले पनि पर्यटकलाई विभिन्न पुरस्कारलगायत सहुलियत दरमा प्याकेज दिने गरेका छन् ।  हाल यस्तो प्याकेज नेपालका पर्यटन व्यवसायीले पनि दिन थालेका छन् भने नेपाल सरकारले पनि नेपाल आउने पहिलो पर्यटक वा पहिलो समूहका पर्यटकलाई विभिन्न प्रोत्साहन र पुरस्कार दिने गरेको छ ।

दुःखकासाथ भन्नुपर्छ भने नेपाल सरकारले अहिलेसम्म पनि पर्यटनलाई उद्योगको मान्यता दिएको छैन ।  पर्यटनलाई विश्वका प्रायः सबै देशले अन्य उद्योगसरह उद्योगको मान्यता दिइसकेका छन् ।  यद्यपि नेपालमा पनि केही वर्षअघिदेखि सरकारले पर्यटनलाई अन्य उद्योगसरह उद्योगको मान्यता दिने विषय चर्चामा आउने गरेको छ ।  नेपाल सरकारले अब पर्यटनलाई उद्योगको मान्यता दिन ढिला गर्नु हुँदैन ।

नेपालले २७ सेम्टेम्बरका दिन ‘विश्व पर्यटन दिवस’ मनाउने भनेको केवल औपचारिकता पूरा गर्ने मात्रै नभएर एक हदसम्म नेपाल आउन चाहने तर भूगोलको आधारमा नेपाल कहाँ पर्छ रु नेपाल भन्ने देश अलग्गै देश हो कि रु वा इटलीको कुनै भागमा पर्ने ‘नेपल्स’ नै नेपाल हो रु भन्नेबारेमा अझै पनि थाहा नपाएका विदेशी खासगरी युरोपेली देशका नागरिकलाई नेपालको मौलिकताको परिचय दिनु जरुरी नै छ ।

pokharaयुरोपको कुनै पनि देशमा पुगेका नेपालीले आपूm नेपालबाट आएको आएको भन्दा उनीहरूले इटलीको नेपल्सबाट आएको भनी सुन्ने÷बुझ्ने गरेको भनाइ युरोप घुमेर÷बसेर आएका भुक्तभोगी नेपालीका भनाइ सुनिन्छ ।  एसियाकै कतिपय खाडी देशले पनि नेपाल अलग्गै देश नभएर भारतकै एक प्रान्त सम्झेर नेपाल र नेपालीलाई व्यवहार गर्ने गरेको पाइन्छ ।  खासगरी दूर सञ्चार कम्पनी, सिम वितरण गर्ने कम्पनी, मोबाइल कम्पनी, मनी ट्रान्सफर ९रेमिट्यान्स० कम्पनीहरूले नेपाल भन्ने देश छैन भन्ने ठानेर हो वा नेपाल भारतकै एक प्रान्त हो भन्ने बुझेर हो, नेपालको अलग्गै नेपाली भाषा हुँदाहुँदै पनि हिन्दी भाषामा म्यासेज पठाउने, हिन्दी भाषामा विभिन्न सूचना जारी गर्ने गरेको देखिन्छ ।

खासगरी कुवेतको प्राइभेट दूर सञ्चार कम्पनी डु–ओरेडूले नेपाललाई पनि भारतकै समकक्षमा राखेर विभिन्न अफर दिने गरेको देखिन्छ ।  यसरी नेपाल पनि विश्वका अन्य स्वतन्त्र र सार्वभौम देशजस्तै स्वतन्त्र अस्तित्व भएको अलग्गै देश हो, भारतको एक अङ्ग–प्रान्त पनि होइन र इटलीको कुनै भागमा पर्ने नेपल्स् पनि होइन भनेर सम्झाउने–बुझाउने अवसर पनि हो, विश्व पर्यटन दिवस ।

त्यति मात्रै होइन, विश्व शान्तिका अग्रदूत र विश्वभरिका बुद्ध धर्मालम्बीका आस्थाको केन्द्र भगवान् गौतम बुद्ध पनि नेपालको लुम्बिनीमा जन्मेका हुन्, त्यस्तै विश्वकै अग्लो आठ हजार ८४८ मिटर हिम चुचुरो ‘चोमोलुङमा’ अर्थात् सगरमाथा, अङ्ग्रेजी भाषामा राखिएको नाम ‘माउन्ट एभरेस्ट’ पनि नेपालमै पर्छ भनेर चिनाउने, सम्झाउने र बुझाउने सुनौलो अवसरका रुपमा पनि हामीले यो दिवसलाई प्रयोग गर्न सक्नुपर्छ ।

त्यस्तै नेपाली पर्यटनको कुरो गर्दा भू–परिवेष्टित देश नेपालमा विदेशी पर्यटक भिœयाउन नभई नहुने साधन भनेको हवाई यातायात होे ।  यातायातको सहज पहुँच विना नेपाल जस्ता भू–परिवेष्टित देशमा अपेक्षित विदेशी पर्यटक आउन सक्दैनन् तर हालसम्म नेपालमा हवाई यातायातमा यथेस्ट प्रगति हुनसकेको छैन ।  त्यसैले नेपालको पर्यटन सुधारोन्मुख अवस्थामै छ भन्न सकिन्छ ।

यसो हुनुमा नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल’ अन्तर्राष्ट्रिय मापदण्ड विपरीत र कम क्षमताको हुनु पनि एक हो भने ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुधार प्रक्रिया हालसम्म पनि नसकिनु अर्को अचम्म भएको छ ।  सन् २०१८ सम्ममा भैरहवास्थित गौतम बुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सक्ने लक्ष्य अनुरुप काम भइरहेकोले त्यसपछि नेपालमा पर्यटन आगमन स्वाभाविक रुपमा बढ्नै नै छ ।  यता पोखराको क्षेत्रीय विमानस्थल पनि सकेसम्म सन् २०१८ मा नै सक्ने योजना छ ।  यसले नेपालमा हुने अन्तर्राष्ट्रिय उडानमा अरू बढी सहजता थप्नेछ ।

विश्व पर्यटनको इतिहास लगभग एक सय ७३ वर्षको भएको छ ।  सर्वप्रथम सन् १८४१ मा बेलायती नागरिक थोमस कुकले व्यवस्थित र सङ्गठित रुपले मानिसलाई घुमाउन सुरु गरेपछि नै पर्यटनको इतिहास सुरु भएको मानिन्छ ।  सुरुमा उनले लागत खर्चबाहेक पाँच प्रतिशत कमिसन खान्थे ।  यसरी सन् १८४५ मा कमिसन खाएर यो व्यवसाय सुरु गरेपछि उनले पछाडि फर्केर हेर्नु परेन ।  नेपालमा भने लामो समयसम्म ९राणा शासनकालमा० विदेशीलाई नेपाल भ्रमण गर्न नै बन्देज लगाइएको थियो ।  जसले गर्दा अहिलेसम्म पनि पयर्टनले राम्रोसँग फस्टाउने अवसर पाउन सकेको छैन भन्न सकिन्छ ।  हाल पर्यटन क्षेत्रमा स्वदेशी र विदेशी लगानी बढ्दै गएको सन्दर्भमा नेपाली पर्यटनले आगामी केही वर्षमा फड्को मार्ने विश्वास गर्न सकिन्छ ।

गोरखापत्र अनलाइनबाट