bhupen-g
भुपेन

शनिबार प्राय जागिरे र स्कुले नेपालीका लागि सानु तिहार भएर नै आँउछ ।त्यसमा पनि काठमाण्डौ को व्यस्त समाज । शनिबारका दिन साथीसँगी भेटेर कुराकानि गर्ने अनि रमाइलो गर्न सबैमा हतारमा हुन्छ । एकअर्थमा सबैको पर्खाइको दिन हो शनिबार । तर मेरो मन भने यस शनिबार ति सबै कुरा भन्दा टाढा नै रहयो।अनि अनिश्चित गन्तव्य को भारी बोक्दै कलँकि बाट गाडि चढेर सुन्धारा ओर्लीए। सुन्धारा चोक मास्तिर यात्रु पर्खेर बसेका भेडाका बथान झै लाग्ने सेता काला रँगले पोतिएका गाडिलाइ एकचोटि सर नियााले ।

अहँ ! मन बसेन ।अनेकथरी का मान्छे भेटिने रत्नपार्क मा नै जाँउ क्या होरु अहँ त्यो गन्तव्य पनि मनलाइ रुचेन ।गन्तव्य त अनिश्चित नै थियो ।तर पाइला भने रोकिएनन।कसो नजर घुमेर सरलक्कै अगाडि टेम्पो म पुग्यो ।‘दाइ बस्नु न सिट खाली छ’।उनको आवाज मन र मस्तिषकमा एकैचोटी ठोकिएछ क्यार सोच्ने नपाइ टेम्पो चालक बहिनिको ड्राइभरी सिट छेवैमा जिउ बिसाए।बहिनि भने व्यस्त१ जमल,ठमेल,सोहखुटे‘।।जाने हो‘सिट खाली छ है‘। केहि समयमा नै १०,१२ जना यात्रुले टेम्पोमा पछिल्तिर जिउ बिसाए।अब टेम्पोले यथास्थान त्यागयो र त्यसको पनि केहि समयपछि मेरो जिब्राले

पनि ‘बहिनी टेम्पो त रफतार ने चलाँउदो रहेछौ नि’ मेरो तर्फबाट शब्दको पहिलो प्रहार ‘ही ही‘ हो र अहिले रपतार नचलाए त बेलुकि गाहे भइहाल्छ नि दाइ’अरे यो रफ्तार र बेलुकि आइपर्ने अप्ठेरो के को सम्बन्धरु ‘छाक जोडनु पर्योे नि छाक त्यो पनि मेरो मात्र हो र’बहिनी ले अझ थपीन ‘४ जनाको पेट पाल्ने जिम्मा छ मेरो त्यसैले रफतार रोकियो त छाक रोकियो’।अब भने उनको बारेमा पुरा का पुरा जानकारी लिन मनमा कौतुहल जाग्यो।

अनि बहिनी घर कता नि—काभ्रे
कति भयो टेम्पो गुडाउन थालेका—यस्तै ४ वर्ष
उमेर—२१वर्ष
परिवारमा कोको छन अनि के के गर्छनरु—सासु ससुरा बुढा हुनुहुन्छ उहाँहरm घरमै बस्नुहुन्छ अनि ४ वर्षको छोरा ।अनि तिम्रो लोग्ने नि रुमृत्यु भयो एकछिन टक्क रोकिएर उनले उतर दिइन ‘नजाउ नजाउ भन्दाभन्दै विदेश हिडे मैले त यतै केहि गरौ बरु सुको निक्लो जे भएपनि नेपालकै राम्रो तर उनले मानेनन , नआउने गरी गाका रहिछन क्यारे फर्कीेएनन केहि समय पछि मृत्यु को खबर आयो’। मन कता कता कता गहुगो भएजस्तो लाग्यो तर उनिमा भने त्यति साह्रो गम्भियर्ता थिएन।जमलमा यात्रु झर्लादै पैसा गन्नमै व्यस्त ।

जमल बाट टेम्पो आफ्नो रफ्तार मै अगाडि बढदै थिया म भने मनमनै उनको विगतलाइ कल्पन थाले।बाहिर भेडाको बथान झै लाग्ने गाडि हरm आफ्नै रफतार दौडिरहेका छन।मेरो मस्तिष्क मा भने छेवैमा बसेकि टेम्पो चालक बहिनि को फल्यासब्याक विभिन्न रुप रग बदल्दै घुमिरहेको थियो।त्यतिकैमा बहिनिले टेम्पोमा ब्रेक लगाइछन क्यार रोकिन बितिकै मस्तिषक टेम्पोको परीधि भित्र आइपूग्यो।

यतिकैमा बाहिर तिर नजर पूर्याए आमै१ के को लस्कर सुरु भाको हो, शूरुवात त छेवैबाट छ तर अन्तय कहाँ होरुकेहि समय ठम्याउन सकिन ।एकछिन पछि पो मान्छेको बथान परराष्ट मन्त्रालयमा गएर टुगीयोे। ए१ फेरी सम्झीए अरे यो त दिनानुदिन कै चल्न चल्ती त हो नि कौन सा नयाँ कुरा भयो र रुहाम्रो मुलुकको एक किसमको चिनारी नै भनेनि हुन्छ छ जहाँ एकै महिनामा कैयौ हजार विदेश जान्छन।र दिनानुदिन विदेश प्रवेशआज्ञा लिने हरुको ताँति परराष्ट मन्त्रालय बाहिर यस्तै हुन्छ।

यि हुन हाम्रो भोलीको भविष्य ।तर हाम्रा्े भनिने आम नेपालीको भविष्य यि युवा सँगैे कतै विदेशमा त पूग्दैछैन ,अनि उतै हराउदै त छैनरुअनि कता कता ति बहिनि का लोग्नेको धमिलो आकृति पनि मनले त्यहि भिडमा खोज्न थाल्यो। विदेशमा पसिना चुहाएर घरपरिवारलाइ सुखमन मुखमा मााड हाल्ने उनको सपना सायद यस्तै भिडमै हरायो होलो।मनै त हो एकछिनमै कहाँ बाट कहाँ पूगेछरुयस्तै यस्तै सोच्दै थिए ‘अनि दाइ ले के गर्नुृ हुन्छ नि‘बहिनिको प्रशनले पो कल्पनाको आकाशमा उडान भरीरहेको मस्तिष्कलाइ एकैचोटी टेम्पोको सिटमा पुयाृयो। ‘बडो घोरीएर बाहिर को लाइन हेनुृभयो त कि तपाइ पनि यहि चक्कर म त हैन कतै रुउनको शँकालुृ बचनप्रति मनमने हाँसो उठयो अनि आफनो लेखकिय परिचय दिएपछि उनले परिचय माग्ने क्रममा बिड मारीन ‘ए त्यसो भए त रामे नि लौ हे दाइ जे जस्तो भएपनि आफनो भन्ने आफनै हुन्छ। बहिनिले बेलीविस्तार लगाइन हुन त तपाइ आफै जानेबुझेको मान्छे तर अप्ठेरो मान्नु हुन भने एउटा कुरा भनुरुएउटा किन १० वटै भन न मन बाहिर यति ओकले मनभित्र त उनले ओकले जति सुन्न म सहमत नै थिए ।साँचि भनु भने दाइ यत्रो पढछन लेखछन अनि फेरी विदेश तिर जान्छन किन होला है ‘ म जस्तो अनपढ त यो टेम्पो चलाएर त्यत्रो परिवार पालेकै छु अनि त्यो भन्दा ठुलो कुरा स्वदेशमै पसिना बगाएर छाक टार्दा सन्तुष्ट पनि छु ‘। ति बहिनिले टेम्पो को स्टेरींग घुमाएर ४ जनाको परिवार पालेको कुरा गरीरहँदा परराष्ट मन्त्रालय बाहिर भने गरीखान लायक सँयौ युवाहरुको जमात विदेश जान लछारपछार गर्देथियो ।

उनका कुरा अझ खोतल्न मन लागयो ‘खै यता १० वर्ष दुख गर्दो हुने कमाइले उता १वर्षमै हुन्छ रे त्यसैले पनि होला नि त मन विदेश तिर आकर्षीत भएको’ ।तर उनि मान्ने पक्षमा देखिइनन‘के को आकर्षीत नि दाइ आफु मात्रै आकर्षित भएर हुन्छ लााँउ लाँउ खाँउ खााँउ उमेरमै विदश जान्छन अनि यता परिवार लाइ पनि चिन्ता अनि वर्षो बसेर पनि कति ने कमाइ हुने हो र फेरी पैसा नै सबथोक हो र बा ,आमा अनि परिवार ले त जति गरे नि सँगै बस्ने मन हुनछ नि विदेश गाका पनि कति नि सन्तुष्ट हुन्छन र अनि फेरी ज्यानको जोखिम फेरी स्वाभिमान को कुरा पनि त छ नि यहाँ डिगी्र गरेका हरु पनि विदेशमा मालीकहरका जुठा भााडा माझने वेटरको काम गर्न पनि धक्क मान्दैनन रे , त्यो परिश्रम यहि गरे पनि त हुन्छ होला नि मलाइ त लाग्छ यो फेसन नै भो के दाइ विदेश जाने त’‘

यस्तै यस्तै कुरा तिनले धेरै भनिन मैले उनले कुराको बिड मार्नु अघि मनमनै भएपनि उनको सन्तुष्ट मनलाइ स्याबासी दिए र कता कता उनिप्रति गर्व पनि महसुस भएर आयो।
‘परिश्रम गर्न सके नेपालमा नै बसेर केहि गर्न सकिन्छ नि होइन र ।किन विदेशमा गएर खुन पसीना बगाउनुरुपरिश्रम गरेर २ छाक खान लाउन पुगे मनलाइ आनन्द। मलाइ नै हेर्नु न टेम्पो चलाउने सिप बाहेक अरु छैन तर मलाइ विदेश जान त कहिल्यै मन लागेन त्यत्रो विधि सिप र दक्षता भएका ले के सोचछन र कुन्निरु खै उनको प्रशनको जवाफ त मसँग नै थिएन त्यसैले चुप लागे।‘शायद मेरा लोग्नेले विदेशमा बहाएको श्रम पसीना नेपालमै खर्चन चाहेको भए आज हामी सँगै हुन्थयो कि अनि मलाइ मात्रै पनि यत्रो भार पर्दैन थियो होला’रु बहिनी ले मन निचोरेरै कुरा ओकलीन क्यार उनको मुहारमा गम्भिर्यताको छनक प्रष्ट देखिन्थयो।

मेरो गन्तव्य अनिश्चित भएपनि टेम्पो ले भने आफनो यात्रा समाप्त गर्नै लाको थियो होला ।बहिनिले टेम्पोमा ब्रेक लगाउने बितिकै पछाडि बसेका यात्रु जति बाहिर ओर्ले।

‘ल त दाइ अहिलेलाइ यात्रा समाप्त’ ।बहिनिका कुरा सुन्ने धोको अझै मेटिएको थिएन।तर टेम्पोको सेवाअवधि नै समाप्त भएपछि ओर्लनै पर्योै।ए अनि तिम्रो नाम त सोध्नै बिर्सेछु तरु त्यो त अब अर्को भेटमा ।नाम का लागि अर्को भेटको शर्त राख्दै उनले आपनो यात्रा फेरी शुरु गरीन ‘सोह्रखुटे ,ठमेल,जमल ‘।।जाने हो।।सिट खाली छ है’ म भने बहिनिका सामान्य लाग्ने तर कैयौ टन भारी भाव बोकेका क’रा खेलाउदै अनि उनको स्वदेशि मोहको प्रशँसा मनमनै गर्दै आफनो बासस्थान तर्फ लागे।