araniko-maidanतुलसीपुर २७ भदौ ।  तुलसीपुरको अरनीको मैदानको स्तरउन्नती गर्न आफु सकारात्मक भएको खेलकुद मन्त्री दलजीत शेर्पाईलीले बताउनु भएको छ ।

उहाँले दाङको अरनीको मैदानले ऐतिहासिक महत्व रहेकोले यसको स्तरउन्नती र संरक्षण गर्न आबश्यक भएको बताउनुभयो ।

मैदान सरंक्षण र प्याराफिटको निर्माण गर्न आफु सहमत भएको बताउदै मन्त्री शेपाईलीले तत्काल लागत स्टमेट तयार गरेर पठाउन आग्रह गर्नुभएको छ ।

तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष बिमल रिजालको नेतृत्वमा दाङबाट गएको टोलीले मन्त्री शेर्पाईली संग भेट गरेको थियो । भेटका क्रममा उहाँले यस्तो कुरा बताएका टोलीमा संलग्न संघका प्रस सल्लाहकार शरद रेग्मीले जानकारी दिनुभयो ।।