भुपेन्द्र वली / दाङ
दाङ, तुलसीपुर २ रक्षाचौरकी रुपा गन्र्धबले भोगीरहेको जिवन सानोतिनो दुःखले घेरिएको छैन । सुनौलो भविष्यको सपना साँच्दै बिहे गरेकी गन्धर्व यतिबेला जिवनप्रति गम्भिर निराशामा छन । यद्यपी निराशाले बसीखान नि दिनेवाला छैन । आफु संगै ४ जना दृष्टिविहीन सन्तानको पेट उनि निराश भईदिदा भोकै हुने सम्भावना हुन्छ ।  चार सन्तानकी आमा रुपा यतिबेला छोरा छोरीको पालन पोषण कसरी गर्ने भन्ने चिन्तामा डुब्दै छिन । रुपा संगै उनका बाह्र बर्षीय छोरा गणेश गन्र्धव, छोरीहरु दश वर्षीय गंगा,जमुना र आठ बर्षीय मनिशा गन्र्धव बिचल्लीमा छन   । ‘ छाक टार्न समेत मुश्किल पर्छ । कैयन रात भोकै सुतेका छौं । ’रुपाले भनिन ‘ छोराछोरी  आँखा देख्दैनन् । मजदुरी गर्न जाँउ काखको छोरी छोडेर जान सक्दिन लगेर जाउ छोरी काम गर्न दिन्न।’ । परिवारमा ४ सन्तान अपाङ भएपछि आफुहरुलाई गास , बास र कपासको अप्ठयारो परेको उनले बताईन ।

14193667_1799100900365901_759264200_n
तुलसीपुर २ रक्षाचौरकी रुपा गन्धर्व आफना ४ दृष्टिविहीन सन्तानसंग

श्रीमान अर्की लिएर गए
श्रीमानलाई जिन्दगीभरको सुःखदुःखको सहारा मान्निछ । रुपाले पनि बिहे गर्दा आफनो श्रीमानबाट त्यस्तै अपेक्षा राखेकी थिइन । जसोतसो अपेक्षा गरेजस्तै जिन्दगी बितीरहेको पनि थियो । तर जब एकपछि अर्को गर्दै लगातार ४ सन्तान दृष्टिविहीन जन्मिए । उनको श्रीमानले रुपालाई एक्लै छाडेर अर्के श्रीमतीसंगै टाप कसे । ‘ छोराछोरी त उसका पनि हुन । ४ जना दृष्टिविहीन सन्तान जन्मिदा म महिला भएर पनि हार मानिन ’ विगत सम्झीएर गहभरि आँसु पार्दै उनले भनिन ‘ जतिबेला साथ दिनुपर्थयो त्यतिबेलै हार खाएर अर्की श्रीमती च्यापेर लोग्ने भाग्यो । मैले जे जस्तो भएपनि सन्तानको माया मार्न सकिन ।’
आफै नि हार्न थाले

रुपाले बिहे गरेको करिब १३ वर्ष भईसकेको छ । श्रीमानले छोडेको ५ वर्ष बढी समय भईसक्यो । यति लामो समय उनले जेनतेन परिवार पालीन । खोलाको गिटी कुटिन । ज्वरो आएर थल्लिदा मागेर भएपनि सन्तानको पेट भरिन । मागेर पनि केही नपाँइदा जसोतसो सम्झाईबुझाई गरेर सन्तानलाई सुताईन । तर अब बुढयौली लागेसंगै हातगौडा काँप्न थालेका छन । ‘ ज्यानमा शक्ति हुँदा जसोतसो गरेर नि  यि बचेरालाई हुर्काए ।’ उनले भनिन ‘ उमेरमै हड्डी धेरै घोटिएर होला अब हातगोडा काँप्न थालेका छन ।आफैपनि शारीरीक रुपमा अशक्त हुँदै गएको छु । ’  हाल रुपा गाँउमै कोठा भाडामा लगेर बसिरहेकी छन् । कोठाको भाडा मागेर तिर्ने गरेकि छन । ‘ तर अब मागेर पनि नपाउने स्थिीती भइसक्यो ।’ उनले आफनो वेदना सुनाईन ‘ लोग्नेले छाडेपछि आफन्तले सहाराका लागी ढोका बन्द गरिदिंदो रहेछन्।’

छोराको गित पेट भर्ने आधार
हिजो आज रुपाका बाह्र वर्षीय दुष्टिविहीन छोरा गणेशले थोरै भएपछि आमाको दुःखमा मल्हमपटि लगाइरहेका छन । उनि दिनहुँ जसो घोराही—तुलसीपुर— र नारायणपुर लगायतका बजारका चोकचोकमा गित गाएर सामान्य भएपनि पैसाको जोहो गर्छन । ‘ पाँच वर्ष भयो चोकमा— चोकमा गित गाँउदै हिडेको यो उमेर भनेको पढ्ने लेख्ने उमेर थियो ’ गणेशले भने ‘ गित गाएर पैसा आर्जन गर्ने प्रयास त गर्छू । तर मैले कमाएको पैसाले सामान्य खर्चको जोहो पनि हुन सकेको छैन् ।’ तीन कक्षामा  पढ्दा पढ्दै आर्थिक अभावले थिच्दा स्कुल छोडेर सडकमा आईपुगेको तितो अनुभव उनले सुनाए ।