काठमाडौं, १२ भदौ । प्रमुख प्रतिपक्षी दल एमालेले प्रधानमन्त्री प्रचण्डले भारतीय प्रधानमन्त्रीलाई पठाएको पत्र संसदलाई जानकारी गराउन माग गरेको छ ।
संसद बैठकमा विषेश समय लिएर बोल्दै एमाले उपाध्यक्ष समेत रहेका सांसद भिम रावलले भने–प्रधानमन्त्रीवाट भारतका प्रधानमन्त्रीलाई लेखेको त्यो सामान्य पत्र संसद्ले जानकारी राख्न पाउनुपर्छ । त्यसको जवाफ सदनमा पाउनुपर्छ । नेपालको सार्वभौमिकतामा असर पर्ने कुनैपनि कुरा हामी मान्दैनौं ।’
उपाध्यक्ष रावलले संविधानमा राष्ट्रसंघको बडापत्र र पञ्चशीलका आधारमा नेपालको परराष्ट्र नीति सञ्चालन गर्ने भन्ने लेखिएको भन्दै यही आधारमा अघिल्लो सरकारले कुटनीति सञ्चालन गरेको बताए । संसदमा उपाध्यक्ष रावलले सयुक्त राष्ट्र संघ र पञ्चशिलको सिद्धान्त विपरित सरकारले उपप्रधानमन्त्रीलाई दूत बनाएर छिमेकी मुलुकमा पठाउनु मुर्खता भएको बताए ।
साथै रावलले संविधान निर्माण र कानुन निर्माणका लागि अहोरात्र खटिनुपर्ने सभामुखले आन्दोलनका लागि आह्वान गरेको भन्ने समाचारबारे अधिकारीक जानकारी दिनसमेत माग गरे ।
