cabii

प्रतिनिधि सभा बैठक बस्दै, बजेट पास गर्ने तयारी

इन्द्रेणी संवाददाता
काठमाडौं, २९ भदौ । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको संसद सचिवालयले जनाएको छ ।

cabiiबैठकमा अर्थमन्त्री जनार्दन शर्माले ‘विनियोजन विधेयक, २०७८ माथि विचार गरियोस्’ भनेर प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । एमालेले अवरोध गरे पनि विधेयक पास गर्ने सत्तारुढ दलको तयारी छ ।

एमालेको अवरोधकैबीच सरकारले प्रतिस्थापन विधेयकमार्फत गएको शुक्रवार नयाँ बजेट ल्याएको थियो। पार्टीले कारवाही गरेको १४ सांसदलाई कारवाही नगर्दासम्म संसद चल्न नदिने एमाले सांसदहरुले जनाएको छ । लगातारका बैठक अबरोध गरेपछि आइतवार सभामुख अग्नी सापकोटाले अवरोध हटाउन सर्वदलीय बैठक बोलाएका थिए । तर बैठक एमालेका सांसदहरुले वहिस्कार गरेका थिए ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com