banke-national-park-

बाघले मान्छे खाएपछि रातको समयमा मोटरसाइकल आवागमनमा रोक

इन्द्रेणी संवाददाता
बाँके, २९ भदौ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्ती–सोनारी गाउँपालिका १ कुसुम गाभरमा बाघले मान्छे खाएपछि सो क्षेत्रमा रातको समयमा मोटरसाइकल आवागमनमा रोक लगाइएको छ ।

banke-national-park-आइतवार विहान स्थानीय होटलमा काम गर्ने एक जना कामदारलाई माघले खाएपछि सुरक्षा सर्तकता अपनाउदै थप घटना हुन नदिन रातको समयमा मोटरसाइकल आवागमनमा रोक लगाइएको बाँके राष्ट्रिय निकुञ्जले जनाएको छ ।

बाघले मान्छेको ज्यान गएपछि राजमार्ग क्षेत्रमा सुरक्षा सतर्कता समेत बढाइएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले बताए । उनका अनुसार मान्छे खाने बाघलाई नियन्त्रणमा लिनका लागि प्राविधिक टोली समेत खटाइएको छ ।

थप घटना हुन नदिनका लागि पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा सुरक्षा तैनाथ गरिएको र हात्तीसहितको गस्ती टोली पनि पठाइएको निकुञ्जले जनाएको छ ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com