bom

अस्पतालमा बम रोखेर ३ करोड फिरौती माग्ने पक्राउ

काठमाडौं, २७ भदौ । अस्पतालमा बम राखेर ३ करोड फिरौती माग्ने तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका घर भइ फुटुङ बस्ने आशिष कुँवर, अभिषेक कुँवर र रोल्पाको खोलावाङ घर भएका अम्मरबहादुर रोका मगर रहेका छन् ।

bomकाठमाडौँको पुरानो बानेश्वरस्थित मातृका आँखा अस्पतालमा टाइम बम राखेर फिरौती मागेको आरोपमा उनीहरुलाई महानगरीय प्रहरी परिसर काठमाडौँले पक्राउ गरेको हो । उनीहरुलाई शनिवार नियन्त्रणमा लिएर आज सार्वजनिक गरेको छ ।

पक्राउ गरेका आशिष र अभिषेक सहोदर दाजुभाइ हुन् । एक महिनाअघि आशिष सोही आँखा अस्पतालमा आँखाको उपचार गराउन गएका थिए । प्रहरी अनुसन्धानबाट ट्याक्सीमा टाइम बम लिएर गएर अस्पतालको तेस्रो तलमा राखेर फर्केका थिए । भदौ २५ मा आँखा अस्पतालमा उनीहरूले राखेको भनिएको ‘बम’ सेनाको टोलीले निष्क्रिय बनाएको थियो ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com