sfg

“प्रतिबिम्बित भावनाहरु” को समीक्षा

दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङको नियमित कृति समीक्षा कार्यक्रम अन्तर्गत १८० औ श्रृङ्खलामा गजलकार बलबहादुर जि.एम. विवशद्वारा लिखित प्रतिबिम्बित भावनाहरु गजल सङ्ग्रहको समीक्षा एवं १५६ औं मोती जयन्तीको अवसरमा गजल वाचन कार्यक्रम सम्पन्न गरेको छ ।

sfgराप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष दीपक शर्मा समीरको अध्यक्षता एवम् राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष पुरूषोत्तम खनालको प्रमुख आतिथ्यता तथा प्रगतिशील लेखक संघका केन्द्रिय सल्लाहकार पदमप्रसाद शर्माको विशिष्ट आतिथ्यमा भएको हो ।

साहित्यकार छविलाल कोपिलाले प्रतिबिम्बित भावनाहरु गजल सङ्ग्रहको समीक्षा गरेका थिए । सो पुस्तकका लेखक गजलकार बलबहादुर जिएम विवशले पुस्तक लेखनका बारेमा आफ्ना धारणा राखेका थिए ।

कार्यक्रममा वरिष्ठ साहित्यकार डा।कृष्णराज डिसी, लेखक संघ दाङ का अध्यक्ष खगराज न्यौपाने, राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका सल्लाहकारहरू डा। लोकराज पराजुली, कमलमणि देवकोटा, नगेन्द्र गुरु, साहित्यकारहरू डा हिमलाल पन्थी , प्रदीपराज श्रेष्ठ पृथक, प्रबल बिष्ट, क्षितिज मगर, सरिता देवकोटा, बिमला डागि विकलता, रितु गिरी, भुमि क्षेत्री, बिक्रम वलि, मनोज थापा, श्रवण नेपाली लगायतले रचना वाचन गरेका थिए ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com