balatkari-pakrau

दाङमा एक किशोरीमाथी सामुहिक बलात्कार

इन्द्रेणी संवाददाता
दाङको बङलाचुलिमा १७ वर्षीया एक किशोरी सामूहिक बलात्कारको सिकार भएकी छिन ।

गत बुधबार साँझ तीजको नाच हेर्न गई घर फर्किनेक्रममा किशोरीलाई सोही गाउँपालिका एक्लाबर नजिक जंगलमा स्थानीय युवाहरुले बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी हाँसीपुरबाट खटिएको प्रहरीले बलात्कारीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा बंगलाचुली गाउँपालिका-७ बिर्खे बस्ने २७ वर्षीय पवन रोका, २० वर्षीय यम बहादुर मास्की र २७ वर्षीय विनाराम मर्साङी रहेका छन् । घटना सम्बन्धि थप अनुसन्धान भाइरहेको दाङ प्रहरीले जानकारी दियको छ ।

About Kesharman Bc

Social Media Auto Publish Powered By : XYZScripts.com