photo

वहुला कुकुरको टोकाइबाट घाइते भएकाहरुको उपचार निःशुल्क

इन्द्रेणी संवादददाता
दाङ, २५ भदौ । दाङको तुलसीपुर उपमहानगरपालिकाले विहीबार त्यस क्षेत्रमा वहुला कुकुरको टोकाइबाट घाइते भएकाहरुलाई उपचार निःशुल्क उपचार गर्ने भएको छ ।

वहुला कुकुरको टोकाइबाट घाइते भएकाहरुलाई उपचार निःशुल्क, अस्पतालसम्म पुग्न लाग्ने र लागेको यातायात खर्च, इमोग्लोविन खोप निःशुल्क गर्ने भएको हो ।

शुक्रबार बसेको आकस्मिक बैठकले घाइतेहरुको उपचारमा सहजता ल्याउन उपचारदेखि खोपसम्मको व्यवस्था निःशुल्क रुपमा गर्ने निर्णय गरेको हो ।

तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा बसेको बैठकले तत्काल २० डोज इमोग्लोविन खोप खरिद गर्ने, अस्पतालसम्म जानका लागि यातायातको व्यवस्था गर्ने, वहुला कुकुर, छाडा पशुचौपायको व्यवस्थापन गर्ने, घरमा पालेका कुकुरहरुलाई छाडा नछोड्न नगरबासीलाई अपिल गर्ने र सजगता अपनाउन गाउँ÷गाउँमा माइकिङ् गर्ने निर्णय गरेको छ ।

बिरलै मात्रामा पाइने इमोग्लोविन खोपको थोक मूल्य प्रतिखोप करिब १० हजार पर्छ । शुक्रबार भारतको रुपैडिहाबाट ५८ हजारमा ६ वटा इमोग्लोविन खोप मगाएको तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य प्रवद्र्धनशाखा प्रमुख ओमपी न्यौपानेले जानकारी दिए ।

यो खोप जटिल प्रकृतिका घाइतेलाई दिने गरिन्छ भने रेबिज सुई सामान्य प्रकृतिकालाई दिने गरिन्छ । टाउको, अनुहार, घाँटी वा टाउकाको नजिकमा टोकेमा यो खोप दिने गरिन्छ । विहीबार मात्रै तुलसीपुर उपमहागनरपालिका २ र ८ नम्बर वडामा १३ जनालाई वहुला कुकुरले टोकेको थियो । त्यस्तै पशुचौयाहरुलाई पनि कुकुरले टोकेका थिए ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com