241717682_4477222179001554_3137020929709890188_n

चाड पर्वमा उपभोक्तालाई सहजरुपमा आवश्यक वस्तु उपलव्ध गराउन उद्योग वाणिज्य संघहरुको आग्रह

इन्द्रेणी संवाददाता
दाङ, २५ भदौ । चाड पर्वको समयमा उपभोक्ताहरुलाई सहज ढङ्गले आवश्यक वस्तु उपलव्ध गराउन जिल्लाका उद्योग वाणिज्य संघहरुले आग्रह गरेका छन् ।

241717682_4477222179001554_3137020929709890188_nदाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा जिल्लाका उद्योग वाणिज्य संघका पदाधिकारीहरुको घोराहीमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले नेपाल सरकारले ल्याएका विभिन्न व्यावसायी समवन्धी नितीहरुका बारेमा आ–आफनो कार्य क्षेत्रभित्र रहेका सम्पूर्ण उद्योगी तथा व्यवसायीहरुलाई जानकारी दिने निर्णय गरेको छ ।

दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह वुढाथोकीको अध्यक्षतामा भएको बैठकको सहजीकरण संघका महासचिव महेन्द्र वुढाथोकीले गरेका थिए । बैठकमा जिल्ला भरका उद्योग वाणिज्य संघका अध्यक्ष तथा पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com