dog

तुलसीपुरमा वहुला कुकुरको विगविगी, कुकरलाई छाडा नछोड्न मेयरको अपिल

इन्द्रेणी संवाददाता

दाङ, २५ भदौ । दाङको तुलसीपुर क्षेत्रमा वहुला कुकुरको विगविगी देखिन थालेको छ । विहीबार मात्रै त्यस क्षेत्रमा वहुला कुकुरले टोकेर दर्जन बढी सर्वधारण र पशुचौपायाहरु घाइते भएका छन् ।

dogवहुला कुुकुरको विगविगी देखिनथालेपछि तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले कुकुरहरुलाई छाडा नछोड्न अपिल गरेका छन् ।

वहुला कुकुरको टोकाइबाट तुलसीपुर उपहामनगरपालिका वडा नं. २ र ८ मा बिहीबार दर्जन बढी नागरिक र पशुचौपाया घाइते भएपछि नगर प्रमुख पाण्डेले यस्तो अपिल गरेका हुन् ।

वहुला कुकुरको संख्या बढ्दै गएको र छाडा छोडिएका कुकुरसमेत रेबिजबाट संक्रमित हुने भएकाले सुरक्षाका लागि घरमा पालिएका कुकुहरुलाई छाडा नछोड्न अपिल गरेका छन् ।

कहिकतै कुकुरले टोकेमा सम्बन्धित वडामा सम्पर्क गर्न र वहुला कुकुर देखिएमा त्यसलाई नियन्त्रणमा लिएर व्यवस्था गर्न वडाबासी, सुरक्षाकर्मी सबैमा अपिल गरिएको छ ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com