Untitled-1 copy

अफगानिस्तान सरकारको नेतृत्वमा मोहम्मद हसन अखुन्द

काठमाडौं, २३ भदौ । काबुल नियन्त्रण गरेको झण्डै तीन हप्तापछि तालिबानले सरकार घोषणा गरेको छ । घोषित सरकारमा अन्तरिम सरकारको नेतृत्व नेता मुल्लाह मोहम्मद हसन अखुन्दले गर्ने छन् ।

त्यसैगरी उपप्रधानमन्त्री अब्दुल गनी बरादर रहने समूहका प्रवक्ता जबिहुल्लाह मुजाहिदले बताएको बीबीसीले जनाएको छ । बरादर विगतमा अमेरिकासँग दोहामा भएको शान्ति वार्तामा सहभागी थिए ।

निमित्त आन्तरिक मामिलामन्त्री सराजुद्दिन हक्कानी, निमित्त रक्षामन्त्री मुल्लाह याकूब र निमित्त विदेशमन्त्री आमिर खान हुने र अरु बाँकी मन्त्री एकरदुई दिनमा चयन गर्ने तयारी भैरहेको तालिबान समूहले जनाएको छ । एजेन्सी

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com