us

२० वर्ष पछि छोड्यो अमेरिकी सेनाले अफगानिस्तान

काठमाडौं, १५ भदौ । अफगानिस्तानको विद्रोही समूह तालिवानलाई समाप्न गर्ने उद्देश्यले अफगानिस्तान पसेको अमेरिकी सेना दुई दशकपछि वाहिरिएको छ । लामो युद्ध पछि अमेरिकी सेना अफगानिस्तानबाट बाहिरिएको हो।

तालिबानले अफगानिस्तानलाई कब्जामा लिए पछि त्यहाँबाट एक लाख २३ हजार नागरिकलाई उद्धार गर्दै अमेरिकी सेनालअफगानिस्तान छोडेको हो ।

तालिबानलाई परास्त गर्न भन्दै २० वर्ष अघि अमेरिकाले आफ्ना सेनालाई अफगानिस्तानमा खटाएको थियो । अमेरिकी सेनाले अफगानिस्तान छोड्न थालेसँगै तालिबान सक्रिय भएको थियो ।

ग्रामीण क्षेत्रमा मात्रै सीमित भएको तालिबानले त्यसपछि सहर केन्द्रित आक्रमण गर्न थाल्यो । गएको साउन ३१ गते तालिबानले राजधानी काबुललाई नियन्त्रणमा लिएपछि त्यहाँ फसेका आफ्ना नागरिक र सेनाको उद्धारका लागि अमेरिकाले आजसम्मको समय पाएको थियो । अमेरिकी सेनाले अफगानिस्तान छोडेपछि तालिवानहरुले आफ्नो संक्रियता बढाउदै उत्सव मनाउन थालेका छन् ।

सबै क्षेत्रमा कव्जा जमाएपछि अफगानिस्तानी सेनाले शान्तिपूर्ण रुपमा सत्ता तालिवानलाई हस्तान्तरण गरेको छ भने राष्ट्रपति अशरफ गनीले देश छोडिसकेका छन् । गनीलाई अहिले यूएईले शरण दिएको छ ।

एजेन्सी

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com