kabul

काबुल विमानस्थलमा विष्फोट, ६० जनाको मृत्यु विमानस्थल खाली गर्न तालिबानको चेतावनी

काठमाडौं, ११ भदौ । अफगानिस्तानको राजधानी काबुल विमानस्थल बाहिर ठूलो बम विस्फोट भएको छ । विष्फोटमा झण्डै ६० जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा अमेरिकी नागरिकसमेत रहेका छन् ।

kabul१३ जना अमेरिकासँग सम्बन्धी सेवाका सदस्यको विस्फोटमा परेर ज्यान गएको अमेरिकाले पुष्टि गरेको बीबीसीले जनाएको छ । विस्फोटमा परेर कयौँ अमेरिकी नागरिक घाइते भएका छन् ।

बेलायतले भने अहिलेसम्म आफ्ना नागरिक र सेना सुरक्षित रहेको जनाएको छ । काबुल विमानस्थलमा हजारौँ उद्धारका लागि पर्खिरहेका बेलामा बम विस्फोट भएको हो।

आत्मघाती बम आक्रमणकारीहरुले विमानस्थलमा आक्रमण गर्ने धम्की दिँदै आएको अमेरिकी र सम्बद्ध अधिकारीहरूले गोप्य सूचना पाएको बताएका छन् । विमानस्थल खालि गर्न तालिबानको चेतावनी समेत दिएको छ । एजेन्सी

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com