blue-dairy

बहुप्रतीक्षित उपन्यास ‘ब्लु डायरी’ बजारमा आउँदै

इन्द्रेणी संवाददाता 
लोकप्रिय लेखक तथा पत्रकार कृष्ण आचार्यको बहुप्रतीक्षित दोस्रो उपन्यास ‘ब्लु डायरी’ छिट्टै बजारमा आउँदै छ । साहित्य र पत्रकारितामा सक्रिय आचार्यको यस अघि ‘अप्रिल फुल’ उपन्यास प्रकाशित छ ।

युवा र तिनका मुद्दा केन्द्रीत लेखनमा रुचि राख्ने आचार्यले यसपटक पनि युवाकै सपना र संघर्षमाथि ‘ब्लु डायरी’ उपन्यास बुनेका छन् ।

आफ्नो उपन्यास ‘ब्लु डायरी’ बारे उपन्यासकार आचार्य भन्छन्- ‘यो उपन्यास नेपाली समाज भित्र रहेका ती युवाहरुको कथा हो, जो जीवनमा अनेक खालका उल्झन्बाट गुज्रिदै उज्यालो सपनाका खातिर संघर्षरत छन् । पुस्तकमा युवाहरुले आफ्नै प्रेम, जीवन र संघर्ष भेट्नेछन् ।’

बिएन पुस्तक संसार प्रालिबाट भदौभित्र प्रकाशनको तयारीमा रहेको ‘ब्लु डायरी’ले समस्त युवाहरुको मनोविज्ञान बोकेको बिएन पुस्तक संसारका प्रमुख सूर्य बिसीले बताए ।

लेखक कृष्ण आचार्य हाल इन्जिनियर्स पोष्टका सम्पादक हुन् । यसअघि उनले कान्तिपुर साप्ताहिक, नयाँ पत्रिका, नेपाल खबर लगायतका सञ्चार गृहमा काम गरिसकेका छन् ।

About Kesharman Bc

Social Media Auto Publish Powered By : XYZScripts.com