koro

थप ३९३८ जनामा कोरोना संक्रमण पुष्टि, ३७ जनाको मृत्यु

इन्द्रेणी संवाददाता
काठमाडौं, २१ साउन । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ९३८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

koroविहीबार ११ हजार ८७० ओटा पीसीआर परीक्षण गरिएकोमा ३ हजार ७ जना र ६ हजार ५३८ ओटा एन्टिजेन परीक्षणमा ९३१ जना गरी कुल ३ हजार ९३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै वितेको २४ घण्टामा कोरोना संक्रमणका कारण ३७ जनाको मृत्यु भएको छ ।योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ९९४ पुगेको छ ।पछिल्लो केही दिनमा कोरोना संक्रमणको दर बढ्दै गएको छ ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com