khop

साउन २५ देखि ३२ गतेसम्म ‘खोप सप्ताह’ मनाइने

काठमाडौं, २१ साउन । सरकारले साउन २५ देखि ३२ गतेसम्म ‘खोप सप्ताह’ मनाउने भएको छ ।

बिहीबार संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले ‘खोप सप्ताह’ अवधिमा जापानबाट ल्याइने आठ लाख र भुटानबाट ल्याइने तीन लाख डोज कोरोनाविरुद्धको खोप लगाइने बताए ।

शनिबार र आइतबारसम्म जापान र भुटानबाट खोप ल्याइने र असोजसम्म एक करोड पाँच लाख डोज खोप आउने श्रेष्ठले जानकारी दिए ।
यसैगरी बालबालिकाका लागि फाइजरको ६० लाख जोड खोप ल्याइने प्रक्रिया अगाडि बढाइएको र सो खोप १२ वर्षदेखि १८ वर्ष उमेर समूका बालबालिकालाई लगाइने श्रेष्ठले बताए ।

सरकारले अहिले अमेरिकाबाट ल्याइएको जोनसोन र चीनबाट ल्याइएको भेरोसिल खोप दिदै आएको छ ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com