Bimala

संसाद विमलाले भनिन्– ‘मुख्यमन्त्री निवासबाट बाहिर निस्कन दिइएन, ट्वाइलेटको चप्पल गलाएर भागेँ’

इन्द्रेणी संवाददाता
बुटवल, २१ साउन । लुम्बिनी प्रदेशसभा सदस्य विमला वली खत्रीले आफू माओवादी केन्द्रमै रहेको जानकारी दिएकी छन् । आज बुटवलमा नेकपा माओवादी केन्द्र प्रदेश संसदीय दलद्धारा आयोजित पत्रकार सम्मेलनमा उनले आफू माओवादी पार्टी छोडेर कतै नभएको बताएकी हुन् ।
पत्रकार सम्मेलनमा सांसद वलीले आफूलाई साउन १६, १७ र १८ गते मुख्यमन्त्री कार्यालयबाट बाहिर निस्कन नपाएको बताइन् ।
‘मुख्मन्त्री शंकर पोखरेलसँग भेट भइ छलफल सुरू भयो, फेरि उही दवाव शुरू भयो नेकपा एमालेमा आउनुप¥यो पहिले हाम्रो गल्ती भयो, अब त्यस्तो हुँदैन, पार्टीमा आउनुस् मन्त्री बन्नुस् भनेर विभिन्न प्रलोभन देखाइयो’, आज जारी विज्ञप्तिमा भनिएको छ, ‘मैले निरन्तर इन्कार गरिरहेँ । साउन १६, १७, १८ गतेसम्म मुख्यमन्त्री निवासबाट बाहिर निस्किनै नदिई निरन्तर दवाव दिइरहियो, मैले इन्कारी जारी राखिरहें ।’

साउन १८ गते विज्ञप्ति लेखेर आफूलाई पढ्नै नदिई जबरजस्ती हस्ताक्षर गराइएको र यस्तै दुई तीनवटा माइनटजस्ता रजिष्टरमा पनि जबरजस्ती हस्ताक्षर गराइएको विज्ञप्तिमा उल्लेख छ । साउन १९ गतेदेखि मुख्यमन्त्री निवासभित्रै झन कडाइ गरेर राखिएको र २० गते बिहान आफूलाई असह्य पीडा भएको र यहाँबाट जसरी पनि निस्कनुपर्छ भनेर सोच बनाएर दिनको पौने १२ बजेतिर सबै आराम गरिरहेको मौका छोपेर ट्वाइलेटको चप्पल लगाएर नेकपा माओवादी केन्द्र संसदीय दलको कार्यालयमा पुगेको वलीले बताएकी छन् ।

qq

33

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com