sita mahara foundation

दिवंगत सिता महराको सम्झनामा स्मृति पार्क निर्माण

कपिल बुढाथोकी 

निवर्तमान सभामुख तथा संघीय सांसद  कृष्णबहादुर महरा पत्नी सीता महराको सम्झनामा रोल्पामा स्मृति पार्क निर्माण गरिएको छ ।

230636570_1899816856866890_3394449243747362424_n

दिवंगत सिता महराको नाममा स्थापना गरिएको सिता महरा मेमोरियल फाउन्डेसनले दिवंगत महराको गृहनगर रोल्पा नगरपालिका १ मेबाङमा आकर्षक स्मृति पार्क निर्माण गरिएको फाउन्डेसनका महासचिव केशरमान बुढाथोकीले जानकारी दिए ।

232245436_1899816373533605_2204392543219415260_n (1)

उनका अनुसार संघीय सरकारको रु ३० लाख र बाँकी जनश्रमदानबाट आकर्षक पार्क निर्माण गरिएको हो । दिवंगत सिता महराले रोपेर हुर्काएका आकर्षक फूल लालीगुराँस, चाईनिज टिमुर लगायतका बोटबिरुवाहरुलाई संरक्षण गरेर स्मृति पार्कलाई आकर्षक र मनोरम बनाइएको छ । साथै पार्कमा आकर्षक कला र डिजाईनले पर्यटकको मनै लोभ्याउने गरेको पाइन्छ  ।

229025993_1899817626866813_7484421002105997231_n

दिवंगत सिता महराको स्मृतिमा स्थापना गरिएको फाउन्डेसनले थप सामाजिक काम गर्ने पनि बताइएको छ । तात्कालिक जनयुद्धको उद्गम थलो रोल्पामा जनयुद्धका एक कुसल अभिभावक सिता महरा स्मृतिमा निर्माण गरिएको पार्क एउटा मनोरम पर्यटकीय गन्तव्य बनेको स्थानीयको भनाइ छ ।

तस्वीर : खेम बुढा मगरको वालबाट

230029099_1899816520200257_5994913169692351841_n

229709088_1899816690200240_7258245489474913720_n

230134451_1899816443533598_9074653866258874998_n

231001119_1899816590200250_8718445731154810975_n

231690395_1899817253533517_3078246237209487336_n

231734153_1899817413533501_4842511770808402526_n

232245436_1899816373533605_2204392543219415260_n (1)

About Kesharman Bc

Social Media Auto Publish Powered By : XYZScripts.com