hemraj

कहिले पाउलान सञ्चार उद्यमी धितालले न्याय ?

दाङ, ७ साउन । दाङका  सञ्चार उद्यमी देविप्रसाद धिताल (हेमराज) को हत्या भएको ११ वर्ष भएको छ ।

hemraj२०६७ साल साउन ६ गते तत्कालिन उरहरी गाविस वडा नम्वर ४ हेमनगरमा धिताललाई गोली हानी हत्या गरिएको थियो । तुलसीपुर–६ हेमनरका हेमराजको हत्यारा पत्ता लगाउन हत्या भएको ११ वर्ष बिति सक्दासम्म पनि प्रहरी÷प्रशासनले चासो दिएको छैन ।

नेपाली कांग्रेसको महाधिवेशनमा उम्मेदवार बन्ने तयारीमा रहेको धिताल आफ्नो त्यहि तयारीका लागि नेता कार्यकर्तालाई भेटघाटमा हिडेका थिए । सोहि बेला साउन ६ गते बेलुकी पौने ६ बजे हेमनगरमा गोली हानी हत्या भएको थियो । एक घरबाट बाहिर निस्कदै गर्दा राप्ती लोकमार्गतर्फ पुग्दा घेरा हाली गोली प्रहार गरेको त्यतिबेला स्थानीयहरूले जनाएका थिए ।

गोली लागि गम्भीर घाइते धिताललाई उपचारका लागि नेपाली सेनाको १९ नम्वर बाहिनीमा ल्याउँदै गर्दा मृत्यु भएको थियो । हत्यापछि उनका हत्याराको खोजी भईरहेको प्रहरीले अहिले पनि दाबी गरिरहेको छ तर उपलब्धि भने शुन्यजस्तै छ प्रदेश टुडेमा खबर छ। प्रहरीले अनुसन्धान जारी राखेको भनिए पनि देविप्रसाद धिताल हेमराज प्रतिष्ठानले हत्यामा संलग्न अपराधिहरूलाई कानूनी दायरामा ल्याउन दवाव दिन अभियान सञ्चालन गर्दै आएको छ ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com