khop

चीनबाट आज आठ लाख डोज खोप आउँदै

काठमाडौं, ७ साउन । सरकारले आज चीनबाट ८ लाख डोज कोरोनाविरुद्धको भेरोसेल खोप ल्याइँदैछ । हिजो राति बेइजिङ गएको नेपाल वायु सेवा निगमको जहाजले दिउँसो काठमाण्डौमा खोप ल्याउदैछ ।

khopआजै फेरि जहाज खोप लिन बेइजिङ जाने निगमले जनाएको छ । साउन ९ गते जाने जहाजले १० गते फेरि खोप नेपाल ल्याउने छ । यसअघि असार २५ गते आठ लाख मात्रा खोप चीनबाट ल्याइएको थियो ।

चीनले नेपाललाई अनुदानमा थप १६ लाख डोज खोप दिने प्रतिबद्धता जनाइसकेको छ । केही दिनभित्रै अनुदान र खरिद गरेको गरी २५ लाख डोज खोप आउने स्वास्थ्य मन्त्रालयले जनाएको छ । चीनले यसअघि १८ लाख डोज खोप अनुदानमा दिएको थियो ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com